काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्दाजका भरमा नेता-कार्यकर्तामाथि अनुशासनको कारबाही मान्य नहुने बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गरेर नेता पौडेलले खुलेआम अन्तर्घात गर्ने र अन्दाजको भरमा आरोपित गरी कारबाही हुनु समान प्रकृतिकाे नहुने जनाए। तनहुँका कांग्रेस नेता गाेविन्दराज जोशीलाई गरिएको अनुशासनको कारबाहीसँगै तुलना गरी अन्यलाई कारबाही गर्नु न्यायसंगत नहुने उनको धारणा छ।
‘स्वयं वागी उम्मेदवार बनेर खुलेआम अन्तर्गत गर्ने व्यक्ति (गोविन्दराज जोशी) र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारबाहीको नाटक जो मञ्चन गरिएको छ।’ उनले भनेका छन्। जोशीकै कारबाहीको रुपमा अन्यलाई पनि कारबाही गर्न लागिएको प्रति उनले आपत्ति जनाएका हुन्। अनुशासनको कारबाहीको प्रक्रिया प्रति आपत्ति जनाउँदै उनले भने, ‘यो घृणित षडयन्त्र हो। यस्तै षडयन्त्र र अनेक विकृत उपाय अबलम्बन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाइँ जारी छ।’
नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको औल्याँउदै उनले उक्त प्रक्रिया सैह्य नहुने उल्लेख गरेका छन्। अनुशासन समितिले जोशीसहित कैलालीका नेता पुष्कर ओझा, नेपालगञ्जका महेन्द्र मल्ल र डडेल्धुराका पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई स्पष्टिकरण सोधेको थियो। पाँच सदस्यीय अनुशासन समितिले सर्वसहमतिमा मात्रै कारबाही सिफारिस गर्ने कार्यादेश पार्टीको छ। नेता कृष्णप्रसाद सिटौला समूहबाट समितिमा प्रतिनिधित्व गरेका उमाकान्त चौधरीले नेता सिटौलासमेत राजीनामा बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।