• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

महिला अधिवक्ताहरुको पेशागत चुनौती : ‘सहज छैन प्रतिस्पर्धा’

64x64
नेपाल लाइभ बुधबार, पुस २३, २०७६  १०:५०
1140x725

काठमाडाैं- कक्षा ७ मा पढ्दै गर्दा टिभी सिरियलमा महिला वकिलले लगाएको कालो कोटले लोभ्याएर काठमाडौं थानकोटकी शशी बस्नेतले आफू पनि वकिल बन्ने अठोट गरिन्। छोरा र छोरीमाथि हुने विभेदविरुद्ध सानैदेखि आफ्नो क्षमताअनुसार प्रतिकार गर्ने बानी उनमा थियाे। बस्नेतले न्यायको आवाज सानैदेखि उठाउने गर्थिन्।

वकिल बन्ने अठोट गरेकी बस्नेतलाई काठमाडौंमै घर भएपछि अध्ययन गर्न खासै गाह्राे परेन। परिवारको पनि साथ पाएपछि उनले आफ्नो सपना पूरा गरिन्।

नेपाल कानुन व्यवसायी परिषद्‌बाट २०६६ सालमा परीक्षा पास गरेर अधिवक्ताको लाइसेन्स लिएपछि शशी वकालत् पेशामा संलग्न भइन्। शशीले वकिल बनेर कालो कोट लगाउने सपना पूरा गरिन्। तर, महिलालाई कालो कोट लगाएर हिड्न कति चुनौतीपूर्ण छ भन्ने कानुन व्यवसायमा आएपछि मात्र उनलाई महसुस भयो। पुरुषसरह अध्ययन गरेर पेशामा संलग्न भएपनि उनले महिला भएकै कारण विभिन्न विभेद र प्रश्नको सामना गर्नुपर्‍याे।

पहिलो पटक नाता कायम गराउने मुद्दा लिएर जिल्ला अदालत काठमाडौंमा जाँदा उनले अदालतका कर्मचारीबाट दुर्व्यवहार र हेपाहा प्रवृतिको सामना गर्नुपर्‍याे। उनलाई अदालतका कर्मचारीले केही नजान्नेलाई जस्तै गरी जिस्काए। उनलाई ती कर्मचारीले मुद्दा लिएर प्रशासनमा जाने हो, किन अदालत आएको? कहिलेदेखि काम गर्न थालेको? मुद्दा कसले लेखेको? भन्दै प्रश्न गरे।

भर्खर पेशामा संलग्न भएको र पहिलो मुद्दा दर्ता गराउन गएको बेला कर्मचारीले देखाएको त्यो व्यवहारले उनकाे चित्त दुख्याे। महिला भएकै कारण रुखो व्यवहार भोग्नु परेको उनको बुझाइ छ। 'मेरो ठाउँमा यदि पुरुष हुन्थ्यो भने उसलाई त्यस्तो व्यवहार हुँदैनथ्यो, ऊ जति सुकै सिकारु किन नहोस्' शशी भन्छिन्।

शशी बस्नेत, अधिवक्ता

पितृसत्तात्मक सोंचले महिलालाई याे पेशामा चुनौती हुन्छ भन्ने उनलाई थाहा थियो। तर, पढे-लेखेका, अधिकार र न्याय बुझेका र न्यायिक क्षेत्रकै व्यक्तिमा यस्तो साेंच हाेला भन्ने उनलाई लागेकाे थिएन।

श्रीमान्‌ पनि अधिवक्ता नै भएकाले दुवैले मिलेर काठमाडौंको अनामनगरमा ल फर्म  खोले। तर, फर्ममा आउने सेवाग्राहीले श्रीमान्‌लाई मात्र अधिवक्ताको रुपमा हेर्थे। महिला र पुरुषबीच हुने विभेदका अनेकौ अनुभव बटुलेकी उनले ल फर्म  छोडेर अन्य संस्थामा जागिर गरिन्।

