• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारको अनौठो प्रवृत्ति : आर्थिक वृद्धिदर उच्च हुँदा घट्ने, अर्थतन्त्र कमजोर हुँदा बढ्ने

64x64
अरुण सापकोटा शनिबार, फागुन १७, २०७६  ०७:०४
1140x725

काठमाडौं- विगत तीन वर्षमा नेपालको आर्थिक वृद्धिदर उच्च थियो, सेयर बजार घट्दो क्रममा। यस वर्ष आर्थिक वृद्धिदर गएका वर्षको भन्दा घट्ने प्रक्षेपण गरिएको छ। तर पछिल्लो समय सेयर बजार भने उच्च अंकले बढिरहेको छ।
नेपालमा जब-जब राजनीतिक अस्थिरता र अर्थतन्त्रका सूचकहरु तल झर्छन्, ती बेलामा सेयर बजार भने बढ्ने गरेको पाइन्छ।
सबैभन्दा उच्च बिन्दु कायम हुनुभन्दा अगाडि नेपाल भूकम्पले प्रताडित थियो। अर्थतन्त्र सुस्त थियो। 
भूकम्पअघि सेयर बजार ९६० अंकको हाराहारीमा चलिरहेको थियो। भूकम्पपछि सेयर बजार डामाडोल हुने प्रक्षेपण गरिएकोमा उल्टो सुधार हुन थाल्यो।

भूकम्पपछि सुधार हुन थालेको बजारले इतिहासकै सबैभन्दा उच्च अंक १८८१.४५ बिन्दु कायम भयो।  

हाल यो चार्टमा भएको तथ्याङ्कभन्दा तीन सय अंकले बजार सुधार भइसकेको छ।

त्यस्तै २०६९ सालतिर नेपालको राजनीति अस्थिर थियो। तत्कालीन नेकपा माओवादी एकातिर, नेकपा एमाले र काङग्रेस अर्कोतर्फ थिए।

संविधान बनाउने म्याण्डेट पाएको संविधान सभाले संविधान बनाउन सकिरहेकाे थिएन। जसले गर्दा संविधान सभा नै भंग हुने अवस्था आयो।

त्यस समयमा भने सेयर बजार सुधार हुन थालिसकेको थियो। त्यतिबेला शेयर बजार ३६२ अंकबाट सुधार भएर १०३६ अंकसम्म पुग्यो।

राजनीतिक अस्थिरताकै बीचमा सेयर बजार भने सुधार भयो। 

त्यस्तै अर्को उदाहरण राजा ज्ञानेन्द्रले २०६२ साल माघ १९ गते 'कु' गरे। देशमा संकटकाल लागू भयो। तर शेयर बजार भने सुधार हुन थाल्याे। 

राजाले 'कु गर्नुअघि सेयर बजार २०४ अंकमा थियो। 'कु पछिका दिनमा बजार लगातार सुधार भएको देखिन्छ। राजाले 'कु' गरेपछि सुधार हुन थालेको बजार संविधान सभाको पहिलो चुनाव सम्पन्न हुनेबेलासम्ममा ११७५ बिन्दुसम्म उक्लियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको सेयर बजारमा राजनीतिक अस्थिरता हुँदै गर्दा व्यवसायीले अन्य लगानीको क्षेत्र भेट्टाउँदैनन् यसले गर्दा उनीहरुको पैसा सेयर बजारमा प्रवेश हुने गरेको बजार विश्लेषक दिलिप मुनाकर्मीले बताए।

उनले भने‚ 'राजनीतिक अन्योलतासँगै नियमित व्यापार व्यवसाय गरिरहेका लगानीकर्ताहरुसँग बिस्तारै पैसा थुप्रिँदै जाने र उक्त पैसालार्ई पार्क गर्न सेयर बजारमा ल्याउने गरेको पाइन्छ।'

सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने गरिन्छ। तर‚ जब समग्र अर्थतन्त्र सुधार हुन्छ त्यसबेला नेपालको सेयर बजार घट्छ। साथै अर्थतन्त्र जति बेला कमजोर देखिन्छ, त्यसबेला भने सुधार भएको पाइन्छ।

गएका वर्षमा नेपालको आर्थिक वृद्धिदर ७  प्रतिशतभन्दा माथि थियो। तर सेयर बजार सबैभन्दा तल्लो बिन्दुमा। 

Xtrem

Xtrem

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तल झर्ने विश्लेषण गरिएको छ। साथै आगामी वर्षमा पनि आर्थिक वृद्धिदर थप तल झर्ने अनुमान गर्न थालिएको छ। तर बजार भने लगातार सुधार हुने क्रममा छ। 

नेपालको अर्थतन्त्र जतिबेला सबल हुन्छ। लगानीका ढोकाहरु धेरै हुन्छन् त्यतिबेला सेयर बजार ओरालो झर्ने गरेको बजार विश्लेषक मुनाकर्मी बताउछन्। सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। बैंकहरुमा नयाँ आयोजनाको कर्जाको मागै छैन।

उनीहरू यसभन्दाअघि सम्झौता भएका आयोजनालाई कर्जा दिइरहेका छन्।भाेलिका दिनमा बैंकिङ तरलता थप बढ्ने अनुमान गरिएको छ। 

बैंकिङ तरलता जतिबेला धेरै हुन्छ त्यतिबेला सेयर बजारले उच्चतम बिन्दु कायम गर्ने गरेको पाइन्छ।

नयाँ कर्जाको माग नहुँदा बैंकहरुले सेयर बजारमा कर्जा प्रवाह गर्न थाल्छन्। पछिल्लो समय पनि बैंकहरुले लगानीकर्ताहरुलाई बोलाएरै कर्जा दिइरहेको मुनाकर्मीले बताए। 

त्यस्तै पछिल्लो समय चीनबाट सामान आयात गर्ने व्यापारीले सामान ल्याउन पाएका छैनन्। नियमित रुपमा सामानका लागि पैसा पठाउनुपर्नेमा उक्त पैसा अहिले व्यापारीको हातमा थुप्रेर बसेको छ। 

अझै केही समय कोरोनाको प्रभाव पर्ने देखेपछि उनीहरुले अल्पकालीन फाइदाका लागि सेयर बजारमा पैसा पार्क गरेको मुनाकर्मी बताउछन्।

दोस्रो बजारमा विगत तीन वर्षदेखि 'वाइङ प्रेसर' सिर्जना हुन सकेको थिएन। 

यसको प्रत्यक्ष असर सेयर बजारमा पर्न थालेको हो। त्यस्तै पछिल्लो समय भारतको सेयर बजार लगातार ओरालो झर्ने क्रममा छ। नेपालका मारवाडी समुदायले नेपाल र भारतको शेयर बजारमा लगानी गर्ने गरेको पाइन्छ। 

भारतको सेयर बजार ‍उच्चतम बिन्दुमा पुगेर लगातार ओरालो झर्ने क्रममा छ। भारतमा लगानी गर्नेहरु त्यहाँको सेयर बेचेर नेपाली बजारमा प्रवेश गरेको मुनाकर्मीको विश्लेषण छ। 

पछिल्लो समय अधिकतम सुधार हुने कम्पनी अधिकांश मारवाडी  समुदायले लगानी गरेका कम्पनी छन्।

यस समुदायले लगानी गरेका एनएमबी बैंक, एनआइसी एशिया बैंक, नविल बैंक, एनएमबी माइक्रोफाइनान्स, हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्ट लगायतका कम्पनी सबैभन्दा धेरै बढ्नेभित्र पर्छन्। यस समुदायले आफ्नो लगानी भएका कम्पनीको सेयर भ्यालु बढाउन मूल्य बढाइरहेका छन्।

पछिल्लो तथ्याङ्क हेर्ने हो भने प्रष्ट देख्न सकिन्छ। 

  

 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्