• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

इपिएस कामदारको निवृत्तिभरणबारे सरकारले पहल गर्नुपर्छ : डिल्लीराम बाँस्तोला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, माघ ११, २०७६  १६:०९
1140x725

सन् २०१७ देखि २०१९ सम्म दक्षिण कोरियामा श्रम कन्सुलरको जिम्मेवारी डिल्लीराम बाँस्तोला सम्हाले। सरकारी स्तरबाट कामका लागि कोरिया पुगेका कामदारका समस्या पहिचान र निराकरण गर्ने दायित्व बाँस्तोलाको थियो। 

दक्षिण कोरियाका नेपाली कामदारका समस्या नजिकबाट नियालेका बाँस्तोलाको सरुवा भएको छ। उनी नेपाल फर्कने तयारीमा छन्।

नेपाली कामदारका समस्या, सेवासुविधाका लागि पहल, कोरियामा नेपाली श्रमिकको अवस्थालगायतका विषयमा श्रम कन्सुलर बाँस्तोलासँग नेपाल लाइभका शिव भुसालले गरेको कुराकानीको सम्पादित अंशः

दक्षिण कोरियामा रहेर श्रम कन्सुलरको भूमिका निर्वाह गरी नेपाल फर्कने क्रममा हुनुहुन्छ। नेपाली श्रमिकको अवस्था कस्तो पाउनुभयो?  
दक्षिण कोरियामा कार्यरत अधिकांश नेपाली श्रमिकको अवस्था नेपालीका अन्य वैदेशीक रोजगार गन्तव्यको तुलनामा राम्रो छ। राम्रो यसकारण छ कि, कोरिया आउने नेपाली श्रमिक जिटुजी अर्थात् दुई देशका सरकारको सम्झौतामा टेकेर आउँछन्। यहाँ श्रमिक ल्याउने प्रकृया पारदर्शी भएकोले राज्यसत्ता र शक्तिमा पहुँच नरहेका सर्वसाधारण नागरिक पनि ‍कोरिया आउन सक्दछन्। कोरिया रोजगारी न्यूनतम लगानीमा उच्च प्रतिफल छ अर्थात् करिब १ लाख रुपैयाँ लगानीमा आउन सकिने र आएपछि मासिक १६ सय अमेरिकी डलर न्यूनतम पारिश्रमिक रहेको छ। यहाँ श्रम गर्दा सिकेको सिपलाई नेपालमा गएर सदुपयोग गर्न सकिन्छ। यहाँबाट स्वदेश फर्किएकाहरुले यहाँको सिप र आयलाई नेपालमा लगानी गरेर उद्यमी बनेका थुप्रै उदाहरण छन्। 

एउटा सिक्काका दुई पाटा हुन्छन् भने जस्तै कोरिया रोजगारीको अँध्यारो पाटो पनि छ। मेरो २ वर्षको जिम्मेवारीको अनुभवले  कोरियामा काम गर्ने नेपालीमा सानोतिनो घाउचोट नलागेको साथी भेट्नै गाह्रो छ। कतिपय साथी ठूला दुर्घटनामा परेर अंगभङ्ग हुनुभएको छ, कतिपय साथीहरु दीर्घरोगी हुनुभएको छ। 

योभन्दा भयावह स्थिति त इपियस प्रणालीमार्फत् नेपाली यहाँ आउन सुरु गरेयता १ सय ८२ जनाले ज्यान नै गुमाउनुभएको तथ्याङ्क हामीसँग छ। स्वास्थ्यमा परेको अप्रत्यक्ष असरको त लेखाजोखा कठिन छ। बढ्दो मानसिक स्वास्थ्य समस्या झनै चुर्नैातीपूर्ण बनेको छ।  कृषि क्षेत्रमा थुप्रै समस्याहरु छन्। ५ जना भन्दा कम कामदार भएका कृषि फर्ममा कार्यस्थल दुर्घटना विमाको  सुविधा अनिवार्य छैन जुन समस्या मुख्य समस्याको रुपमा देखिएको छ। 

