• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘राम्री केटी देख्नासाथ कविता लेखिहाल्दिनँ’

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १५:०६
1140x725

समकालीन नेपाली कवितामा ‘बिसे नगर्चीको बयान’ र कवि श्रवण मुकारुङ पर्याय जस्तै बनेका छन् । अन्य धेरै चर्चित कविता र गीतका यी सर्जक यही कविताबाट दोस्रो जनआन्दोलनको उत्कर्षसँगै झनै लोकप्रिय बन्न पुगे । ‘म त तारेभीर तिमी लहरा’, ‘माथिमाथि शैलुंगेमा चौंरी डुलाउनेलाई’ उनका सदाबहार गीत हुन् । हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य र मातृभाषा साहित्य विभाग प्रमुख रहेका मुकारुङसँग कवितामै केन्द्रित रहेर फणीन्द्र संगम ले गरेको कुराकानीको संक्षेप:

तपाईंका नयाँ कविता पढ्न नपाएको निकै भयो । एकेडेमीको जागिरले सर्जकहरुलाई निष्क्रिय बनाउँछ हो ?

- कतिपय अवस्थामा अफिसियल कामले व्यस्त बनाउँदो रहेछ । तर मभित्र कुनै स्रष्टा रहेको छ भने त्यसलाई मर्न दिएको छैन । जीवित राखिराखेकै छु । अहिले रेडियो नाटक ‘मितिनी’ लेखिराखेको छु, जुन ८० एपिसोड देशभरका ५४ रेडियोबाट बजिसकेको छ । नाटक लेख्दा पनि मैले लेखकलाई नढाँटी लेख्ने गरेको छु ।

हरेक कवि एकेडेमीमा आएपछि लेख्दैनन् भन्ने प्रश्न चाहिँ सामूहिक आरोप जस्तो लाग्छ मलाई । एकेडेमीमा जानु भनेको ‘कुर्सीमा गयो अब लेख्दैन’ भन्ने मनोविज्ञान पनि होला ।

एउटा कविले सधैं एउटै लेभलमा लेख्न सक्दैन । कवि मेसिन होइन । जसरी पहिले सडकमा हिँड्दा वा समाजसँगै रहेर स्वतन्त्र चिन्तन गर्दा लेख्न सहज हुन्थ्यो । अहिले त्यस्तो छैन । किनकि १०–५ कार्यालय समयले बाँधेर राख्छ । तर पनि समय मिलाएर केही नयाँ कविता सिर्जना गरिरहेकै छु । सिनेमाका लागि गीत लेखिरहेकै छु ।

कार्यालयमै रहँदा पनि कुनै मुडमा कविता लेख्ने गर्नुभएको छ ?

- म कविता लेख्दा सधैं योजनाबद्ध ढंगले लेख्छु । विषयको गहनता र त्यहीअनुरूप कसरी सम्प्रेषणीय बनाउन सकिन्छ भनेर ध्यान दिन्छु । घर भत्केको भावुकतामा वा कुनै राम्री केटी देख्नासाथ कविता लेखिहाल्दिनँ  । धेरै कुरा अध्ययन गरेर लेख्ने मेरो बानी छ । कविता त्यसरी फुलुकमा लेखिने विधा पनि होइन ।

तपाईं त गीत, नाटक, निबन्ध पनि लेख्नुहुन्छ । विधागत अन्तरसम्बन्धलाई एउटा लेखकले कसरी बुझेको हुन्छ ?

Ncell 2
Ncell 2
nimb
nimb

कुनै एउटा विधामा लेख्नेले अर्कोमा लेख्न सक्ने सामर्थ्य राख्छ नै । कवितालाई सर्वश्रेष्ठ विधा पनि मानिन्छ । राम्रो कवि भयो भने उसले उपन्यास, कथा वा निबन्धमा राम्रो गर्न सक्छ । उसको त्यो काव्यिक चेतनाले अन्य विधालाई पनि निकै फाइदा पुर्‍याउँछ । र, अर्को विधामा हस्तक्षेप गर्न सक्छ ।

कवितालाई शक्तिशाली विधा मान्नेहरु पनि छन् । तर राम्रो कविता लेख्दा–लेख्दै उपन्यास लेखनमा लाग्ने र कविता लेख्नै छोड्ने प्रवृत्ति छ नि !

