• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मेरी आमा जस्ता हज्जारौं आमाले कहिले न्याय पाउने?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १३:४१
1140x725

सधैं दुखेर सताइरहने दाँतको उपचार गर्न आमालाई लिएर नजिकैको स्वास्थ चौकी जाने क्रममा बुवालाई केही प्रमाणबिना सेनाले गिरफ्तार गर्यो । त्यसयता हामीले बुवाको सास वा लास भेटेका छैनौं। 
तपाईंको श्रीमान्लावई भरे पठाइदिन्छौं भनेर सेनाले आमालाई वचन दिएको थियो। तर, सेनाले हामीलाई बुबासँग भेट्न पनि दिएन। बुबालाई सेनाले बेपत्ता पारेपछिका कैयौं ‘भरे’हरु आए गए। तर बुबा आउने ‘भरे’ कहिल्यै आएन। धेरैपछि जिल्ला प्रशासन कार्यालय गोरखाले भन्यो, 'हंसपुर ४, गोरखा  निवासी माधव अधिकारी दोहोरो मुठभेडमा मारिए।’ 
सरकारको यो रवैया देखेर हामी झन् मर्माहत भयौं र गुनासो गरिरह्यौं, दिनदहाडै अस्पतालबाट अमानवीय तरिकाले लिएर ब्यारेक लगिनुभएका हाम्रो बुवा कसरी दोहारो भिडन्तमा मारिनुभयो?
हामीले सधैं एउटै माग गरिह्यौं, बुवाको सास वा लास चाहियो। तर, कसैले पनि हाम्रो मागलाई जवाफ दिन आवश्यक ठानेनन्। झन् तत्कालीन नेकपा माओवादीले बिना कुनै प्रमाण अर्को सूचना दियो, ठाउँ र दिन नै उल्लेख गरेर। भन्यो, 'माधव अधिकारीले २०५८ फागुन १५ मा सहादत प्राप्त गर्नुभयो। उहाँले देख्नुभएका सपना हामी पूरा गर्नेछौं।’ मूल पार्टीबाट छुट्टिएको अर्को एक समूहले सहिद सप्ताहका अवसरमा दिएको सम्मानपत्र पढेर म झनै आश्चर्ययचकित परेँ। लेखिएको थियो, ‘हंसपुर ४ निवासी क. माधव अधिकारीले २०५८ जेठ ५ मा सहादत प्रात्त गर्नुभयो।’ जबकि यो मितिमा बुवालाई आर्मीले गिरफ्तार नै गरेको थिएन। 
यसरी एउटै व्यक्तिलाई कहीँ बेपत्ता, कहीँ सहिद भनेर जिम्मेवार पक्षले पीडितलाई न्याय दिनुभन्दा पनि गलत सूचना सम्प्रेषण गरेर पीडा थपिरहे। 

