• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुख पदले बदल्यो नेकपामा शक्ति समीकरण

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  २२:२५
1140x725

काठमाडौं- आइतबार बसेको  नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्‍यो। सभामुख उम्मेदवारसँगै नेकपामा प्रधानमन्त्री समेत केपी ओली कमजोर भएको सन्देश बाहिरिएको छ। आफू अनुकूल सभामुख बनाउने उनको प्रयास असफल भएको छ। सबैभन्दा महत्वपूर्ण कुरा नेकपामा नयाँ शक्ति समीकरण देखिएको छ, जुन बलियो भएको प्रमाणित गरिदिएको छ।

दुवै ढुक्क, दुवै छक्क
असोज ५ गते तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध संसद सचिवालयकी एक कर्मचारीले बलात्कार आरोप लगाइन्। आरोप लागेको भोलिपल्टै असोज ६ गते छानबिनमा सघाउने भन्दै उनले राजीनामा दिए।

उनको राजीनामापछि संघीय संसदको प्रतिनिधिसभा सभामुखबिहीन भयो। वर्षे अधिवेशन सकिएको र हिउँदे अधिवेशन तत्काल सुरु नहुने अवस्थामा सभामुखविहीनताले खासै असर पारेन। 

संसद् आह्वान हुनुअघि नै नेकपाले सभामुखको नयाँ उम्मेदवार छनोट गरिसक्ने अपेक्षा गरिएको थियो। तर, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सजिलै मिलाउन सक्ने आत्मविश्वास लिएर सभामुखका विषयमा गम्भीर भएनन्। त्यति धेरै कुरा पनि गरेनन्। पार्टी एकीकरण समेत टुंग्याउनु पर्ने भएकाले उनीहरूको ध्यान कम गयो। 

सभामुखका विषयमा पार्टीका अन्य नेताले सम्झाइरहे पनि दुवैसँग आ-आफ्ना उम्मेदवार थिए र आत्मविश्वास पनि। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभामुखका बलियो कार्ड सुवास नेम्वाङ थिए। उनका विषयमा सजिलै सहमति जुटाउन सकिने आत्मविश्वास थियो। अध्यक्ष प्रचण्डसँग पार्टी एकीकरणमा शक्ति समीकरणमा परेको भाग थियो। ओलीले दाबी गर्ने अपेक्षा थिएन।

त्यसैले पुष ४ गते हिउँदे अधिवेशन बोलाएर सभामुखको उम्मेदवारका विषयमा छलफल सुरु गरे। यति बेलासम्म दुवै अध्यक्षले आआफ्ना उम्मेदवारलाई 'ग्रिन सिग्नल' दिइसकेको अवस्था थियो। यता सभामुख रिक्त रहेको समयमा संसद् सचिवालय सम्हालेकी शिवमाया तुम्बाहाम्फेमा अपेक्षा चुलिएको थियो। 

जब दुई अध्यक्षबीच छलफल सुरु भयो, त्यसपछि भने दुवै हच्किए। एक अर्कोलाई मनाउने प्रयासमा केही समय उनीहरूले लिए। प्रतिनिधिसभाको बैठक भने सर्दै जान थाल्यो। 

पुष ११ गते नै नयाँ सभामुखको उम्मेदवार बन्ने अपेक्षा गरिए पनि बल्ल नेकपा निर्णय पुगेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्षद्वयमा दरार, किनाराकृत शक्तिशाली
सभामुख चयनअघि रहेको दुई अध्यक्षबीचको समुधुर सम्बन्ध सभामुखको उम्मेदवार छनोटको क्रममा भने बिग्रिएको छ। दुई अध्यक्षको सम्बन्धमा दरार यति बेला प्रष्टै देखिन्छ।

दुई अध्यक्षको सुमधुर सम्बन्धले किनाराकृत नेकपा वरिष्ठ नेताहरू यतिबेला शक्तिशाली भएका छन्। पार्टी एकीकरणका क्रममा अधिकांश पद  भागबन्डा प्रधानमन्त्री ओलीसँग मिलेर टुंग्याएका प्रचण्डले सभामुख हासिल गर्न भने नेकपा नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावलको सहायता लिनुपर्‍यो। 

सभामुख पूर्व एमालेकै त्यो पनि आफू अनुकुलको व्यक्ति अघि सारेपछि प्रचण्ड ओलीसँग हच्किए। प्रचण्डले पूर्व एमालेकै अरू नेताको साथ अपेक्षा गरे र त्यो साथ पाए पनि। सभामुखको उम्मेदवार छनोट प्रक्रियामा उनले नेता वामदेव गौतमको घरमा भेला समेत बोलाए। जुन भेलाले प्रचण्डका प्रिय पात्र अग्नि सापकोटालाई सभामुख बनाउन निर्णायक भूमिका खेलेको देखिन्छ।

आफूले प्रस्ताव गरेको व्यक्ति सभामुख बनाउन प्रधानमन्त्री ओलीलाई सहमत गराए लगत्तै प्रचण्ड माधव नेपाल निवास पुगे।  नेकपाभित्रको शक्ति संघर्षमा नयाँ गठबन्धन सफल भएको संकेत यसले गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्डले यसअघि पनि नेकपा यी नेताहरूसँग छुट्टै भेटघाट गरिसकेका थिए। एकीकृत नेकपाका एक अध्यक्षका हिसाबले आफू सबैलाई मिलाएर लैजान तयार भएको यसअघिको जमघटमा उनले बताएका थिए।

ओली गलाउन प्रचण्डलाई साथ
सभामुखको उम्मेदवार छनोटको क्रममा पूर्व एमालेकै वरिष्ठ नेताहरू प्रधानमन्त्री ओलीलाई गलाउन अर्का अध्यक्ष प्रचण्डलाई साथ दिन तयार भए। जसको परिणाम विभिन्न सरोकारवाला मात्रै होइन, पार्टीभित्रैबाट विरोध हुँदाहुँदै पनि अग्नि सापकोटा सभामुखको उम्मेदवार बन्न सफल भएका छन् भने प्रचण्ड आफ्नो शक्ति जोगाउन।

नेकपामा एकलौटी राज गरिरहेका प्रधानमन्त्री ओली यसपल्ट असफल भएका छन्। यो समीकरण कायम रह्यो भने प्रधानमन्त्री ओलीलाई यस्ता असफलताबाट गुज्रिरहनुपर्ने हुन सक्छ।

सम्बन्धित समाचारः

नेकपाका २ नजिर : मुद्दा अदालतमा, नेता पदमा

अग्नि सापकोटाविरुद्ध ३ थान मुद्दा सर्वोच्चमा विचाराधीन, अब के होला?

सभामुखमा सापकोटा : काँडाको यात्रा

अग्निलाई सभामुख बनाउन प्रचण्डका अनेक उपाय

द्वन्द्वकालीन आयोगमा ‘सजिला मान्छे’ ल्याएर अग्निलाई सभामुख बनाउने सहमति

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुख उम्मेदवारसम्म

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्