यी सबै हुँदा हुँदैपनि समग्रमा नेपाल सरकारले तोकेका रोजगार गन्तव्य १ सय ११ देशमा तुलनात्मक रूपमा  दक्षिण कोरिया सुरक्षित, मर्यादित र व्यवस्थित, र न्यून लागतमा उच्च प्रतिफलयुक्त आकर्षक रोजगार गन्तव्य हो। 

नेपाली श्रमिक दूतावासमा आउँदा मूख्य गरी कस्ता समस्याहरु लिएर आउने गरेका छन् ? 
यहाँ कार्यरत नेपाली श्रमिक कामसम्बन्धी मात्र नभएर घरायसी समस्यासमेत लिएर आउने गर्नुहुन्छ। उहाँहरु दूतावासमा हामीसँग लिएर आउने मुख्य गुनासामा समयमा पारिश्रमिक नपाएको, कार्यअवधि सकिएपछि पाउनुपर्ने एकमुष्ट रकम (थेजिकम) नपाएको, कम्पनीमा हुने दुर्घटना बिमा सुविधासम्बन्धी समस्या छन्। तीन वर्षपछि थपिने भिसा (बोनस भिषा) सहुलियत हो कि अधिकार हो?, कमिटेड कामदारकोरुपमा पुनः आउने प्रकृयालगायतका समस्या लिएर यहाँ आउने गरेका छन्। 

Ncell 2
Ncell 2

यसका साथै कम्पनि परिवर्तन गर्न चाहँदा रोजगारदाताले परिवर्तन अनुमति नदिएको, अनावश्यक तनाव दिएको, सँगै काम गर्ने नेपाली सहकर्मीबाट नै तनाव झेल्नुपरेका समस्या लिएर आउने पनि छन्। 

त्यस्तै, नेपालबाट मेडिकल पास भएर आएपनि यहाँको मेडिकलमा फेल भएका, विभिन्न कारणले प्रहरीको पक्राउमा परेर समस्यामा परेका, पारिवारीक देखि अन्य विभिन्न किसिमका चिन्ताले विक्षिप्त भएर जथाभावि हिडिरहेको अवस्थामा प्रहरीले ल्याएर बुझाउने सम्मका घटनाहरु आउँछन्। 

बिनाभिषा अवस्थामा गर्ववती रहेका मानसिक रूपमा विक्षिप्त महिलाका तथा लागु पदार्थको दुव्र्यसनका कारण वेवारिस अवस्थामा भेटिएका युवाका समस्या समेत आउने गरेका छन्। समग्रमा कार्यस्थलसंग सम्बन्धीत, पारिश्रमिक लगायत सेवा सुविधा सम्बन्धी, भिषा सम्बन्धी, लेनदेन तथा आर्थिक कारोबारसम्बन्धी, आपसी सम्बन्ध तथा सम्बन्ध विच्छेद सम्बन्धी, घरायसी विवाद, स्वास्थ्य तथा विमा सम्बन्धी, कम्पनी परिवर्तन, भिषा परिवर्तन, सिप तालिम स्वदेश फिर्ता प्रकृया तथा उद्यमशिलता तथा स्वदेश फर्के पछि नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधासम्बन्धी विषय लिएर आउँछन्। 

त्यसैगरी, नेपालबाट समेत श्रमिकका आफन्तले सम्पर्कबिहीन भएको, सम्पर्क कम गर्ने गरेको, आर्थिक सहयोग नगरेकोलगायत विषयमा सोधपुछ गर्ने गरेका छन्।  

तपाईं कोरियामा यो जिम्मेवारी लिएर आईसकेपछि गर्नुभएका मुख्य काम के के हुन्?
म कोरिया आउँदा श्रम कन्सुलरको पद करिब आठ दश महिना देखि रिक्त अवस्थामा थियो। ईपिएस मेरो लागि नौलो थिएन तथापि केही दिन कोरियाको वस्तुगत यथार्थ अध्ययन गरें। त्यसबाट मुख्य समस्याहरु थाहा भयो भने एकातिर श्रमिकहरुलाई आधारभूत सूचना प्रवाह हुन सकेको छैन र उनीहरुको समीप गएर कुरा सुन्ने सुनाउने प्रभावकारी व्यवस्था नै नभएको विषय पनि जानकारी भयो।

