• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २८, २०८२ Wed, Feb 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

फोन गरेको अर्कैको ‘अबिचुरी’ लेख्न, लेख्नुपर्‍यो उनैको

जसलाई फिल्मले घर दियो, फिल्मले नै खोस्यो
64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १९:२८
1140x725

काठमाडौं- ‘दाइ, नमस्कार।’

‘अँ, भाइ, भन्नु त।’

‘दिवंगत कलाकार दीपक क्षेत्रीबारे ‘अबिचुरी’ लेख्न लागेको। उहाँबारे तपाईंले केही बोल्दिनुहुन्थ्यो कि भनेर कल गरेको।’

‘भाइ, उहाँसँग मेरो खासै संगत भएन। मभन्दा पनि उहाँको संघर्षको बेलादेखिको साथी अशोक शर्मा हो। उहाँसँग कुरा गर्दा गज्जब होला।’

‘हुन्छ दाइ, त्यसो भए म त्यसै गर्छु।’ 

‘अनि, भोलि तपाईं हेटौँडा कतिखेर जाने हो?’ 

‘दीपक दाइको अन्त्येष्टि सकेपछि जाने कार्यक्रम छ। यहाँबाट हिँड्दा त्यस्तै ३ बज्ला।’

‘हस् दाइ, त्यतै भेटौँला।’ 

Ncell 2
Ncell 2

आइतबार ठ्याक्कै साँझ ५ बजेर १ मिनेट जाँदा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसँगै भएको यो संवाद मेरो मोबाइलको कल लिस्टको ‘यस्टरडे’ सूचीबाट अझै डिलिट भएको छैन। 

मैले सोेचेको थिइनँ, यो ‘कल’ नै उनीसँगको अन्तिम ‘कल’ हुनेछ। अझ जसलाई मैले  दीपकको ‘अबिचुरी’ लेख्नका लागि कल गरेको थिएँ, उसैको ‘अबिचुरी’ दीपकको भन्दाअगाडि लेख्नुपर्ने दिन आउला भनेर मैले कहिल्यै कल्पनासम्म गरेको थिइनँ। 

तर, अहिले म उनकै ‘अबिचुरी’ लेखिरहँदा पनि मलाई मैले जे लेखिरहेको छु त्यसमा विश्वास गर्न कठिन भइरहेको छ। सुन्दा भावुक लाग्ला, तर साँच्चै मलाई कठिन नै भइरहेको छ। किबोर्डमा उनीबारे लेख्न तम्तयार हातहरु सजिलै चल्मलाउन सकिरहेका छैनन्। 

यद्यपि चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा भट्टराईको पार्थिव शरीरमाथि श्रद्धान्जली नै चढाएर आइसकेपछि अब उनको मृत्यु स्वीकार्नुको विकल्प पनि छैन। 

०००

मंगलबार चलचित्र पत्रकार संघ हेटौ‌ंडा शाखाको आयोजनामा ‘चलचित्रको बजार विस्तारमा चलचित्रकर्मी र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै थियो। कार्यक्रममा चलचित्र विकास बोर्डको सहयोग थियो। 

त्यसैले कार्यक्रमको विशेष अतिथिका रुपमा भट्टराई सोमबार साँझ हेटौँडा जाने तयारीमा थिए। पंक्तिकार पनि चलचित्र पत्रकार संघसँग आबद्ध भएकाले केही फिल्मकर्मी र पत्रकारको टोलीसहित कार्यक्रमका लागि त्यतै जाने तयारीमा थियो। 

त्यसपछि बोर्डकै आयोजनामा हुन गइरहेको चलचित्र महोत्सवको तयारीका लागि भैरहवा जाने तर्खरमा थिए उनी। 

आइतबार दिउँसो मात्रै उनले बोर्ड बैठक राखेर दीपक क्षेत्रीको अन्त्येष्टिका लागि रकम छुट्याएका थिए। यसरी दीपकको अन्त्येष्टिका लागि तयारी गरिरहेका उनको अन्त्येष्टि पनि दीपकसँगै होला, यस्तो न उनले सोचेका थिए, न अरु कसैले। 

