धनगढी– नेपाली सेनाको हेलीकोप्टरबाट एक सुत्केरीको उद्दार गरिएको छ। शनिबार सुत्केरी भएकी थलारा गाँउपालिका ८ की २३ वर्षीया सरिता सिंहलाई आईतबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको हो।
सामान्य तरिकाले बच्चा जन्माउन सफल भएकी सिंहको अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखा परेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज रेफर गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए।
जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सानो आन्द्रामा झण्डै एक फिट लामो संक्रमण भई काम नलाग्ने अवस्थामा पुगेको फेला परेपछि तत्कालै सिंहलाई रेफर गरिएको डा. ओखेडाले बताए। सिंहको यो दोस्रो प्रसूति हो। यस आर्थिक वर्षमा बझाङमा ४ सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । जसमा दुई जना जिल्लाकै विकट साईपाल गाँउपालिकाका, एक छविसपाथिभेरा गाँउपालिका र एक थलारा गाँउपालिकाका महिला छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।