अर्कोतर्फ बढ्दो मृत्युदर (खासगरी सुतेकै स्थानमा हुने मृत्यु, आत्महत्या, कार्यस्थल तथा ट्राफिक दुर्घटना) तथा अंगभंग, घाइते जस्ता मुख्य समस्या पहिचान गरेँ। त्यस लगत्तै मैले मैले सुरुमा त यहाँका नेपाली श्रमिकलाई अत्यन्तै आवश्यक कुराहरुको सूचना उपलब्ध गराउने ब्रसर निर्माण गरेँ र निशुल्क वितरणको व्यवस्था मिलाएँ। त्यसपछि मैले २ ओटा विषयलाई मुख्य विषयको रुपमा राखेर काम सुरु गरेँ। त्यसमा पहिलो विषय ईपिएस श्रमिकको स्वास्थ्य र सुरक्षा अनि दोस्रो विषय 'कमाऊ, सिक र स्वदेश फर्की उद्यमी बनी रमाऊ'। 

यी दुई विषयलाई केन्द्रमा राखेर उल्लेख्य संख्यामा नेपाली कामदारहरु रहेको कोरियाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरियो। स्वास्थ्य र सुरक्षा विषयमा आधारित रहेर सुतेकै अवस्थामा हुने मृत्यु, मानसिक स्वास्थ्य, कार्यस्थल दुर्घटना, ट्राफिक दुर्घटना, लागुऔषधको कोरियाली मापदण्ड, कोरियाको श्रम कानून, नीति, नियम कार्यविधि, सुरक्षासम्बन्धी कानून, कार्यस्थल सुरक्षा सम्बन्धी विषय, श्रमिकलाई सहयोग गर्न स्थापित निकाय, परामर्श केन्द्रलगायतका श्रमिकका चासोका विषयमा सोही विषयका विषयविज्ञ चिकित्सक, मनोपरामर्शविद्, श्रम कानून विज्ञ, सुरक्षाविज्ञ, परामर्शदाता समेतसँग समन्वय गरी गैर आवासीय नेपाली संघ, नेपाली सम्पर्क समितिलगायत नेपाली संघ संस्थाको अगुवाईमा राजदूतावासको नेतृत्वमा नियमित रुपमा फरक फरक स्थानमा परामर्श तथा चेतनामूलक कार्यक्रम गरिएको छ। यस्ता कार्यक्रम दुई वर्षमा ३१ पटक संचालन भएका छन्। 

इपियस प्रणाली लागु भएदेखिको इतिहासमै कार्यस्थल दुर्घटनाको हकमा पीडित परिवारलाई सबैभन्दा धेरै क्षतिपूर्ति दिलाउन सफल भएका छौं।

त्यस्तै दोस्रो विषयको हकमा पनि श्रम कोरियामा उद्यम नेपालमा शLर्षकमा निबन्ध लेखन प्रतियोगिता गर्यौँ। त्यसबाट यहाँ रहेका दुई दर्जन नेपालीले सहभागिता जनाएर आफ्ना उत्कृष्ट विचार राख्नुभएको छ। साथै आफ्नै पहलमा तथा एचआरडि कोरिया, गिमे माइग्रेन्ट हाउस समेतको सहयोगमा नेपाली कामदारहरुलाई सिप विकास तथा उद्यम शिलता विकास तालिमतर्फ उत्प्रेरित गर्न पहल गरियो। कोरिया रिटर्निहरुका सफलताका कथा तथा नेपाल सरकारले ल्याएको सहुलियत ऋण तथा सिप तालिम सम्बन्धी नीतिको वारेमा समेत सूसुचित गर्ने कार्य  गरियो।