तर, नियतिले यसैलाई सत्य ठान्न बाध्य बनाइदियो। 

०००

कहीँकतै कसैले भनेका थिए, ‘एक दिन हामी सबै मर्छौं। त्यसैले हामीले हाम्रो लक्ष्य ‘सधैं बाँच्न पाइयोस्’ भन्दा पनि ‘सधैँ बाँचिरहने काम गर्न पाइयोस्’ बनाउनुपर्छ।  

केशव भट्टराइले नेपाली फिल्म क्षेत्रमा सधैँ बाँचिरहने त्यस्तो के काम गरे, त्यसको खोजिनीति त हुँदै गर्ला तर यति त पक्का भन्न सकिन्छ, आफ्नो क्षमता र विवेकले भ्याएसम्म नेपाली फिल्म क्षेत्रलाई योगदान पु-याउने प्रयत्न भने सधैं गरिरहे। 

१५ वर्षदेखि उच्च रक्तचापका बिरामी भट्टराइकी श्रीमती र एक छोरा छन्। ०४५ सालमा तुलसी घिमिरेको फिल्म ‘कोसेली’बाट नेपाली फिल्म क्षेत्रमा अभिनय यात्रा सुरु गरेका उनी नेपाली फिल्म क्षेत्रमा तीन दशकदेखि निरन्तर सक्रिय थिए। 

उनी चलचित्र विकास बोर्डको अध्यक्ष हुनुअघि नेपाल विद्युत प्राधिकरणका जागिरे थिए। रोजिरोटीका लागि विद्युत प्राधिकरण, प्रेम, समर्पण र सोखका लागि नेपाली फिल्म। प्राधिकरणमा जागिर खाइसकेपछि उनको दुई दशक यसैगरी बितेको थियो।  

८ महिनाअगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भइसकेपछि उनले प्राधिकरणको जागिर छाडेका थिए। त्यसअघि उनी चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्षसमेत थिए।

‘ह्यान्डसम लुक्स’का धनी उनी कुनैबेला नेपाली फिल्मका हिरो थिए। उनले  ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘दक्षिणा’, ‘मितज्यू’, ‘वलिदान’ लगायत फिल्ममा अभिनय गरेका थिए।

ओखलढुंगाबाट काठमाडौंमा संघर्ष गर्न आइपुगेका उनी त्यसपछि फिल्म निर्माणमा होमिए। आफ्नै लगानीमा पहिलो फिल्म ‘आफ्नो मान्छे’ बनाए। 

फिल्म यति हिट भयो कि उनको डेरा जीवन घरमा बदलियो। 

बोर्ड अध्यक्ष भएको एक महिना हुँदा भट्टराईलाई मैले सोधेको थिएँ, ‘यो अध्यक्ष पद सहजै पाइँदैन, ठूलै संघर्ष गर्नुपर्छ भन्छन्। तपाईंले कसरी पाउनुभयो? पैसाको चलखेल भएन त?’

त्यतिबेला उनले आफू तत्कालीन नेकपा एमालेसँग आबद्ध भएकाले राजनीतिक रुपमा नियुक्ति पाएको स्पष्ट पार्दै भनेका थिए, ‘मलाई ५० लाख र दुई करोड खुवाएर विकास बोर्डको अध्यक्ष बनेर कुनै फोटो झुन्ड्याउनु पनि छैन। म विद्युत प्राधिकरणमा सामान्य अधिकृतको जागिर खाएर बसिरहेको मान्छे। ‘आफ्नो मान्छे’ फिल्मबाट कमाएको पैसाले डेराबाट आफ्नै घरमा पुगेको थिएँ। ‘सो सिम्पल’ र ‘ब्रासलेट’ फिल्म फ्लप हुँदा करिब १ करोड घाटा भयो। र, फेरि घरबाट डेरामै फर्किएँ। अब तपाईं भन्नुस्, यस्तो मान्छेले ५० लाख, १ करोड कसरी खुवाउन सक्छ? त्यसैले म ठोकुवा गर्छु, यो कुर्सीमा आउनका लागि कोही पनि मान्छेलाई एक कप चिया पनि खुवाएको छैन र एक पैसा तिरेको पनि छैन। ’ 