हो, कविता लेख्दालेख्दै उपन्यास लेख्न थाल्यो भन्ने आरोप पनि यदाकदा लाग्ने गरेको छ । कविले मात्र होइन अरुले पनि लेखनमा विधा परिवर्तन गरिरहनुपर्छ । एकैखाले लेखनले आफूलाई मात्र होइन पाठकलाई पनि दिग्दार बनाउँछ । कुनै लेखकले विधा परिवर्तन गरिरह्यो भने उसले फरक ढंगले भन्न पाउँछ र नयाँ कुराहरु आउँछन् । म कविता लेख्छु, अहिले नाटक पनि लेखिरहेको छु । यसमा म खुब इन्जोय गरिरहेको छु । कवितामा मेरो जुन शक्ति थियो, त्यसलाई नाटकमा कसरी प्रयोग गर्दा अझ राम्रो हुन्छ भनेर लागिरहेको छु ।

अन्य कविताको तुलनामा ‘बिसे नगर्चीको बयान’ले किन आफूलाई बढी चर्चा दिलायो भन्ने लाग्छ ? दोस्रो जनआन्दोलनको संयोग मात्रै हो कि ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- म देशभित्रको सामाजिक बेथिति, असमानता, अन्यायमाथि लेखिरहेको थिएँ । यो कविता त्यही समयसँग जोडियो, दोस्रो जनआन्दोलन सुरु भयो ।

समय नदी जस्तो रहेछ, बगिरहने । कविहरु भनेका नदीमा खेल्ने माछा पक्रने माझी जस्ता रहेछन् । हामीले समयलाई चिन्न र पक्रन सक्नुपर्‍यो । त्यो बेला बगिरहेको समयलाई मेरो कविताले समात्यो । दोस्रो जनआन्दोलनको बहाव र मेरो कविताको थिम मिल्न पुग्यो । र नै यो कविताले चर्चा पायो भन्ने लाग्छ ।

कुनै कविता युगौंयुग बाँच्न सक्छ भनेर समयको कुन बिन्दुले निर्धारण गर्छ ?

- कविता क्षणमा लेखिन्छ तर स्थापित हुन समय लाग्छ । बुद्धका वाणी कविता हुन वर्षौं लाग्यो । कविता लेखिइरहेको हुन्छ, साधना गर्नेहरु लागिरहेकै हुन्छन् । तर परीक्षण हुन समय लाग्छ । तीन–चार वटा कविता लेख्नासाथ कवि स्थापित भइहाल्दैन ।

पुराना कविहरुलाई हेरौं न । प्रत्येक कालखण्डमा कविको संख्या त धेरै नै थियो ।  भानुभक्तको कालखण्डमा अन्य कवि पनि थिए । लेखनाथको समयमा उनीमात्रै त थिएनन् । भूपी, रिमालको समयमा उनी बाहेक अरु कवि नै थिएनन् त ? तर, अहिले हामीले सम्झिने त त्यो समयका दुई–चार कवि न हुन् । अरुलाई फाल्दै गयौं । समयले आफैं किनारामा पार्दै गयो । एउटा कवि निर्माण हुन कविता लेखेर मात्र हुँदैन, समय पर्खनुपर्छ ।

यो समयमा लेखिएका नयाँ पुस्ताको कविता कस्ता लाग्छन् ?

- कविताको समीक्षा गर्नु गम्भीर कुरा हो । हरेक सयम पुरानाभन्दा नयाँले नयाँ रुपमा लेखिरहेका हुन्छन् । भाइबहिनीले सक्रियपूर्वक नै लेखिरहरेका छन् तर पर्फेक्ट कविका रुपमा स्थापित हुन त समय लाग्छ । मलाई आफैं स्थापित कवि जस्तो लाग्दैन । 

अहिले ठूलो हुल त छ कविता लेख्ने तर चिनिने गरी कुनै कवि देखेको छैन । हस्तक्षेपकारी कुनै कविता आयो है भनेर देखापरेको नयाँ कवि चिन्न पाएको छैन । कवि नै हो, ऊ भिडमा छ, तर उसको नजिक म पुगेको छैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १५:०६
  • #economicsamachar

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्