मेरो यो कार्यकालमा समुन्द्रमा पौडी खेल्दा डुबेर ज्यान गुमाएका नेपालीको हकमा समेत क्षतिपूर्तिका लागि सम्बन्धित नगरपालिकासँग दाबी गरेर क्षतिपूर्ति दिलाउने भएको छ। यसका साथै मेरै पहलमा इपियस प्रणाली लागु भएदेखिको इतिहासमै कार्यस्थल दुर्घटनाको हकमा पीडित परिवारलाई सबैभन्दा धेरै क्षतिपूर्ति दिलाउन सफल भएका छौं। 

विगतमा शव लाग्ने गरेको शव व्यवस्थापन शुल्क(नेपाल शव पठाउदा लाग्ने शुल्क) मा प्रतिस्पर्धात्मक वातावरण कायम गरी उल्लेख्यरुपमा न्यूनीकरण गर्न सफल भएका छौं। साथै यहाँ  आत्महत्या गरेका नेपालीको शव नेपाल पठाउँदा लाग्ने शुल्क मध्ये ८० प्रतिशत भन्दा वढी शुल्क एचआरडि कोरियाले बेहोर्ने गरी पहिलो पटक सम्झौता गरेका छौँ। यसवाट वर्षेनी नेपाल सरकारको लाखौं रकम बचत हुने देखिन्छ।

कोरिया आउन चाहने नेपाली आकांक्षिहरु अन्य देशको तुलानामा अत्यन्तै धेरै रहेकाले सोहि आधारमा कोटा निर्धारण गर्न यहाँको सरकारसँग अनुरोध गरेका छौँ। त्यतीमात्र हैन संभाव्य रोजगारदाता तथा उच्च राजनैतिक व्यक्तित्वको समुपश्थितिमा रोजगार प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेका छौं। उपयुक्त कुटनैतिक अवसरमा कोटा वृद्धि सम्बन्धी विषयलाई प्राथमिकतासाथ उठान गरेका छौं। तसर्थ यस अवधिमा हालसम्मकै सवै भन्दा बढी नेपाली कामदार वार्षिक ८४०० कामदार कोरिया प्रवेश गर्न सफल भएका छन्।  

इपिएस प्रणाली लागु भए यता देखि नै यहाँका नेपालीको मुख्य चिन्ताको विषय आत्महत्या हो। सन् २०१८ मा केही न्यून देखिएको थियो। आत्महत्या दर कम गर्ने उपाय चाँहि के रहेछ?
अवश्य पनि, आत्महत्या मात्र हैन सवै प्रकारका मृत्युदरलाई न्यूनीकरणमा सफलता मिलेको छ।  सन २०१३ को आत्महत्याको दर हेर्नुस, त्यसपछि लगातार ०१४, ०१५, ०१६ हुँदै  ०१७  र ०१८ सम्म हेर्नुभयो भने यो दर डरलाग्दो रुपमा बढिरहेको देखिन्छ। तर २०१९ मा आएर हामी त्यो दरलाई न्यूनीकरण गर्दै २०१३ मा फर्काउन सफल भएका छौँ। हेर्दा सामान्य लागे पनि यो कार्य निकै चुनौतीपुर्ण छ। किनकी सन् २०१३ मा कोरियामा रहेका नेपालीहरुको संख्या भन्दा  २०१९ मा कोरियामा रहेका नेपालीहरुको संख्या १० हजार भन्दा बढी छ। वढ्दो जनसंख्याका वावजुद पनि न्यूनीकरणमा जुन सफलता देखा परेको छ त्यस्ले हामीलाई निरन्तरको प्रयासवाट सकारात्मक नतिजा उन्मुख गराउन सकिन्छ भन्ने आत्मविश्वास वृद्धि गराएको छ। 

२०१८ को तुलनामा गत वर्ष आत्महत्याको दर ५० प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ।