शुल्क तिरेर कानुन व्यवसायी राख्न नसक्ने प्रतिवादीको मुद्दा निशुल्क लड्ने इन्टरनेशनल लिगल फाउन्डेसनमा काम गर्दाको उनकाे अनुभव पनि सुखद् छैन। पुरुष अधिवक्ताले उनका बारेमा गरेको टिप्पणी सम्झदा अहिले पनि उनको मन कट्टक खान्छ। थुनछेक बहसमा एक प्रतिवादीकाे मुद्दा हेर्ने जिम्मा पाएकी उनलाई पुरुष अधिवक्ताले प्रतिवादीलाई फकाउँदै महिलाले पनि कहिल्यै मुद्दा जित्छन्? भनेका थिए। उनी भन्छिन्, 'उनीहरुको कुरा घरमा त सुनिदैन, अदालतमा सुनिन्छ?' प्रतिवादीलाई फकाउँदै अधिवक्ताले भनेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सार्वजनिक सरोकार, घरेलु हिंसा र अंशबण्डालगायतका मुद्दामा बहस गर्दै आएकी उनलाई महिला अधिवक्तालाई सेवाग्राहीले पत्याउन नसक्नु पितृसत्तात्मक समाजको दोष हो भन्ने लागेकाे छ। 'न्यायिक क्षेत्रमा रहेका पुरुषहरुमा पनि लैङ्गिक संवेदनशीलता नदेखिनु सामान्य कुरा होइन,' उनी भन्छिन्।

अधिकार, न्याय र कानुनका जानकार भएर पनि यस क्षेत्रका पुरुष पितृसत्तात्मक घेराबाट बाहिर निस्कन सकेका छैनन् उनकाे अनुभव छ। महिलालाई सहयोग गरेर अगाडी पढाउनु पर्नेमा उल्टै उनीहरुलाई निरुत्साहित गर्ने प्रवृतिका कारण वकिल पेशामा महिलाले स्थान बनाउन कठिन रहेको शशीको बुझाइ छ।

सामाजिक र पारिवारिक बन्धनबीच पुरुषसँग प्रतिस्पर्धा 
नवलपरासी जिल्ला अदालतलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएकी अधिवक्ता सरस्वती शर्माले महिलामाथि भएका हिंसाविरुद्ध आफू नै अधिवक्ता भएर काम गर्ने उदेश्यका साथ कानुनी विषय रोजिन्। समाजमा गरिने नकारात्मक टिप्पणीको बेवास्ता गर्दै उनले अध्ययनलाई पूरा गरेर २०५५ सालबाट व्यवसायिक रुपमा याे पेशामा लागिन्।

परिवारको साथ र सहयाेगले पनि उनलाई अध्ययन पूरा गर्न र अधिवक्ता बन्न सहज बनायाे। उनले याे पेशामा २१ वर्ष बिताइसकेकी छन्।

दुई दशकअघि याे पेशामा आउँदा जिल्ला अदालतलाई कार्यक्षेत्र बनाएर काम गर्ने उनीमात्र महिला अधिवक्ता थिइन्। उनका अनुसार महिलाले मुद्दा लड्न सक्छन् भन्ने सोंच नहुँदा सेवाग्राहीलाई विश्वास दिलाउनै कठिन थियो। 

महिला हिंसाका मुद्दामा बहस गरेकी उनीसँग तीता अनुभव पनि छन्। नवलपरासी जिल्ला अदालतमा दर्ता भएको बैवाहिक बलात्कारसँग सम्बन्धित् पहिलो मुद्दामा बहसकाे क्रममा न्यायाधीशले गरेको प्रश्नको जवाफ दिन उनलाई अफ्ठ्यारो भएको थियो। 'न्यायाधीशले विवाह गर्ने भनेको नै सँगै बस्न र शारीरिक सम्पर्कको लागि होइन? भनि प्रश्न गर्दा मलाई त्यसको जवाफ दिन निकै गाह्राे भएको थियो। त्यतिबेला लैङ्गिक संवेदनशिलताको ख्याल कसैले गर्दैनथेँ। तर, अहिले अदालतहरु पनि लैङ्गिकमैत्री बनिरहेका छन्।' शर्मा भन्छिन्।

सरस्वती शर्मा, अधिवक्ता

पहिलेभन्दा अहिलेको वकालती पेशा सहज हुँदै गइहेको उनकाे अनुभव छ। चुनौतीकाे सामना गर्दै पेशालाई निरन्तरता दिएकी शर्मा आफ्नो पेशाबाट सन्तुष्ट र खुसी छिन्। जिल्ला अदालतमा अधिवक्ताका रुपमा काम गर्न दोस्रो महिला आउन झण्डै १५ वर्ष बढी समय लाग्यो।

उनका अनुसार पुरुषले जति समय महिलाले आफ्ना सेवाग्राहीलाई दिन सकिरहेका हुँदैनन्। 'पारिवारिक काम महिलालाई बढी हुँदा अध्ययनका लागि पर्याप्त समय दिन सक्दैनन्। त्यसैले  पनि याे पेशामा आउन र टिकीरहन गाह्राे भएको हो।' उनी भन्छिन्।

