• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अरविन्द केजरीवाल : सूचनाको हकका शान्त अभियन्तादेखि दिल्लीको ह्याट्रिक मुख्यमन्त्रीसम्म

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १६:०८
1140x725

नयाँदिल्ली- २ अक्टुबर २०१२। आधा पाखुरा ढाकेको सर्ट, लामो पाइन्ट र ‘मैं आम आदमी’ लेखिएको सेतो टोपी लगाएर उभिएका केजरीवाल मञ्चमा एकाएक छाए।

उनीपछाडि मनिष सिसोदिया, प्रशान्त भुषण, योगेन्द्र यादव, कुमार विश्वास र गोपाल राय उभिएका थिए। उनीहरुको छवि भ्रष्टाचारविरोधी र सूचनाको हकका अभियन्ताको रुपमा थियो। 

राजनीतिमा प्रवेश गर्न लागेको घोषणा गर्ने सभामा उपस्थित भएका उनीहरुका माझमा केजरीवालले घोषणा गरे ‘अब हामी निर्वाचन लड्नेछौं, आजबाट देशका जनता चुनावी राजनीतिमा कुद्नेछन् हाम्रो दिनगन्ती सुरु भएको छ।’ 

यसअघि सूचनाको हकको क्षेत्रमा एक दस्ता निर्माण गरी भ्रष्टाचारविरुद्ध उभिएका उनीहरुले आम आदमी पार्टी खडा गरेका थिए। 

‘हाम्रो अबको परिस्थिति कुरुक्षेत्रको मैदानमा उभिएको अर्जुनको जस्तो छ, उसका सामु दुई दुविधा छन्’ केजरीवालले मञ्चमा भने‚ ‘एक म पत्तासाफ हुने गरी हार्ने त छैन र दोस्रो मेरा आफन्तहरु मेरो विपक्षमा छन्,  तत्कालीन समयमा श्रीकृष्णले अर्जुनलाई भनेका थिए हारसँग नडराउ, जितको चिन्ता नगर, तिमी युद्धमा लड।’ 

केजरीवाल २०१२ मा

यसरी सूचनाको हक र भ्रष्टाचारविरुद्ध अभियानबाट सुरु भएको केजरीवालको आन्दोलनले तेस्रो पटक दिल्लीको निर्वाचनमा जित हात पारेर देखाइसकेको छ। केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जादु चलिरहेको समयमा त्यसको जवाफ पनि दिएका छन्। 

कुनै समय भारतीय राजस्व सेवामा जागिरे रहेका र पछि सूचनाको हकका अभियन्ता भएका केजरीवालले आफ्नो राजनीतिक धरातल २०११मा भ्रष्टाचारविरोधी आन्दोलनमार्फत् तयार गरेका थिए। २०१२ मा आम आदमी पार्टी घोषणा गर्नुअघि नै उनले सामाजिक कार्यकर्ताको रुपमा आफ्नो अलग्गै पहिचान बनाइसकेका थिए। 

२००२ को सुरुवाती महिनामा केजरीवाल भारतीय राजस्व सेवाबाट बिदा भएर दिल्लीको सुन्दरनगरी इलाकामा सामाजिक अभियन्ताको रुपमा निस्केका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले सामाजिक अभियान, सूचनाको हक र भ्रष्टाचारविरुद्ध काम गर्न ‘परिर्वतन’ नामको एक सामाजिक गैरसरकारी संस्था स्थापना गरेका थिए। उनले आफ्ना केही साथीसँग मिलेर त्यहाँ हुने गरेका विकासका काममा जनताको स्तरबाट निगरानी गर्ने सुरुवात गरे।

त्यसको केही महिनापछि डिसेम्बर २००२मा केजरीवालको संस्था परिर्वतनले सहरी क्षेत्रमा विकासका बारेमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम राख्यो। जसमा न्यायाधीश पीबी सावन्त, मानव अधिकार कार्यकर्ता हर्ष मन्दर, लेखिका अरुधन्ति राेय र सूचना अधिकारका कार्यकर्ता अरुणा राय  सहभागी भएका थिए। 

केही वर्षसम्म यो संस्थाले उत्तरप्रदेशको सीमासम्म दिल्लीको हरेक इलाकाको बिजुली,पानी र रासनको मुद्दामा सूचनाको हक र सार्वजनिक सुनुवाइ राख्न थाल्यो। 

उनी यसैगरी जनताको हितमा काम गर्दै अघि बढे। सन् २००६ उनका लागि थप चर्चाको वर्ष रह्यो। उनको यही कामका लागि ‘उदाउँदो नेतृत्व’ भन्दै रामाेन म्यागासेसे पुरस्कार प्रदान गरियो। 

