• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको ‘ब्रेन गेन’ अभियान : शिक्षा क्षेत्रका विज्ञ प्रवासी नेपालीको धेरै रुचि

64x64
रामकुमार डिसी शुक्रबार, माघ १०, २०७६  १२:१०
1140x725

‘ब्रेन गेन’ अभियानबारे परराष्ट्र मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागीहरु।


काठमाडौं– ‘ज्ञान पलायन’ बढेको भन्दै त्यसलाई नेपालकै हितमा प्रयोग गर्न सरकाले गरेको ‘ब्रेन गेन’ अभियानमा अहिलेसम्म ७ सय २५ प्रवासी नेपाली जोडिएका छन्।

गैरआवासीय नेपालीको सीप र क्षमतालाई केन्द्रमा राखेर उनीहरूको ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न  सरकारले गत बैशाखमा अभियान सुरु गरेको थियो। परराष्ट्र मन्त्रालयमार्फत् सञ्चालन भएको अभियानका लागि मन्त्रालयले एउटा ‘डाटाबेस सेन्टर’ समेत बनाएको थियो, जसमा अभियानमामा आबद्ध हुन चाहेका विभिन्न क्षेत्रका विज्ञ ७ सय २५ प्रवासी नेपालीले डाटाबेसमा सूचना भरेका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो अभियानमा सहभागी हुन मन्त्रालयमार्फत् विदेशका विभिन्न ठाउँमा रहेका नेपाली कुटनीतिक नियोग र गैरआवासिय नेपाली संघहरूलाई अपिल पठाइएका थिए।

शिक्षा क्षेत्रमा काम गर्ने विज्ञको धेरै रुचि
अभिायनमा आबद्ध भएकामध्ये शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका धेरै प्रवासी नेपालीले नेपालमा आफ्नो विज्ञतासहित सहयोग गर्न तयार भएका छन्। शिक्षा क्षेत्रका ५५ विज्ञ प्रवासी नेपाली अभियानमा आबद्ध भएका हुन्।

शिक्षापछि इन्जिनियरिङ क्षेत्रका धेरै विज्ञले अभियानमा रुचि देखाएका छन्। यस क्षेत्रका ३३ जना अभियानमा आबद्ध भएका छन्। त्यस्तै नेचुरल साइन्स, मेडिकल, विकास तथा योजना, व्यापार तथा उद्योग क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञले पनि अभियानमा आबद्ध भएर सेवा गर्न रुचि देखाएका छन्।

अमेरिकामा धरै विज्ञ 
अभियनमा अमेरिका रहेका धेरै विज्ञ नेपालीले रुचि देखाएका छन्। त्यहाँका २०८ जना विज्ञले अभियानमा आबद्धताका लागि डाटा वेसमा सूचना भरेका छन्। त्यसपछि अष्ट्रेलिया, क्यानडा, बेलायत, कतार र चीनमा रहेका धेरै विज्ञ नेपालीले अभियानमा रुचि देखाएका छन्।

सन् २०३० सम्म नेपालाई मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्न ठूलो मात्रामा बाह्य र आन्तरिक श्रोत आवश्यक रहेको भन्दै सरकारले अभियान सुरु गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

बजारमा आएको विश्वव्यापीकरणले पछिल्लो दशकमा ‘ज्ञान पलायन’ बढेको भन्दै बाहिरिएका नेपालीको सीप, क्षमता यो अभियानमार्फत् नेपालमै प्रयोग गर्न अभियान सुरु गरिएको परराष्ट्र मन्त्रालय अन्तर्गतको नीति योजना, विकास कूटनीति तथा प्रवासी नेपाली महाशाखाका प्रमुख कुमारराज खरेलले जानकारी दिए।

कसरी आबद्ध हुने अभियानमा?
अभियान सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले एउटा  डाटाबेस सञ्चालनमा ल्याएको छ। जसमा सहभागिहरुले आफ्नो विज्ञताको सम्बन्धमा इच्छा अनुसारको सूचना आद्यावधिक गर्न सक्नेछन्। 

डाटाबेसमा आफूले सहज महसुस गर्ने सीप र क्षमता सम्बन्धी सूचना मात्रै प्रवेश गराउनुपर्ने छ। आफूले डाटाबेसमा प्रवेश गरेका सूचना समय अनुसार अद्यावधिक तथा फेरवदल समेत गर्न सकिने छ। ‘सरकारले यो अभियान सञ्चालन गर्नुका ५ उदेश्य तोकेको छ,’ खरेलले भने, ‘सरकारले राखेका ती ५ उदेश्यमा नेपालीको सीप तथा क्षमताको पहिचान, प्रवर्द्धन, सम्पर्क, परिचालन र पुरस्कृत गर्नु रहेको रहेको छ।’

सरकारी निकाय र प्राज्ञिक तथा सामाजिक संस्थालाई प्रवासी नेपालीको विज्ञतासम्म पर्‍याउन उत्साहित गर्ने र सम्पर्क बढाउने अवसर प्रदान यसले गर्ने उनले बताए। 

के भन्छन् विज्ञ? 
अभियानलाई अघि बढाउन परराष्ट्रमन्त्री ज्ञवालीले १९ पुसमा मन्त्रालयमा छलफल आयोजना गरेका थिए। आर्थिक विकासमा डायस्पोराको भूमिका विषयको उक्त छलफलमा विभिन्न क्षेत्रका विज्ञ सहभागि भएका थिए।

छलफलमा अमेरिकाका विज्ञ डा. सतिश देवकोटाले कृषि, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवासँग जोडिएर काम थालनी भएको बताएका थिए। अर्थविद् विश्व पौडेलले विदेशमा रहेका नेपालीलाई स्वदेशमा आकर्षण गर्न पाँच वर्षमा देशभित्र पाउन सक्ने रोजगारीका अवसरको पहिचान गर्न सुझाएका थिए।

त्यस्तै अर्का अर्थविद डा. स्वर्णिम वाग्लेले आईबीएन मोडल, सेमी अटोनोेमस मोडल र अध्ययन मोडलमा ब्रेन गेन सेन्टरले काम गर्नु उपयुक्त हुने बताएका थिए। छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको विकासका लागि सघाउन आफू र आफ्नो पार्टी तयार रहेको बताएका थिए। उनले विश्व विकासको चर्चा गर्दै प्रतिभा पलायन रोक्ने कामममा सरकारको साथमा रहेको बताएका थिए।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको यस्तो आदेशले २६ चैतमा ओली र लेखक हिरासतमुक्त हुनेछन् । सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभामा संख्याकै आधारमा कुनै भेदभाव हुँदैन- सभामुख सभामुख पदमा निर्वाचित भएका अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको पहिलो बैठकमा सभामुख पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद... सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’ र ‘ने... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभामा संख्याकै आधारमा कुनै भेदभाव हुँदैन- सभामुख सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु सोमबार, चैत २३, २०८२
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्