• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चुरे संरक्षणमा जनप्रतिनिधि एकमत, जथाभावी उत्खनन् राेक्न सरकारलाई अनुरोध गर्ने

स्थानीय तहले अनुगमन नगर्दा बढी उत्खनन्
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  ११:३१
1140x725

धनगढी– कैलालीमा चुरे तथा वातावरण संरक्षण प्रयास स्वरुप पुनः खानी तथा नदीजन्य उद्योग स्थापनाका लागि पहल भएको छ। 

गत मंसिर १२ गते कैलालीको चुरे गाउँपालिका, गर्भा दरबारमा भएको कैलाली जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभाले जिल्लामा नदीजन्य पदार्थको जथाभावी उत्खनन् तथा निकासी नियन्त्रणका लागि खानी उद्योग स्थापना गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

तेस्रो जिल्ला सभाको सो निर्णयअनुसार जिल्ला समन्वय समिति कैलालीले संघीय उद्योग मन्त्रालय, वन मन्त्राल र जलस्रोत मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई नदीजन्य तथा खानीजन्य उद्योग स्थापनाका लागि सभाको निर्णय सहितको पत्र र कार्ययोजना पठाएको जनाएको छ।

यसअघि कैलालीका तत्कालीन जिल्ला विकास अधिकारी केदारबहादुर बोगटीका पालामा छ वर्षअघि नदी तथा खानीजन्य उद्योगका लागि पहल भएको थियो। हाल धनगढी उपमहानगरपालिकामा कार्यरत तत्कालीन जिल्ला विकास समिति कैलालीमा नदीजन्य पदार्थबारेको पाटो हेर्ने योगेन्द्र चन्दले भने, ‘साविक जिल्ला विकास समिति कैलालीमा केदारबहादुर बोगटी जिल्ला विकास अधिकारी भएको बेला संघीय उद्योग मन्त्रालयको परिपत्रमा घाटगद्दी स्थापना गरिएको थियो। तर‚ एक वर्ष पनि टिक्न सकेन।’

उनका अनुसार यो प्रक्रियामा उपभोक्ताहरुको लागत बढेको थियो। उनले नेपाल लाइभसँग भने ‘प्रति घनमिटर नदीजन्य पदार्थको ५३ रुपैयाँ कर तिर्ने व्यवस्था गरिएकोमा उपभोक्ताले प्रति घनमिटर चार सय रुपैयाँसम्म कर तिर्नुपरेपछि आन्दोलन भएको हो।’ उनले पुनः उद्योग मन्त्रालयले नै उत्खनन क्षेत्रको वरिपरी नै घाटगद्दी मानिने भनेर परिपत्र गरेको बताए।


जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभामा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको सहभागिता रहेको थियो। ‘तेस्रो जिल्ला सभाको १३ नम्बर निर्णयमा जथाभावी नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण गर्न खानीजन्य उद्योग स्थापनाका लागि पहल गरिने’ उल्लेख छ। जिल्ला समन्वय समितिले सो निर्णयअनुसारको कार्ययोजना पनि तयार गरेको जनाएको छ। 

जिल्ला समन्वय अधिकारी वीरबहादुर शाहीले भने‚ ‘कार्ययोजना र निर्णय सभाबाटै पारित गरिएको हो। सोही अनुसार संघ र प्रदेश सरकारलाई आग्रह गरिएको छ।’  खानी संघीय सरकारको अधिकार क्षेत्रभित्र रहेकाले उसले नै त्यसको डिपिआर तयार गरी कामअघि बढाउने उनले बताए।

कैलालीका १३ वटा स्थानीय तहमध्ये १० स्थानीय तहले अहिले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का तथा सम्झौता गरी उत्खनन कार्य गराइरहेका छन्। जिल्लाको जोशीपुर र कैलारी गाउँपालिका र भजनी नगरपालिकाबाहेक अन्य स्थानीय तहहरुमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ।

Ncell 2
Ncell 2

जिल्ला समन्वय अधिकारी शाहीले भने ‘स्थानीय तहहरुले अनुगमन, नियमन तथा ठेक्का लगाउने अधिकार भए पनि उनीहरुबाट जथाभावी उत्खननको नियन्त्रणमा भने ध्यान गएको देखिँदैन।’ तेस्रो जिल्ला सभामा चुरे तथा वन क्षेत्रको संरक्षणसंगै, नदीको धार नियन्त्रण र डुवान तथा बाढीको नियन्त्रणका लागि जथाभावी नदीजन्य पदार्थ उत्खनन रोक्नका लागि सबै जनप्रतिनिधी एकमत देखिएका थिए।

जिल्ला समन्वय अधिकारी शाहीका अनुसार चुरे क्षेत्रमा उत्खनन गर्नुभन्दा महाभारत क्षेत्रमा रहेका खाली चट्टानमा उत्खनन गरी एक ठाउँ घाटगद्दी गरी प्राप्त आयस्रोत सबै स्थानीय तहमा बाढ्ने सो कार्ययोजनामा उल्लेख छ। यसवर्ष राम्रोसंग वर्षा नभए पनि स्थानीय तहहरुले नदी खोलामा गत वर्षको तुलनामा बढी रकममा उत्खनन गर्न गराउन ठेकेदारहरुसँग सम्झौता गरेका छन्।

जिल्ला समन्वय अधिकारी शाहीले भने ‘स्थानीय तहहरुले अनुगमन नगर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले तोकेको मापदण्डभन्दा बढी उत्खनन गर्ने गरिएको अवस्था छ।’ वन तथा वातावरण विज्ञहरुले बारम्बार कैलाली तथा चुरेमा यस्तै ढंगले नदीजन्य पदार्थको उत्खनन जारी रहने हो भने कैलालीका बस्ती, नदीमा बनेका पुल तथा वन जंगलमा व्यापक क्षती हुनका साथै चुरे  बिनास बढ्दै जाने चेतावनी दिँदै आएका छन्। 

कैलालीको खुटिया, शिवगंगा, कर्णाली, गोदावरीलगायतका नदीहरुको धारनै परिवर्तन हुने गरी अहिले उत्खनन भइरहे पनि सरोकारवालाहरुले नियमन गर्न नसकेको गुनासो बढिरहेको छ। जिल्ला समन्वय अधिकारी शाहीले यसवर्ष नदीजन्य पदार्थ उत्खननको अनुगमन गर्न नपाएको’ बताए।

याे पनि हेर्नुस्

कैलालीमा जथाभावी नदीखोला दोहन, नियमन नहुँदा वातावरणीय जोखिम

 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्