Xtrem

Xtrem
रामाेन म्यागासेसे पुरस्कार ग्रहण गर्दै ेकेजरीवाल

उक्त पुरस्कारपछि केजरीवाल दिल्लीका जनतामाझ अझै चर्चित भए। 

तत्कालीन समयमा केजरीवालसँग रहेका उनका साथी अमित मिश्र उक्त समयकाे सम्झना गर्दै भन्छन्‚ ‘उनी सँधै प्रष्ट थिए, जुन काम गर्नुछ प्रष्ट गर्दथे र भन्दथे।’ केजरीवालको डिक्सनरीमा किन्तु, परन्तुजस्ता शब्द नभएको तर तार्किक कुरामा उनले विश्वास गर्ने बानी भएको मिश्रको अनुभव छ।

‘तत्कालीन समयमा हरेक गल्लीहरुको विकासको बारेमा सार्वजनिक सुनुवाइ र सभा गरिन्थ्यो’ मिश्रले सम्झना गरे ‘परिर्वतनको यो सभामा सरकारी अधिकारी हुन्थे र स्थानीय सरकार किन असफल भयो भनेर जनताले नै प्रश्न गर्दथे।’ आफू स्थानीय जनताका साना साना मुद्दामा नीति बनाएर काम गर्ने र यसलाई संसदसम्म पुर्‍याउन लविङसम्म गर्ने गरेको उनको अनुभव छ। 

कहिलेकाँही नेताहरुसँग उनी झगडा पनि गर्दथे। यसो गर्नुको एकमात्र स्वार्थ थियो उनले उठाएका मुद्दा सांसदमा सरकारसमक्ष सोधियोस्।  केजरीवाल केही वर्षसम्म सुन्दरनगरीमै स्थानीय जनताको साझा मुद्दामा काम गरिरहेका थिए।

२००५ मा सूचनाको अधिकार आएपछि उनी उक्त अभियानमा सक्रिय भए। उनले स्थानीय जनताको समस्या सुन्न एक कार्यालय स्थापना गरेका थिए। त्यसमा आउने गुनासोका आधारमा उनले जनताको काम गर्ने गर्दथे।

 २०१० मा दिल्लीमा भएको कमलवेल्थ खेलको आयोजनामा भएको भ्रष्टाचारलाई लिएर मानिसहरुको आक्रोस बढिरेहको थियो।

सामाजिक सञ्जालमा आम जनताले ‘इन्डिया भ्रष्टाचारविरुद्ध’ अभियान सुरु भइसकेको थियो। केजरीवाल यसको नेतृत्वमा थिए। दिल्लीलगायत देशका कयौं इलाकामा भ्रष्टाचारविरुद्ध जनसभा आयोजना हुन थाल्यो। 

अप्रिल २०११मा  गान्धीवादी समाजसेवी अन्ना हजारेले दिल्लीको जन्तरमन्तरमा भ्रष्टाचारविरुद्ध जनलोकपाल विधेयक माग गर्देै धर्ना सुरु गरे। मञ्चमा अन्ना थिए तर त्यसको पछाडि केजरीवाल थिए। देशका विभिन्न भागबाट युवाहरुले यो आन्दोलनमा भाग लिए।

हरेक दिन यो धर्नामा भीड बढिरहेको थियो भने आम मानिसको आक्रोश पनि बढिरहेको थियो। अन्नाले अनशन सुरु गरेपछि आम जनता उनका साथमा उर्लिन थाले। ९ अप्रिल २०११ मा अन्नाले अचानक आफ्नो अनशन अन्त्य भएको घोषणा गरे।

हजारेको अनशनमा आएका हजारौं युवाले भीडमा हाफ सर्ट लगाएको जुँगा पालेको एक युवालाई घेरे। यसरी घेरिने व्यक्ति थिए केजरीवाल। 

युवाले भारत माताकी जय र इनकलाब जिन्दावाद नारा लगाउन थाले। उनीहरुले अन्नाको यो अनशन अन्त्य हुन नसक्ने माग गरे तर केजरीवाल मौन थिए। यो अवधिसम्म आइपुग्दा केजरीवाल भ्रष्टाचारविरुद्ध आन्दोलनको डिजाइनर भइसकेका थिए। 

त्यसको केही महिनापछि उनले ‘टीम अन्ना’को विस्तार गरे। समाजका हर वर्गका मानिससँग प्रत्यक्ष भेटघाट गरेर सुझाव मागे र एक ठूलो आन्दोलनको परिकल्पना गरे।

यही तयारीस्वरुप अगष्ट २०११ मा दिल्लीको रामलीला मैदानमा अन्ना हजारेको नेतृत्वमा जनलोकपालका लागि ठूलो आन्दोलनको घोषणा भयो।