पीडितको अवस्था
समय बडो निर्मम वा शक्तिशाली छ, म भेउ पाउनै सक्दिनँ। कुनै कालखण्डमा आफूले हजारौंपल्ट सोधेर पनि अनुत्तरित रहेको प्रश्नको जवाफ कालान्तरमा आफैंले दिनुपरिरहेको छ।
बुवालाई बेपत्ता बनाएपछि मैले आमालाई हजारौं पटक एउटै प्रश्न सोधिरहेँ, ‘आमा बुवा कहिले आउनुहुन्छ?’ हरेकपल्ट प्रश्न सुन्नेबित्तिकै आमा मलाई अँगालोमा बेरेर रुनुहुन्थो। त्यस दिनयता आमाको आँखामा आँसु नजमेको दिन सायदै होलान्। 
मैले जवाफ कहिल्यै पाइनँ। आज १५ वर्षपछि आमा मसँगको हरेक कुराकानीमा त्यही एउटै प्रश्न गर्नुहुन्छ, ‘बाबु! बुवाको अबस्थाबारे केही जानकारी पाइस् त?’ प्रश्न सुन्नेबित्तिकै म हरेक पटक स्तब्ध हुन्छु। विगतमा आफूले आमालाई यही प्रश्न सोधेको क्षण सम्झन्छु। एकछिन रोकिन्छु। अनि आमालाई सम्झाउने कोसिस गर्छु। बेपत्ता आयोगमा मैले हालेको उजुरीमा आयोगले सो पत्रलाई नं  १७२६ मा कारबाहीयुक्त अवस्थामा रहेको भनी भनेको बाहेक अरु जवाफ मसँग छैन। 
चुलोचौकाको अध्याँरो चौघेराबाहिर पनि संसार छ भन्नेसम्म हेक्का नभएकी मेरी आमा फेरि सोध्नुहुन्छ, ‘मर्नुअगाडि श्रीमान्कोक अवस्था बुझ्ने मेरो चाहना पूरा होला त?’ बुवाको अवस्था सार्वजनिक गर्न माग राख्दै तत्कालीन जिम्मेवारलाई कैयौं पटक बिन्ती चढाउँदा पनि कुनै पहल नभएको यथार्थता भोगेको म आमालाई सात्वनाका शब्दबाहेक केही भन्न सक्दिनँ। हाम्रा लागि सारा संसार रहनुभएको बुवा जनयुद्धका ठेकेदारलाई केवल एक ‘बलिको बोका’ हुनुहुँदो रहेछ। जनयुद्धकालीन मुद्दामा जिम्मेवार नेतृत्वको निर्लज्जताले यो कुरालाई स्वत: प्रमाणित गर्छ। 
सहिदका सन्तानलाई राज्यले उमेर हद तोकेर प्रदान गर्ने सुबिधाबाट बहुसंख्यक विमुख छन्। कैयौं सहिदका सन्तानले विद्यालयको मुखसम्म देख्न पाइरहेका छैनन्। कति त घरायसी झमेलाका कारण सरकारले तोकेको अठार वर्षे उमेर हदका कारण राहतबाट पनि वञ्चित छन्। अझ दुर्भाग्य, सहिद र बेपत्ता परिवारका छोराछोरी पठनपाठन गर्ने विद्यालयको अवस्था भद्रगोल छ। 
आफ्ना सन्तानलाई सुविधासम्पन्न विद्यालयमा पठाउने माओवादी नेताले आफूसँगै एउटै मोर्चामा हुँदा सहादत प्राप्त गरेका सहकर्मीका सन्तानको व्यवस्थापनमा कुनै गम्भीर पहलकदमी लिएका छैनन्। रोजगारीको व्यवस्था गरी पीडितको संरक्षक बन्नुपर्ने सरकार पनि केवल ‘चारो’ मात्र छरिरहेछ। आफ्ना प्रियजनको अवस्था सार्वजनिक गर्न पीडितले गरेका कैयौं आग्रहविपरीत जिम्मेबार पक्ष ‘तैं चुप मै चुप’ भएर निर्लज्ज पाराले बसेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेतृत्वको गैरजिम्मेवारीपना
१० वर्षे जनयुद्धको शान्तिपूर्ण अवतरण भएको एक दसक पुग्दा नपुग्दै यहाँसम्म ल्याउन भूमिका खेलेका हजारौं सहिद र बेपत्ताका परिवारको पीडाबारे प्रचण्ड बेखबरझैं देखिन्छन्। जनयुद्धका जनसरकार प्रमुख रहेका बाबुराम भट्टराई आफ्नै रगत र पसिनाले सिर्जित पार्टीबाट अबको कार्यभार पूरा हुन नसक्ने भन्दै कम्युनिस्ट सिद्धान्त नै त्यागेर हिँड्दैछन्। जनयुद्धका नेतृत्वहरु एकअर्कालाई आरोपप्रत्यारोप गर्न व्यस्त छन्। 
जनयुद्धको श्रीगणेश गर्दैगर्दाको समय सम्झँदा ममा अनेक प्रश्नहरु जन्मिन्छन्। कहाँ पूरा भएका छन् किताब बोक्दै स्कुल गइरहेका कलिला हातहरुमा बन्दुक थमाउँदै गर्दा देखाइएका सपनाहरु? कहाँ पूरा भए, बच्चालाई दूध चुसाउँदै गरेकी आमालाई युद्ध मैदानमा होमिन प्रेरित गरिरहँदा देखाइएका रंगीन भविष्य? आफ्नो जिन्दगीको ऊर्जाशील समयमा घर, परिवार, समाज, पैसा, सुखसयल सबै छाडेर युद्धमा होमिएको मान्छे अहिले जीविकोपार्जनका लागि अरबमा मरुभूमिमा ऊँट चराउन विवश छ भने कहाँ पूरा भए बलिको बोको बनाउँदै गर्दा खाएका कसमहरु?