यसरी केशवलाई नेपाली फिल्मले नै घर दियो, पछि फिल्मले नै घर खोस्यो। तर भेटघाटका क्रममा उनी सधैँ आशावादी सुनिन्थे। कहिल्यै हार नखाने ज्यादै सरल स्वभावका थिए। हँसमुख र शालीन थिए। सधैँ मुस्कुराइरहन्थे। भलै मुस्कानभित्र धेरै पीडाहरु लुकेको हुँदो हो।

तीन दशक चलचित्रकर्मीका रुपमा काम गरेपछि नेपाली फिल्म क्षेत्रका लागि केही गरौँ भन्ने भावना उनमा थियो। सबैभन्दा बढी चिन्ता राष्ट्रिय चलचित्र ऐनलाई लिएर थियो। 

उनी भन्थे, ‘२०२६ सालमा बनेको चलचित्र ऐनलाई विस्थापन गर्न कोही पनि लागेन। मै आउनुपर्ने मुख्य कारण भनेको बोलेर, स्टेजमा खादा माला लगाएर भाषण हानेर कुनै पनि चिजको विकास हुँदैन भन्ने लागेर हो। त्यसको लागि नीति-नियम र कानुन चाहिन्छ। मेरो कार्यकालमा म यो काम गर्छु। कम्तीमा भोलि आउने अर्को अध्यक्षलाई सजिलो होस्।’

उनको कार्यकालमा नयाँ चलचित्र विधेयकको मस्यौदा तयार भइसक्यो। संसदमा पेस हुने तयारीमा छ। यही विधेयकलाई लिएर मैले नेपाल लाइभमा श्रृंखलाबद्ध रुपमा स्टोरी नै लेखेपछि उनी हल्का रिसाएका थिए।

त्यतिबेला मैले विधेयकको मस्यौदा ‘नियन्त्रणमुखी’ भएको भन्दै टिप्पणी गरेको थिएँ। हलमा राष्ट्रिय गान बजाउनेदेखि म्युजिक भिडियोसम्म सेन्सर गर्ने बुँदाहरु मस्यौदामा समावेश थिए। 

लगातार चलचित्र विधेयक बहस भनेर तीन वटा श्रृंखला लेखिसकेपछि उनले एक भेटमा विवादित केही बुँदा सच्याइसकेको बताएका थिए। सच्याएका बुँदाको तस्बिर फेसबुकमा समेत पठाएका छन्, जुन अहिले पनि सुरक्षित छ। यद्यपि विधेयकको फाइनल मस्यौदा हेरेपछि मात्रै के-कति परिवर्तन भयो, ढुक्कसँग भन्न सकिन्छ। 

बोर्ड अध्यक्ष भइसकेपछि पनि उहाँको स्वभाव सरल नै थियो। ‘हाइप्रोफाइल’ जसरी हिँड्न रुचाउँदैन थिए। वैचारिक रुपमा उनीसँग धेरै असहमति थिए, बोर्डमा पुगेपछि उनले गरेका सबै काम सन्तोषजनक मान्न सकिन्न तर उनको भुइँमान्छेको स्वभावको भने सधैं खुलेर प्रशंसा गर्न सकिन्छ।  

कलाकार रविन्द्रसिंह बानियाँसँग हालैको भेटमा मात्रै भनेका थिए रे, ‘फिल्मबाटै कमाएर घर बनाए, फिल्म बाटै डुबेर रोडमा छु भाइ।’

चलचित्र विधेयकको बहस चलिरहेकै बेला निर्देशक कुमार भट्टराईलाई ‘दासढुंगा–२’ निर्माणका लागि विकास बोर्डले निर्माण इजाजत नदिएको खबर आयो। मैले कुनै पनि सिर्जनाको गर्भमै भ्रुण हत्या गर्न हुँदैन भनेर समाचार लेखेँ। 