चुनौतीहरु धेरै भएपनि बिस्तारै याे पेशामा महिलाहरुको संख्या वृद्धि हुँदै गइरहेको छ। सकारात्मक लक्षण देखा पर्दैछन्। नेपाल बार एसाेशिएसन नवलपरासी पश्चिम शाखामा ३० जना सदस्य मध्य ३ जना महिला सदस्य छन्। 

मुद्दा समान, पारिश्रमिकमा भेदभाव
वकालती पेशा महिलाहरुका लागि पारिवारिक, सामाजिक, लैङ्गिक दुष्टिकोणले अझै सहज बन्न सकेको छैन। पुरुषको तुलनामा महिला यस पेशामा निकै कम छन्। त्यस्तै पारिश्रमिक पनि महिला र पुरुष अधिवक्तामा फरक छ। 'पुरुष र महिलाले गर्ने काम उही भएपनि पारिश्रमिकमा विभेद छ।' उनी भन्छिन्, 'न्यायका लागि लड्ने अधिवक्ता आफैं विभेदकाे सिकार छन्।'

महिला हो कम दिँदा पनि हुन्छ भन्ने सोच सेवाग्राहीमा रहेको अधिवक्ता सरस्वती शर्मा बताउँछिन्। शर्माका अनुसार एउटै प्रकृतिको मुद्दामा पनि पुरुष साथीहरुले मागे बमोजिम नै पारिश्रमिक पाउँछन् तर महिलालाई कम पैसा दिनका लागि अनेकन कुरा गरिन्छ।

अनौपचारीक क्षेत्रमा कार्यरत व्यक्तिहरुका लागि समान ज्याला तथा ज्यालाको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतबाट परमादेश जारी भएको छ। तर, कानुन व्यवसायिको हकमा भने पारिश्रमिकको न्यूनतम मापदण्ड तोकिएकाे छैन। जसले गर्दा कानुन व्यवसायीमा पनि सिन्डिकेड। यसकाे मारमा महिला कानुन व्यवसायी पर्ने गरेको  अधिवक्ता बस्नेतको भनाइ छ। 'पारिश्रमिककै कारण कतिपय महिला पेशाबाटै पलाएन भएका छन्,' उनी भन्छिन्।

अधिवक्ता कुमारी खरेलका अनुसार समान पारिश्रमिकमा केहि समस्या देखिए पनि निराशै हुनुपर्ने अवस्था भने छैन। समान पारिश्रमिकमा काम गर्ने महिलाहरु पनि धेरै रहेको उनको भनाइ छ। 

खरेलको अनुभवमा 'महिलासँग अलि बढी पीडित महिलाका मुद्दा पुग्ने  गर्दछन्। कहिले काहीँ उनीहरुको अवस्थालाई हेरेर पनि तोकिएको पारिश्रमिक भन्दा कममा गनुपर्ने  अवस्था आउँछ। आफ्नो क्षमता बढाएर प्रतिस्पर्धा गर्ने हो भने त्यसमा सुधार हुने उनले बताइन्न्छ।

चुनौतीसँगै अवसर
नेपाल बार एशाेसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले महिलाहरु याे पेशामा स्थापित र निर्णायक तहमा पुग्ने क्रम बढेको बताउँछिन्। महिलाले पाउने अवसरमा कमी भएपनि पछिल्लो समय यसमा सकारात्मक सुधार भइरहेको उनको भनाइ छ।

'पहिले पहिले अभिभावकहरुले छोरीका लागि यो पेशा बन्न सक्छ भनेर सोच्दै सोचेनन्। नेपालमा यो पेशा सुरु भएको लामो समयसम्म पनि महिलाहरु यसमा आउन सकेनन्।' उनले भनिन्, 'जसको परिणाम याे क्षेत्रमा महिलाहरुको संख्यात्मक उपस्थिती कम भयो। अझै पनि कतिपय जिल्लामा महिला अधिवक्ता नै छैनन्।'

अहिले कानुन अध्ययन हुने अधिकांश क्याम्पसमा ६० प्रतिशतभन्दा धेरै महिलाको संख्या रहेकाेले यसलाई प्रगतिको रुपमा लिनुपर्ने उनले बताइन्।

रक्षा बस्याल, उपाध्यक्ष- नेपाल बार एसोशियशन

पूर्वप्रधानन्यायाधीश शुशीला कार्की पहिलाे महिला प्रधानन्यायाधीश बन्नुले पनि सकारात्कम सन्देश दिएकाे छ। त्यस्तै सर्वाेच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान पनि अधिवक्ताबाटै त्यहाँ पुगेकी हुन्। अन्य न्यायाधीश नियुक्तिमा समेत केहि सुधार भएको छ। उच्च उदालतको न्यायाधीश नियुक्तिमा ४ जना न्यायधीश महिला थिए। 'यो पर्याप्त होइन तर यसलाई पनि उपलब्धिको रुपमा लिनुपर्छ,' बस्याल भन्छिन्।