यस बिचमा हामीले मानसिक स्वास्थ्यका विषयमा हामीले नेपाल, जापान तथा कोरियाकै विभिन्न मानसिक रोग विशेषज्ञ, मनोविद, सकारात्मक सोच विज्ञहरु नै बोलायर परामर्श कार्यक्रम गरेका छौँ ,सचेतनामुलक पहल र पैरवी गरेका छौं। साथै मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ समेतलाई आमन्त्रण गरी तथा अनलाईन काउन्सेलिङको व्यवस्था गरेका थियौं। २०१८ को तुलनामा गत वर्ष आत्महत्याको दर ५० प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ। त्यसै गरी सन् २०१८ को तुलनामा सन् २०१९ मा दुर्घटनावाट हुने मृत्यु मा ८२ प्रतिशतले कमी आएको छ।  त्यसैगरी समग्र मृत्यु तर्फको कुरा गर्ने हो भने सन् २०१८ को तुलनामा सन् २०१९ मा समग्र मृत्युदरमा ३६ प्रतिशतले कमी आएको छ। सन् २०१८ मा मा कोरियामा २८ जना नेपालीहरुको दुखद निधन भएकोमा यो संख्या घटेर सन् २०१९ मा १८ मा सिमित भएको छ।  यस नतिजालाई हामिले हाम्रा  श्रमिक स्वास्थ्य परामर्शका  कार्यक्रमहरुको सकारात्मक प्रतिफल वा सफलताकोरुपमा रुपमा लिएका छौँ।

यसमा दूतावास मात्र नभएर यहाँ क्रियाशील गैरआवासीय नेपाली संघ, नेपाली सम्पर्क समिति देखि विभिन्न नेपाली संघसंस्थाहरुको समेत महत्वपूर्ण योगदान छ। तथापि यस्लाई सुन्यमा झार्ने लक्ष्यका साथ प्रयत्न गर्नु पर्ने भएकोले भविष्यमा अझै सघन र व्यवस्थित प्रयासको खांचो देखिन्छ। 

आत्महत्या न्यूनीकरण गर्न नेपाली श्रमिकलाई छोटो अवधिका लागि परिवारसँग भेटाइने भन्ने विषय किन कार्यान्वयन  हुन सकेन? 
हो, श्रमिकका आफन्तलाई कोरिया बोलाई यहाँको सामाजिक, सांस्कृतिक, भौतिक अवस्था तथा कार्यस्थल तथा वातावरणबारे बुझाउन सके परिवारको तर्फबाट श्रमिकमाथि गरिने दबाब कम हुन्छ। श्रमिक थप उत्प्रेरित हुन्छन्, परिवार भेट्न पाउँदा निराशा कम गर्न सकिन्छ भनेर यो अवधारणा ल्याइएको हो। यस सम्बन्धमा तात्कालीन अवस्थामा नेपालमा मन्त्रीस्तरीय भेटका क्रममा सो विषय उठेको हो। यस विषयका लागि कोरियाको श्रम मन्त्रालयमा पनि  हामिले पैरवी गरेका  थियौँ। तर श्रम मन्त्रालयले वर्तमान कानूनी प्रावधान अनुसार ईपिएस कामदारलाई परिवार ल्याउने सुविधा नभएको र यो विषय न्याय मन्त्रालयसंग सम्बन्धित भएकोले पहल गर्ने वताएको थियो। तथापि नीति नै परिवर्तन भै सकेको अवस्था छैन। हाम्रो प्रयास जारी छ। 

पछिल्लो समय अहिले पनि रोजगारदाता वा अन्य कोरियाली नागरिकको सहमतिमा धेरै नेपालीहरुले परिवारलाई यहाँ घुमाएर फर्काउनुभएको छ र यो क्रम बढ्दो छ। त्यसका लागि नेपालस्थित कोरियाली दूतावासले सहयोग गरिरहेको पनि पाइन्छ। तर समस्या के पनि छ भने कम्पनी व्यवस्थापनको ग्यारेन्टीमा परिवार वोलाएर यतै अबैधानिक वनाउने गरेको भन्ने गुनासो समेत सुन्नु परिरहेको छ। यस तर्फ भने हामी सवै ईमान्दार हुनु जरुरी छ। यस्ता कार्यले समग्र नेपाली प्रतिनै नकारात्मक सन्देश प्रवाह हुन जान्छ। 

