• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रक्षामन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिमा ल्याउन सांसदलाई हैरानी

64x64
रामकुमार डिसी बिहीबार, फागुन २२, २०७६  १५:४१
1140x725
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठक।

काठमाडौं- नेपाली सेनाका पूर्व महारथी राजेन्द्र क्षत्रीले अर्बौंको भ्रष्टाचार गरेको भन्दै व्यक्तिगतरुपमा सैन्य अधिकारीहरुमार्फत संसदीय समितिमा उजुरी पर्‍यो। 

सेनाजस्तो संवेदनशील संगठनभित्रका अनियमितता र भ्रष्टाचारका बारेमा उजुरी आउन थालेपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले यसप्रति चासो देखायो। 

सेनाभित्र भएका अनियमिततामा संसदीय समितिले पहिलो पटक औपचारिक कदम चाल्दै गत असोजमा अध्ययन तथा सुझाव कार्यदल नै गठन गर्‍यो। सांसद रेखा शर्माको संयोजकत्वमा गठीत कार्यदलले ती उजुरीहरुको अध्ययन गरेर समितिमा बुझाएपछि राज्य व्यवस्था समितिले विभागीय मन्त्री उप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाउने निष्कर्षमा पुग्यो। 

कार्यदलको प्रतिवेदनमाथि समितिले फागुन १ र २ गते छलफल गरेर उजुरीमाथि छलफल गर्न रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाउने औपचारिक निर्णय गर्‍यो। समिति सभापति शशि श्रेष्ठको अनेकौं प्रयासपछि रक्षा सचिव रश्मिराज पाण्डे र नेपाली सेनाका रथि शदरकुमार गिरीको उपस्थितिमा बिहीबार समितिको बैठक सुरु भयो। 

तर, सांसद अमरेश सिंहले रक्षामन्त्री र प्रधानसेनापति बैठकमा नआएर संसदीय समितिको अपमान गरेको सुरुमै भन्दै आपत्ति जनाए। ‘यो समितिको मर्यादामाथि प्रहार हो,’ आक्रोसित हुँदै सिंहले बैठकमा भने, ‘यो समितिको कार्यक्षेत्र, कार्यतालिकामाथि, र व्यवस्थापिकामाथिको प्रहार हो। यो लोकतन्त्रमाथिको प्रहार हो। नेपाली सेनाका प्रधानसेनापति पनि आउनुपर्ने हो। लेफ्टिनेन्ट जर्नेल यहाँ आउनुभएको छ। ‘फोर स्टार’ नै यसप्रति उत्तरदायी हुन्छ।’

समिति भनेको मिनी संसद भएको भन्दै उनले रक्षा मन्त्री र प्रधानसेनापति नआई बैठक नै बस्न नसक्ने र बसे आफूले बहिस्कार गर्ने चेतावनी दिए। समितिमा उनले मुख खोलेपछि अरु सांसदहरुलाई पनि शायद सजिलो भयो होला, सिंहले राखेजस्तै धारणा अधिकांशले राखे। 

अधिकांश सदस्यले बैठक अघि नबढाउन भनेपछि सभापति श्रेष्ठले अर्को पटक रक्षामन्त्री र प्रधानसेनापतिलाई बैठकमा ल्याउने जिम्मेवारी रक्षा सचिवलाई सुम्पदै बैठक स्थगित गरिन्। 

‘माननीय सदस्यहरुले राम्रो खालको सुझाव दिनुभयो,’ बैठक स्थगित भएको जानकारी दिँदै उनले भनिन्, ‘सम्बन्धित मन्त्रालयको बारेमा र मन्त्रालयअन्तर्गत सम्बन्धित निकायको विषयमा जसरी गम्भीरतापूर्वक कुराहरु उठिकसेपछि सम्बन्धित मन्त्रालयका मन्त्री र निकायका प्रमुख नभइकन यो बैठक अगाडि बढ्न नसक्ने भएको हुँदा अर्को बैठकमा रक्षा सचिवमार्फत माननीय सदस्यहरुले उठाउनुभएको विषयको सन्देशसहित अर्को बैठकमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु।’ 

nimb
nimb
Ncell 2
Ncell 2

बैठक स्थगित गरेपछि अर्को मितिको लागि अनौपचारिक छलफलमा सभापति श्रेष्ठ लागिन्। रक्षा सचिवलाई मन्त्री र प्रधानसेनापति ल्याउने समन्वयको जिम्मा रक्षा सचिवलाई दिँदै गर्दा उनले हैरानी पनि पोखिहालिन्। 

‘यसको समन्वय गर्ने जिम्मा म पनि गरौंला,’ उनले सुनाइन्, ‘तर, मैले गर्दा गाह्रो भयो। त्यसकारण मैले सचिवज्यूलाई विशेष गरी जिम्मा दिएको। भन्नुहोस् समय कहिले हुन्छ?  तपाईंले समन्वय गर्नुहोला, मन्त्रीज्यूसँग। र, तपाईंहरुले जहिले भन्नुहुन्छ त्यहिले बैठक गरौंला।’