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

न्यायको पर्खाइमा
आजभन्दा पन्ध्र वर्षअगाडि बेपत्ता बनाइनुभएक बुवाको अहिलेसम्म सास वा लास केही नपाउँदा मेरो परिवारमा परिरहेको बज्रपात मेरो जस्तै समस्या भोगिरहेकाहरुलाई मात्र थाहा छ। जनयुद्धका दौरान भारतमा बसेर गरिब जनतालाई एकापसमा भिडाउने विद्रोही पक्ष अनि अत्यधिक बल प्रयोग गरी सत्ताको उन्माद देखाउने सरकारी पक्ष दुवै आफ्नो कमजोरी लुकाउन उद्यत रहँदा वास्तविक पीडितले न्याय पाउन सकेका छैनन्। 
मेरो बुवालाई सरकारी पक्षले गिरफ्तार गरी बेपत्ता बनाएको घटना जति खेदजनक छ, विद्यालयभित्र पढाइरहेका शिक्षकलाई विद्रोही पक्षले अमानवीय तरिकाले क्रुरतापूर्वक गरेको हत्या पनि उत्तिकै खेदजनक छ। जुन पक्षबाट भए पनि निमुखा जनतालाई घानमा हालेर आफ्नो स्वार्थ पूरा गर्ने समूह अहिले पनि हामीलाई न्याय पाउने हकबाट वञ्चित गर्दै छन्।
सबै पीडित एकजुट भई सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगलाई निष्पक्ष छानबिन गर्न बाध्य पार्न सके मात्र हामीले न्याय पाउन सक्छौं। देशमा न्याय दिलाउन ढिलाइ गर्दा युद्धकालीन मुद्दाको अन्तर्राष्ट्रियकरण हुनेमा कुनै शंका छैन। आफ्नो देशमा न्याय नपाए अन्तर्राष्ट्रिय मञ्च गुहार्नु हाम्रो बाध्यता बन्न जानेछ। आफ्नो प्राण जानुअगावै आफ्नो श्रीमान्कोर अवस्था थाहा पाऊँ भन्ने मेरो आमा जस्ता हजारौं आमाहरुको याचिका सुनुवाइ गर्न जिम्मेवार पक्षले अब विलम्ब गर्नुहुँदैन।

जनयुद्धले छोडेको शिक्षा
जनयुद्धका दौरान देखाइएका सपना, बगाइएका पसिना, चुहाइएका आँसुलाई तराजुको एउटा पल्लामा राखी त्यसका उपलब्धिलाई अर्को पल्लामा राख्दा उपलब्धि फिक्का हुन्छ। अति फिक्का। अब नेपालको भविष्य अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई रक्षा गर्दै, जनताको मतको कदर गर्दै देशको आर्थिक अवस्था सुधार गर्नतर्फ अग्रसर हुनुपर्छ ताकि अझै पनि जनतालाई एक आपसमा भिडाएर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति निरुत्साहित बनोस्। 
तसर्थ, हामी सम्पूर्ण पीडितहरुले न्यायको लडाँइमा एक हुँदै द्वन्द्वकालीन अवशेषलाई समाप्त पार्न अग्रसर भई आगामी पुस्तालाई समुन्नत नेपाल कोसेली दिन लाग्नुपर्छ। सहिद, बेपत्ता अनि घाइतेको मनलाई बल्ल शान्ति मिल्नेछ। यसका लागि जनयुद्धकालीन मुद्दाको निष्पक्ष छानबिन गरी पीडकलाई कानुनी कठघरामा ल्याउनैपर्छ। बिन्ती! चाँडो गरौं। किनकि मेरी आमाजस्ता कैयौं आमाहरु आफ्नो प्राण जानुअघि बेपत्ता पारिएका आफ्ना प्रियजनको अवस्था सार्वजानिक होस् भन्ने चाहनुहुन्छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्