त्यस्तै पेशागत संगठनको नेतुत्व गर्ने विषयमा पनि सुधार भएको छ। नेपाल बार एशाेसिएशनको विधान नै संशोधन गरेर अनिवार्य महिला राख्नुपर्ने व्यवस्था गरिएको छ। एशोसियशनका प्रत्येक युनिटमा एक जना महिला उपाध्यक्ष र जसमा महिला उपाध्यक्ष महिला समितिको स्वतः अध्यक्ष हुने व्यवस्था गरिएकाे छ। त्यस्तै सहसचिवमा महिला राख्नुपर्ने व्यवस्था छ। 'अहिले प्रत्येक ३ जना महिला भएको बार युनिटमा सहसचिव महिला हुनुहुन्छ। यद्यपि हामीले संविधानले दिएको ३३ प्रतिशत सहभागिता भने गराउन सकेका छैनौं।' बस्याल भन्छिन्।

बस्यालका अनुसार कानुन विषय अध्ययन गरेपनि व्यवहारिक रुपमा महिलाहरुले यसलाई पेशा बनाउन सकेका छैनन्। कतिपय परिवारमा कानुन विषय अध्ययन गर्न दिने तर अध्ययन गरिसकेपछि छोरीबुहारीलाई यो पेशा अंगाल्न नदिने चलन रहेकाे उनी बताउँछिन्। 'महिलाले स्नातक गरेर लाइसेन्स लिने बेलासम्म उसको विवाह गर्ने उमेर हुन्छ। परिवारले उसले काम गरोस् नत भनेर सोच्दैन र विवाह गरिदिन्छ। त्यसपछी उसले काम गर्न पाउने/नपाउने विवाह गरेर गएको परिवारकाे सोचमा भर पर्दछ। यदि उसले त्यो वातावरण पाएन भने उसको अध्ययन त्यसैमा सिमित हुने भयो,' उनी भन्छिन्।

न्यायिक क्षेत्रमा महिलालाई निणार्यक तहमा पुर्‍याउन सके नेपालको  न्याय सम्पादन विश्वासिलो बन्न सक्ने उनको भनाइ छ।  

कस्ताे छ महिलाकाे उपस्थिति?
नेपाल कानुन व्यवसायी परिषद्को तथ्यांकलाई हेर्ने हो भने विस २०१३ सालमा नेपाल कानुन व्यवसायी परिषद्‌बाट जम्मा ६ जनाले अधिवक्ताको  प्रमाणपत्र (लाइसेन्स) लिएका छन्। त्यसमा महिला थिएनन्। 

२०६० सालसम्म आइपुग्दा नेपाल कानुन व्यवसायी परिषद्‌बाट ९ हजार ९ सय ९२ जनाले अधिवक्ताकाे लाइसेन्स लिएका छन्। जसमा महिलाको संख्या जम्मा ६.७९ प्रतिशत अर्थात ६ सय ७८ छ। त्यसमा पनि ६७ जना पुरुष वरिष्ठ अधिवक्ता थिए भने १ जनामात्र महिला शुशीला सिंह वरिष्ठ अधिवक्ता रहेकी थिइन्।

हाल नेपाल कानुन व्यवसायी परिषद्‌बाट १७ हजार ६ सय २३ जनाले लाइसेन्स लिएका छन्। जसमा महिला २ हजार ५ सय ३४ रहेका छन्। त्यसमा  ४ सय २० जना पुरुषले वरिष्ठ अधिवक्ताको लाइसेन्स लिएका छन् भने  २८ महिला वरिष्ठ अधिवक्ता छन्।

अध्ययन र लाइसेन्स लिनेको संख्या केही बढे पनि पेशामा भने महिलाहरु पूर्णरुपमा संलग्न हुन सकेका छैनन्।

न्यायाधीश महिलाहरुको संख्या पनि कम  छ। हाल सर्वाेच्च अदालतमा कार्यरत २० जना न्यायाधीशमा ३ जनामात्र महिला रहेका छन्। त्यस्तै उच्च अदालतमा १ सय ६०  मध्ये १७ जना महिला छन्। जिल्ला अदालतमा २ सय २९ न्यायाधीशमा मध्ये ८ न्यायाधीश महिला छन्।

 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने बिहीबार, असार २५, २०८३
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह बिहीबार, असार २५, २०८३
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्