निवृत्तिभरणका विषयमा नेपाली श्रमिकले लामो समयदेखि पहल गरिदिन आग्रह गरिरहेका छन्। यस विषयमा नेपाल सरकारसँग कस्तो पहल गर्नुभएको छ? 
यस विषयमा हामी अनभिज्ञ छैनौँ। हामीले कोरियन सरकारका अधिकारीहरुसँग पटकपटक छलफल गर्दै आएका छौँ। कोरिया कामदार पठाउने देशहरु मध्ये श्रीलंका लगायत ६ वटा देशका कामदारले कुकमिन बोहम को सुविधा प्राप्त गरेता पनि नेपाली कामदारहरु यस सुविधाबाट बञ्चित छन्। यो सुविधा पारस्पारिकतामा आधारित हुने भएकोले नेपालमा हालै लागु भएको सामाजिक सुरक्षा योजना अन्तर्गत नेपालमा कार्यरत कोरियन नागरिकहरुलाई समेत त्यस्तो सुविधा नेपाल सरकारले उपलव्ध गराउन सक्ने आधार भएमा त्यस्तो आधार सहित आगामि श्रम सम्झौता नविकरणको समयमा ठोस प्रास्ताव र पहल गर्न सकेमा नेपाली कामदारले निकट भविष्यमा यस्तो सुविधा प्राप्त गर्न सक्ने संभावना छ। 

समृद्ध देश निर्माणका लागि मानव शक्ति नै सबै भन्दा ठूलो स्रोत हो भन्ने कुरा कोरियाले सिकायो। 

कोरियामा कार्यरत नेपाली कामदारको तुलनामा नेपालमा कार्यरत कोरियनको संख्या ज्यादै न्यून भएकोले कोरिया सरकारलाई यसमा सहमत गराउन आवश्यक गृहकार्य गरी उच्च तहवाट विशेष र ठोस पहल भने आवश्यक छ। 

कोरियामा अहिलेसम्मको जिम्मेवारीले के सिकायो? श्रम कन्सुलरका दृष्टिमा कोरिया रोजगारी कस्तो रहेछ?
यहाँको सबै क्षेत्रको विकाश हेरिसकेपछि मुलुक बनाउनकालागि ईमान्दार र दुरदृष्टियुक्त नेतृत्वमा एक युगको एउटा पुस्ताले एकपटक कडा  मेहनत गर्यो भने संभव रहेछ भन्ने देखिन्छ। कोरियामा पनि यस भन्दा अघिल्लो पुस्ताको कडा मेहनतका कारण अत्यन्तै कम्जोर मुलुक अहिले विश्वमै टप टेनमा छ। यहाँको प्रतिव्यक्ति आय ३० हजार डलरभन्दा बढी छ।  समृद्ध देश निर्माणका लागि मानव शक्ति नै सबै भन्दा ठूलो स्रोत हो भन्ने कुरा कोरियाले सिकायो। 

आफ्नो कुनै ठोस प्राकृतिक श्रोत नहुदा पनि मानवीय शक्ति र प्रविधिको उच्चतम प्रयोगले यो सम्भव भएको हो। हामीकहाँ उर्जाशील एवं मेहनती जनशक्ति, उर्वर भूमि, उच्च संभावनायुक्त जलश्रोत, विश्वप्रख्यात पर्यटकीय स्थल छन्, यसैको जगमा टेकेर आवश्यक पुर्वाधार निर्माण गर्दै अघि बढ्ने हो भने संमृद्धि सम्भव छ भन्ने लाग्दछ। कोरिया जस्तो देशमा कोरियाली रोजगारदातासँग बसेर 'पाल्ली पाल्ली कल्चर' (छिटो र समयमै काम सक्ने संस्कार)युक्त अर्थात् गरी खाने संस्कार सिकेर कोरियाबाट नेपाल फर्केका नेपाली युवाहरुलाई सरकारले उपयुक्त तालिम तथा उत्प्रेरणा दिन सकेमा मात्रै पनि राष्ट्रमा उद्यमशिलता विकासमा महत्वपुर्ण योगदान दिन सकिन्छ भन्ने मलाई विश्वास छ। 

