काठमाडौं- राजमार्गसँग जोडिएका स्थानीय तहहरुमा नेकपा एमाले सबैभन्दा बलियो देखिएको छ। राजमार्ग क्षेत्रका २५ स्थानीय तहमध्ये एमालेले सबैभन्दा बढी ८ स्थानमा जित हात पारेको छ।
एमालेले सबैभन्दा बढी राजमार्ग क्षेत्रमा पर्ने सर्लाहीको ५ मध्ये ४ तहमा जितेको छ।
एमालेले जितेका राजमार्गका स्थानीय तह
कञ्चनरुप नगरपालिका (सप्तरी)
लहान नगरपालिका (सिरहा)
मिथिला नगरपालिका (धनुषा)
लालबन्दी नगरपालिका (सर्लाही)
ईश्वरपुर नगरपालिका (सर्लाही)
हरिवन नगरपालिका (सर्लाही)
हरिपुर नगरपालिका (सर्लाही)
जितपुर सिमरा उपमहानगरपालिका (बारा)
एमालेपछि सबैभन्दा बढी राजमार्गमा प्रभाव देखाउने दल माओवादी केन्द्र हो। उसले सबैभन्दा बढी सिरहामा जितेको छ। सिरहाका यस्ता ५ स्थानीय तहमध्ये माओवादीले ४ वटा स्थानीय तह जितेको छ। उसले महोत्तरीका दुवै नगरपालिका जितेको छ।
माओवादीले जितेका राजमार्गका स्थानीय तह
धनगढीमाई नगरपालिका (सिरहा)
गोलबजार नगरपालिका (सिरहा)
मिर्चैया नगरपालिका (सिरहा)
कर्जन्हा नगरपालिका (सिरहा)
बर्दिबास नगरपालिका (महोत्तरी)
गौशाला नगरपालिका (महोत्तरी)
बागमती नगरपालिका (सर्लाही)
त्यस्तै, कांग्रेसले राजमार्गसँग जोडिएका ६ वटा स्थानीय तह जितेको छ। प्रदेश २ को स्थानीय तहमा सबैभन्दा बढी स्थान जिते तापनि राजमार्गमा भने कमजोर देखिएको छ काग्रेस। राजमार्गको २ मध्ये एउटा गाउँपालिका भने कांग्रेसको नाममा रह्यो।
कांग्रेसले जितेका राजमार्गका स्थानीय तह
सुरुंगा नगरपालिका (सप्तरी)
अग्निसइर कृष्णसवरन गाउँपालिका (सप्तरी)
शम्भुनाथ नगरपालिका (सप्तरी)
धनुषाधाम नगरपालिका (धनुषा)
चन्द्रपुर नगरपालिका (रौतहट)
निजगढ नगरपालिका (बारा)
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले २/२ स्थानमा जितेका छन्। फोरमले एउटा नगरपालिका र एउटा गाउँपालिकामा जितेको छ।
संघीय समाजवादी फोरमले जितेका राजमार्गका स्थानीय तह
खडक नगरपालिका (सप्तरी)
गणेशनाथ चारनाथ नगरपालिका (धनुषा)
राजपाले जितेका राजमार्गका स्थानीय तह
हनुमाननगर कंकालिनी नगरपालिका (सप्तरी)
रुपनी गाउँपालिका (सप्तरी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।