सबैले ‘मैं अन्ना हुँ’ टोपी लगाएर मानिसहरुलाई उक्साउन लागे। जनताले केजरीवाललाई यो अभियानमा जमेर साथ दिए। सञ्चार माध्यमहरुले यो आन्दोलनलाई ‘अन्ना क्रान्ति’को नाम दिए। केजरीवाल यो क्रान्तिको अगुवा बने।

पत्रकारहरु उनको केन्द्रमा रहे र सञ्चार माध्यमहरुले अन्तर्वार्ता लिनका लागि महत्व दिन थाले। 

यसरी भइरहेको आन्दोलनबाट केजरीवालले चाहेको हासिल भएन। केजरीवालले दिल्लीको अलग-अलग इलाकामा ठूला सभा गर्न सुरु गरे।  

उनी मञ्चमा आउने र नेता र राजनीतिक व्यवस्था तथा त्यहाँ कसरी भ्रष्टाचार भइरहेको छ भन्नेबारे बेलिविस्तार सुनाउथे। यो घटनापछि एक शान्त सूचनाका अधिकारका अभियन्ता एकाएक एक ‘एन्ग्री योङ्ग म्यान’ मा रुपान्तरण भए।

यसरी चिच्याइरहेको एक युवा जो देशको भ्रष्टाचारप्रति चिन्तित थियो र त्यसको परिर्वतन गर्न चाहन्थ्यो भन्ने छवि उनले बनाए। देशका हजारौं युवाहरुलाई यो अभियानमा जोड्न उनी सफल भए।  

केजरीवालले जुलाई २०१२मा अन्ना हजारेको मार्गदर्शनमा जन्तर मन्तरमा ठूलो धर्ना सुरु गरे। यो धर्नासम्म उनको माग जनलोकपाल विधेयक थियो ।  उक्त सभामा सम्वोधन गर्दै केजरीवालाले भने ‘जुन दिन यो देशका जनता जागेर सडकमा आउँछन् सोही दिन भ्रष्टाचार गर्ने दल र सत्तालाई उखेलेर फ्याँक्न सक्ने छौ ।’  यो धर्नामा केजरीवालाको हौसला बढाउन अन्ना हजारे पनि जन्तरमन्तर पुगेका थिए । यो धर्नापछि केजरीवालको छवि देशभरि विस्तार भयो । केजरीवालको यो अनशन समाप्त हुदाँसम्म उनी छिटै राजनीतिमा आउँदैछन् भन्ने कसैलाइ थाहा थिएन। तर उनका क्रियाकलापहरुले भने छिटै आउने संकेत गरिरहेको थियो। 

अन्रा हजारेसँग केजरीवाल

१० दिनसम्म चलेको  उक्त संघर्ष अन्त्य घोषणा गर्दै उनले भनेका थिए ‘सानो लडाइँबाट ठूलोमा अघि बढिरहेका छौं अव संसदको शुद्धीकरण गर्न आवश्यक भएको छ।’  अब आन्दोलन सडक र संसदमा हुन्छ र सत्तालाई दिल्लीबाट हटाउन अब हरेक गाउँ पुग्ने वाचा उनले गरेका थिए। उनको यो भनाईले उनी राजनीतिमा आउने र चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् भन्ने वुझ्न सकिन्थ्यो।  

जनलोकपाल विधेयकमा पाएको निरासाले केजरीवाललाई चाहना नहुँदै राजनीतिमा धकेलेको मिश्रको तर्क छ। 

सुचनाको अधिकार क्षेत्रमा सँगै काम गरेका उनका कलेज साथी राजीव सर्राफका अनुसार कलेज समयमा उनले कहिल्यै राजनीतिक कुरा गरेनन्। उनलाई राजनीतिमा देखेपछि आफू छक्क परेकाे उनको टिप्पणी थियो ।

भ्रष्टाचारविरुद्ध आन्दोलनमा केजरीवालले आफ्नो छवि ‘एन्ग्री योङ्ग म्यान’ बनाए पनि कलेजमा उनी शान्त र लजालु स्वभावका युवा थिए । 

२६ नोभेम्वर २०१२मा केजरीवालले आफ्नो पार्टीकाे विधिवत घोषणा गरे । साे कार्यक्रममा उनको पार्टीकाे कुनै हाईकमान्ड नहुने र जनताको मुद्दाका लागि जनताकै पैसामा लड्ने घोषणा गरे । 

उनका गुरु अन्ना हजारेले पनि पनि उनको राजनीतिक यात्रालाई सत्ताको बाटो छानेको टिप्पणी गरेका थिए। पार्टी गठनको शुरुवाती समयमा उनले जसलाई पायो उसैलाई समेटेका थिए। उनको यही संगठन क्षमता विस्तारै उनको शक्ति बन्यो। केजरीवालले यस्ता मानिसलाइ जोडे जो भोकै रहेर पनि उनका लागि काम गर्न र डन्डा खान तयार थिए ।

