• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपाकै सांसदहरू भन्छन्- प्रधानमन्त्री यतीवादी देखिनुहुन्छ

64x64
गगन थापा मंगलबार, फागुन १३, २०७६  १४:४६
1140x725

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं। यो वार्तालाप प्रधानमन्त्रीले केही महिनाअगाडि सुन्नुभएको थियो भन्ने अनुमानहरु होइन, दाबीहरु सञ्चार माध्यममा छापिएका छन्। बजिरहेका छन्।

यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन?

प्रधानमन्त्रीज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन। तर संसदसँग यो हिम्मत हुनैपर्छ। ध्यानाकर्षण मात्रै होइन। संसदले यो सामर्थ्य राख्नै पर्छ। प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन। तालतलैया हेरेर बस्ने होइन। सदनमा आउनुपर्छ। यहाँ उभिनुपर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ। हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरु सोध्ने छौं।

सभामुख महोदयलाई, प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्नका निम्ति आग्रह गर्न चाहन्छु।

प्रधानमन्त्रीज्यूले के भन्नुहुन्छ, मलाई थाहा छैन। तर उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिराख्नुभएको छ, प्रधानमन्त्रीज्यूलाई थाहा थिएन। 

प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीज्यूको तुलोमा राख्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीको भनाइको आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रभावशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने?

हामीले पत्याउने नै हो भने प्रधानमन्त्रीलाई प्रश्न रहन्छ।

सबै कुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्रीज्यूलाई के थाहा छ?

Ncell 2
Ncell 2

प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ, नागरिकहरु के भन्दैछन्?

यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन। स्याटालाइटको ठेक्का, फोरजी बिस्तारको ठेक्का, अप्टिकल फाइबर बिस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था, वडा, इकाइ, विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पुर्‍याउने, यी सबै ठेक्काका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई सबै कुरा थाहा थियो। परिस्थिति नियन्त्रणबाहिर गइसकेपछि अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ भनेर नागरिकहरु भन्दैछन्। तपाईंलाई थाहा छ?

प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर पटकपटक दोहोर्‍याउनुभएको छ। तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्। बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दैछन्। प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ?

प्रधानमन्त्रीज्यू, तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन्। तर यहीँ संसदको लबीमा भेट्दै गर्दा कहिलेकाहीँ झिनो स्वरमा हामीलाई कानेखुसी गरेर भन्छन्- हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आजभोलि यताबाट हेरे पनि, उताबाट हेरे पनि यतिवादी मात्रै देखिनुहुन्छ। प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ?

एमसिसीको प्रकरणका सन्दर्भमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई जसरी तह लगाइदिएका छन्, अनि दुई दिनअगाडि मात्रै, अहिले जति जालझेल गरेर 'होइन होइन' भने पनि तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि बाहिर तपाईंलाई के भन्दैछन् थाहा छ? देखिँदाखेरी सुरो, यथार्थमा बिचरो भन्दैछन्।
तपाईंको जन्मदिनको बारेमा म चर्चा गर्न चाहन्न। यो तपाईंको नितान्त व्यक्तिगत कुरा हो। मेरो तपाईंलाई शुभकामना छ।

तर नागरिकहरु के भन्दैछन् थाहा छ? सम्माननीय प्रधानमन्त्रीज्यूको राजसी ठाँटका साथ मनाइएको जन्मोत्सवले हामीलाई ०६०/०६१ सालको पूर्व राजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्दैछन्।

पूर्व राजा यसैगरी हिँडिबस्कस्न्थ्यो। आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो। विद्यार्थीहरुलाई बोलाइबक्सन्थ्यो। सबैले जयजयकार गर्थे। अनि आफ्नो छेउको भारदारलाई सोधिबक्सन्थ्यो- एकदुई जना मानिसहरु यताउता विरोध गरिरहेका छन् नि? अनि भारदारले भन्थ्यो- महाराज! सब ठीक छ। यी केही एकदुई जना मात्र महाराजको विरोध गरिहरेका छन्।

प्रधानमन्त्रीज्यू मात्रै होइन। त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो, तँछाडमछाड देखियो। यो देख्दैगर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारदारको न्यास्रो पनि हामीलाई मेटाइदिएका छन्।
प्रधानमन्त्रीज्यू, तपाईंलाई के थाहा छ, के थाहा छैन भनेर मलाई थाहा छैन। मलाई थाहा पाउनु पनि छैन। तर मलाई यति मात्रै कुरा थाहा छ- तपाईंले यी सबै कुराहरु थाहा पाउनुभएको छ। र थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। तपाईंले केही पनि कुरा थाहा पाउनुभएको छैन भने त्यो अक्षमता हो।

संख्या तपाईंसँग होला प्रधानमन्त्रीज्यू, तर यी दुवै अवस्थामा शासन गर्ने वैधानिक योग्यता, क्षमता तपाईंले गुमाउनुभएको छ। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो देश नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्। 

(मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा थापाले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्