आर्थिक रुपमा प्राप्त लाभबाहेक वैदेशिक रोजगारमा अदक्ष कामदार पठाउनु कुनै पनि अर्थमा राज्यको दिर्घकालीन हितमा छैन, युवालाई स्वदेशर्मै रोजगारमुलक शिक्षा दिनु पर्दछ, उद्यमशिलता तर्फ उत्प्रेरित गर्नु पर्दछ, विदेशजाने जुन क्रेज छ त्यस्मा पुर्णविराम नभए पनि अल्पविराम भने लगाउनै पर्दछ। स्वदेशमै डाँडापाखा र फाँटमा उद्यमशीलताको  बिउ रोप्नु छ। यसमा सम्बद्ध सबैको सुझबुझपूर्ण प्रयास आवश्यक छ। 

श्रम कन्सुलरको जिम्मेवारीमा यहाँ आईसकेपछि विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव व्यवस्थापन पनि गरिरहनु भएको छ। यसरी रोजगारीमा आएको एक नेपालीको शव आफैले पठाउँदा कस्तो महसुस हुन्छ? 
त्यो पिडा व्यक्त गर्न मसंँग उपयुक्त शब्द नै छैन। तपाईँ कल्पना गर्नुस, एउटी आमाले रुँदै फोन गर्नुहुन्छ। बाबु मेरो एक्लो छोरो मेरो मुटुको टुक्रालाई के भयो, कस्ले के गर्‍यो, यो हुनै सक्दैन भन्दै छाति पिटेर रुनु हुन्छ के भन्नु कसरी सम्झाउनु रु  कैयौं पटक म आफैं रोएको छु, सम्झाउन त के आफैं वोल्न नसक्ने अवस्था हुन्छ। मृतककी श्रीमती सन्तानलाई लिएर सहरमा डेरा गरेर  बसेकी हुन्छिन, दुर्घटना हुन्छ, मृत्युको खवर फोन गर्नुपर्ने हुन्छ, उसको श्रीमतीलाई  यस्तो भयो भन्नुपर्दा सारै गाह्रो हुँदो रहेछ। सिधै सम्बद्ध व्यक्तिलाई घटनाका विषयमा जानकारी गराउनुपर्दा अत्यन्तै पिडा बोध हुँदो रहेछ। कतै  अर्को दुर्घटना निम्तने त होईन भन्ने भय हुँदोरहेछ। यस्ता घटनाहरुले निकै नै  भावविह्वल बनाउँछ। 

एउटा औद्योगिक दुर्घटनाको विषयमा बुझ्ने शिलसिलामा प्रहरीमा गएको थिएँ,  प्रहरीले दुर्घटनाको प्रमाणको रुपमा उपलब्ध तस्बिर नहेर्न सुझायो, अनुभवी प्रहरी अधिकारीलाई थाहा रहेछ यो दृश्य देखाउदा यो हेर्ने मानिसलाई नै केही हुन सक्दछ भन्ने त्यसैले उस्ले नहेर्न भन्यो तर मैले हेर्न निकै जिद्धी गरें तर जव प्रहरी अधिकारीले तस्वीर भएको एल्वम पल्टाउदै गयो, तस्विर हेर्दा अत्यन्तै विभत्स थियो। मैले सहनै सकिन, र थप हेर्न पनि सकिन किनकी म आफैं ढल्ने अवस्थामा पुगी सकेको थिएं। जीवनमा सबै भन्दा धेरै नराम्रो अनुभव गरेँ त्यस दिन। 

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की सोमबार, माघ १९, २०८२
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू सोमबार, माघ १९, २०८२
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान सोमबार, माघ १९, २०८२
रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्