यही स्वयंसेवाका आधारमा केजरीवालले २०१३मा दिल्ली विधान सभा निर्वाचन लडे। राजनीतिमा उत्रे लगत्तै उनको पार्टीले २८ सिटमा जित हात पार्‍याे। स्वयं केजरीवालले नयाँदिल्लीको सिटमा तत्कालीन मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजारभन्दा धेरै भोटले हराए । तर काँग्रेससँग मिलेर सरकार बनाउन वाध्य भए। 

केजरीवाल २०१३ मा

केजरीवाल दिल्ली मेट्रोमा बसेर शपथ लिन रामलीला मैदान पुगे। जुन रामलीला मैदानमा उनले अन्नाका साथ अनशन बसेका थिए, सोही  स्थानमा संविधानको सपथ लिएका थिए। शपथ लिएपछि उनले दिल्ली प्रहरीको कथित भ्रष्टाचारविरुद्ध रेल भवन बाहिर धर्ना बसेका थिए। केजरीवालको सरकार ४९ दिनमात्र चल्यो । यी ४९ सदनमा दिल्लीको राजनीतिमा नयाँ युग देखियाे। 

केजरीवालले छिटै जनलोकपाल विधेयक पारित गर्न चाहेका थिए। तर गठवन्धन सरकारमा रहेको काँग्रेस तयार भएन। अन्ततः १४ फ्रेवुअरी २०१४मा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिए र सडकमै आए।  केजरीवालले आफूमा सत्ताको मोह नरहेको बताउँदै जनतासँगै आन्दोलनमा रहने बताए। 

केजरीवालले बनारस पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिए।  उक्त निर्वाचनमा उनी ३ लाख १७ हजारभन्दा बढी मतले पराजित भए । उनले यो घटनाबाट महसुस गरे- राजनीतिको लामो लडाइँका लागि सानो मैदानमा अभ्यास गर्न जरुरी छ। लगत्तै उनले आफ्नो सवै शक्ति दिल्लीमा केन्द्रित गरे ।  
लगत्तै उनी आफ्नो पुरानो रुपमा फर्के, मध्यम वर्गीय जनतासँगै सडकमा धर्ना बसे र उनीहरूसँगै सुते। 

यहीबीचमा उनी मफलर म्यानको रुपमा उदाए। मफलर लगाएका उनी दिल्लीका हरेक गल्लीमा जनसभा गर्दै हिँडे।

दिल्लीकाे दोस्रो विधान सभा निर्वाचनमा उनी होमिए। उनले जनतासँग पुर्ण बहुमत मागे । ७० सिटमा ६७ सिटमा जित हात पार्दै केजरीवालले पूर्ण बहुमत पाए।  १४ फ्रेवुअरी २०१५ मा उनले  पुनः दिल्लीको मुख्यमन्त्रीको सपथ लिए। 

तर जनलोकपाल विधेयक ल्याउने उनको वाचा सफल भएन। अब उनले आफ्नो कार्यशैली परिर्वतन गरे। उनले दिल्लीको स्वास्थ्य शिक्षा र सार्वजनिक सेवामा काम गरे। यो अवधीमा बिजुली, पानी सित्तैमा दिने,शिक्षा निःशुल्क गर्ने  र सुरक्षा दिने कामको थालनी गरे। यही बीचमा लोकपाल विधेयक र भ्रष्टाचारको एजेन्डा हराएको छ। मानिसले यो मुद्दा बिर्सिसकेका छन्।

कुनै समय राजनीतिमा आउन्न भन्ने केजरीवाल तेस्रो पटक पूर्ण बहुमतभन्दा धेरै मत ल्याएर दिल्लीको मुख्यमन्त्री बनेका छन्। उनले आफू आम आदमीको रुपमा सधैं रहने र राताे बत्तीमा नहिड्ने भनेका थिए। तर अहिले मुख्यमन्त्रीको आलिसान महलमा बस्ने गर्दछन्।  जुन पार्टी गठन गर्दा उनले कुनै हाईकमान्ड नहुने भनेका थिए अहिले उनी त्यसको हाइकमान्ड भएका छन् । पार्टीमा जो नेताहरु उनको कद बराबरका थिए उनीहरु मध्ये कोही पार्टीबाट निस्किसके भने कोहीलाई निकालिएको छ। अहिले उनी ५१ वर्षका छन्। देशको राजनीतिमा ठूलो भूमिका निभाउनका लागि उनले अनुभव लिन पनि धेरै समय बाँकी  छ। 


 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्