• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपाकै सांसदहरू भन्छन्- प्रधानमन्त्री यतीवादी देखिनुहुन्छ

64x64
गगन थापा मंगलबार, फागुन १३, २०७६  १४:४६
1140x725

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं। यो वार्तालाप प्रधानमन्त्रीले केही महिनाअगाडि सुन्नुभएको थियो भन्ने अनुमानहरु होइन, दाबीहरु सञ्चार माध्यममा छापिएका छन्। बजिरहेका छन्।

यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन?

प्रधानमन्त्रीज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन। तर संसदसँग यो हिम्मत हुनैपर्छ। ध्यानाकर्षण मात्रै होइन। संसदले यो सामर्थ्य राख्नै पर्छ। प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन। तालतलैया हेरेर बस्ने होइन। सदनमा आउनुपर्छ। यहाँ उभिनुपर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ। हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरु सोध्ने छौं।

सभामुख महोदयलाई, प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्नका निम्ति आग्रह गर्न चाहन्छु।

प्रधानमन्त्रीज्यूले के भन्नुहुन्छ, मलाई थाहा छैन। तर उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिराख्नुभएको छ, प्रधानमन्त्रीज्यूलाई थाहा थिएन। 

प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीज्यूको तुलोमा राख्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीको भनाइको आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रभावशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने?

हामीले पत्याउने नै हो भने प्रधानमन्त्रीलाई प्रश्न रहन्छ।

सबै कुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्रीज्यूलाई के थाहा छ?

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ, नागरिकहरु के भन्दैछन्?

यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन। स्याटालाइटको ठेक्का, फोरजी बिस्तारको ठेक्का, अप्टिकल फाइबर बिस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था, वडा, इकाइ, विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पुर्‍याउने, यी सबै ठेक्काका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई सबै कुरा थाहा थियो। परिस्थिति नियन्त्रणबाहिर गइसकेपछि अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ भनेर नागरिकहरु भन्दैछन्। तपाईंलाई थाहा छ?

प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर पटकपटक दोहोर्‍याउनुभएको छ। तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्। बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दैछन्। प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ?

प्रधानमन्त्रीज्यू, तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन्। तर यहीँ संसदको लबीमा भेट्दै गर्दा कहिलेकाहीँ झिनो स्वरमा हामीलाई कानेखुसी गरेर भन्छन्- हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आजभोलि यताबाट हेरे पनि, उताबाट हेरे पनि यतिवादी मात्रै देखिनुहुन्छ। प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमसिसीको प्रकरणका सन्दर्भमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई जसरी तह लगाइदिएका छन्, अनि दुई दिनअगाडि मात्रै, अहिले जति जालझेल गरेर 'होइन होइन' भने पनि तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि बाहिर तपाईंलाई के भन्दैछन् थाहा छ? देखिँदाखेरी सुरो, यथार्थमा बिचरो भन्दैछन्।
तपाईंको जन्मदिनको बारेमा म चर्चा गर्न चाहन्न। यो तपाईंको नितान्त व्यक्तिगत कुरा हो। मेरो तपाईंलाई शुभकामना छ।

तर नागरिकहरु के भन्दैछन् थाहा छ? सम्माननीय प्रधानमन्त्रीज्यूको राजसी ठाँटका साथ मनाइएको जन्मोत्सवले हामीलाई ०६०/०६१ सालको पूर्व राजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्दैछन्।

पूर्व राजा यसैगरी हिँडिबस्कस्न्थ्यो। आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो। विद्यार्थीहरुलाई बोलाइबक्सन्थ्यो। सबैले जयजयकार गर्थे। अनि आफ्नो छेउको भारदारलाई सोधिबक्सन्थ्यो- एकदुई जना मानिसहरु यताउता विरोध गरिरहेका छन् नि? अनि भारदारले भन्थ्यो- महाराज! सब ठीक छ। यी केही एकदुई जना मात्र महाराजको विरोध गरिहरेका छन्।

प्रधानमन्त्रीज्यू मात्रै होइन। त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो, तँछाडमछाड देखियो। यो देख्दैगर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारदारको न्यास्रो पनि हामीलाई मेटाइदिएका छन्।
प्रधानमन्त्रीज्यू, तपाईंलाई के थाहा छ, के थाहा छैन भनेर मलाई थाहा छैन। मलाई थाहा पाउनु पनि छैन। तर मलाई यति मात्रै कुरा थाहा छ- तपाईंले यी सबै कुराहरु थाहा पाउनुभएको छ। र थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। तपाईंले केही पनि कुरा थाहा पाउनुभएको छैन भने त्यो अक्षमता हो।

संख्या तपाईंसँग होला प्रधानमन्त्रीज्यू, तर यी दुवै अवस्थामा शासन गर्ने वैधानिक योग्यता, क्षमता तपाईंले गुमाउनुभएको छ। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो देश नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्। 

(मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा थापाले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्