कलाकार भट्टराईले मसँग कहिल्यै आक्रोश त पोखेनन् तर उनको व्यवहारबाट मैले महसुस गर्थें, बोर्डविरुद्ध लगातार लेख्यो भन्ने ठानेर उनी मसँग चिढिएछन्। 
केही महिना अघिमात्रै चित्लाङमा भएको पटकथा कार्यशालामा आइपुगेका बेला उनले गुनासोको पोका फुकाएका थिए, ‘मैले नजिकको सम्झिएका पत्रकारहरु मेरा रहेनछन्।’

मैले त्यतिबेला उनलाई प्रतिप्रश्न गरेको थिएँ, ‘मैले सहीलाई सही र गलतलाई गलत भन्न पाउने कि नपाउने? इमान्दारीपूर्वक आफ्नो काम गर्न पाउने कि नपाउने?’ 

जवाफमा उनले आफूले जानीजानी गलत काम नगरेको दाबी गरेका थिए। 

केशव भन्थे, ‘ओखलढुङ्गाको विकट गाउँमा जन्मेको मजस्तो केटोका लागि त्यतिबेला काठमाडौं छिर्नु नै ठूलो कुरा थियो। कहिल्यै सिनेमामा काम गर्ने सोच नै थिएन। नातागोतामा कोही पनि यो क्षेत्रमा काम गर्ने थिएनन्। सिए पढ्न हिँडेको केटो कहाँकहाँ पुग्दै सिनेमासँग जोडिएँ। कहिले बुढो मान्छेको क्यारेक्टरमा दुई वटा सिन त कहिले के, गर्दागर्दा सिनेमाको हिरोसम्म भइयो।’

झन् चलचित्र क्षेत्रको सर्वोच्च निकायको जिम्मेवारी पाइएला भनेर त उनले कहिल्यै सोचेका थिएनन्। एक पटक आफ्नो तीन दशकको फिल्म यात्रालाई समीक्षा गर्ने क्रममा उनले भनेका थिए, ‘मलाई के लाग्छ भने यो सफलता मेरो इमान्दारिताको फल हो। जे काम गरे पनि मैले सधैँ इमान्दारीपूर्वक गरेँ। निरन्तर इमान्दार पथमा हिँडिरहने हो भने एक दिन नसोचेको सफलता पनि हात पर्ने रहेछ, पछिल्लो ३० वर्षले मलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही नै हो।’ 

सोचेको थिएँ- सोमबार हेटौँडामा भेट होला, उहाँका आगामी कार्ययोजनाबारे केही सुन्न पाइएला। तर, भेट्नुपर्‍यो आर्यघाटमा, सुन्नुपर्‍यो मृत्युको अप्रत्यासित र मनै कुँडिने खबर। अब त ‘अलबिदा’ भन्नुबाहेक विकल्प छैन। अन्त्यमा उनकै अभिनय रहेको फिल्म ‘पाहुना’को गीतः 
‘दिनमा घाम भए, रातमा जुन
जति हाँसौ, जति नाँचौ
दुई दिनको पाहुना...

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस नेता कोइरालाले गरे एकैदिन ६ वटा पार्टी कार्यालयको उद्घाटन
४९ हजार निर्वाचन प्रहरी आजदेखि ‘फिल्ड’मा
सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कांग्रेस नेता कोइरालाले गरे एकैदिन ६ वटा पार्टी कार्यालयको उद्घाटन बुधबार, माघ २८, २०८२
४९ हजार निर्वाचन प्रहरी आजदेखि ‘फिल्ड’मा बुधबार, माघ २८, २०८२
सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना बुधबार, माघ २८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बुधबार, माघ २८, २०८२
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सुनको मुल्य बढ्दा चाँदीको घट्यो मंगलबार, माघ २७, २०८२
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो मंगलबार, माघ २७, २०८२
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्