समिति सभापतिले अनुनय गरेको देखेपछि सांसद कृष्णगोपाल श्रेष्ठले जंगिदै भने, ‘सभापतिज्यू, यो त तपाईंको महानता हो। यो महानताको म उच्च सम्मान गर्दै, उहाँहरुको फुर्सदमा हाम्रो बैठक बस्ने होइन नि। रुलिङ हुनुपर्‍यो, त्यो मितिमा दुवै (रक्षा मन्त्री र प्रधान सेनापति) उपस्थित हुनुपर्‍यो।’

लगत्तै कृष्णगोपाललाई जवाफ फर्काउँदै समिति सभापति श्रेष्ठले भनिन्, ‘प्रयत्न गरेर अहिले नभएका कारणले अलि लिब्रल (नरम) बन्या हो।’

कृष्णगोपालले कडा हुँदै फेरी भने, ‘लिब्रल तपाईंको कुरा हो। तर, हामीले रुलिङ गरेपछि मन्त्रीज्यू पनि आउनुपर्‍यो, प्रधानसेनापति उपस्थित हुनुपर्छ । उपस्थित हुन सक्नुभएन भने हामी अर्को निर्णय गर्छौं।’ 

त्यसपछि सभापति श्रेष्ठले कुरा टुंग्याइन्, ‘ल यो कुरालाई पनि मध्यनजर गरेर अर्को बैठक बस्ने भयो। माननियज्यूहरुको भावनाको उच्च सम्मानका साथ अर्को बैठक राखिन्छ।’ 

अमरेश सिंह
समिति भनेको मिनी संसद हो। जसरी मन्त्री नै नआइकन संसद चल्दैन, त्यस्तै मन्त्री नै नआइकन संसद चल्दैन्। 
यो समितिको मर्यादामाथिको प्रहार हो। यो समितिको कार्यक्षेत्र, कार्यतालिकामाथि, व्यवस्थापिकामाथि प्रहार हो। यो लोकतन्त्रमाथिको प्रहार हो। नेपाली सेनाका प्रधानसेनापति पनि आउनुपर्ने हो। लेफ्टिनेन्ट जर्नेल यहाँ आउनुभएको छ। ‘फोर स्टार’ नै यसप्रति उत्तरदायी हुन्छ। 

लोकतान्त्रिक प्रणालीमा, संसदीय प्रणालीमा मन्त्री संसदप्रति उत्तरदायी हुन्छ। संसदीय समिति भनेको मिनी संसद हो। त्यसैले मन्त्री नआइकन यो बैठकको औचित्य छैन। ‘ब्रिफिङ’ पनि चिफसापले नगरेर अरुले गर्नुले खासै महत्व राख्दैन। यस्ता बैठक चलाएर हामी कहिँ पनि पुग्दैनौं। र, यसले खासै महत्व पनि राख्दैन। 

लालबाबु पण्डित
अहिले जानकारी लिउँ। यदि नपुग रहेछ भने अझै थप माथिल्लो स्तरबाट नै थप जानकारीको आवश्यकता हुन्छ भने उहाँहरुलाई पनि सामेल बनाई अन्तिम निष्कर्षमा पुग्नु उचित हुन्छ। 

झपट रावल
मिनी संसदको गरिमा र यसको महत्वलाई बेवास्ता गरेको मेरो बुझाइ छ। सम्बन्धित विभागीय मन्त्री र सेनाको प्रमुख नआउनुभएको हुनाले आजको बैठक स्थगित गरौं।

कृष्ण गोपाल श्रेष्ठ
यो मिनी संसद, यो राज्य व्यवस्था तथा सुशासन समितिले जे विषयको गम्भीरतालाई लिएर छलफल गर्न खोजिरहेको छ। त्यो छलफलमा सम्बन्धित मन्त्रालयको मन्त्री र सम्बन्धित संस्थाको प्रमुखको उपस्थिति बेगर बैठक नबसौं। 

यस्तो खालको समितिको आफ्नै गरिमा, सम्मानप्रति पनि सम्बन्धित मन्त्रालय र संस्थाले पनि सम्मान गर्नुपर्छ। रक्षा मन्त्री र प्रधानसेनापतिको अनिवार्य उपस्थितिका लागि यो समितिमार्फत रुलिङ पनि हुनुपर्‍यो। सम्बन्धित मन्त्री र सेना प्रमुखको उपस्थित भएपछिमात्रै हाम्रो निर्णय सही र व्यवस्थित हुने छ। त्यसपछिमात्रै हामीले खोजेको परिणाम आउँछ। 

वृजेशकुमार गुप्ता
सम्बन्धित मन्त्री र सेना प्रमुख नै हुनुहुन्न। उहाँहरुको जहिले उपस्थिति हुन्छ त्यहिले बैठक राखौं। उहाँहरुकै उपस्थितिमा छलफल राखौं। 

तस्बिर : रोशन सापकोटा/रासस

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ। सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन... सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको सचिवालयले जनाएको छ । सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, वैशाख २१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्