• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

 पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १७:१२
1140x725

बाँके- नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन/चार दिनदेखि धाइरहेकी थिइन्। आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो। उनको अनमी आशा सार्कीबाट जाँच हुँदै थियो। 

परियार दोस्रो पटक सुत्केरी हुन प्रसूति गृह पुगेकी हुन्। उनले १४ वर्षमै पहिलो बच्चा जन्माएको बताइन् । सोही वडामा पर्ने पोद्दारपुरकी रेशमा खटीक (१८) पनि सुत्केरी हुनकै लागि प्रसूति गृह आइपुगिन्। उनका आँखा पहेँलिएका थिए, हातखुट्टा सुन्निएका थिए। अनमी सार्कीसँग ‘जीउ गह्रुङ्गो भएर बेथा लाग्छ कि’ भनेर आएको बताउँदै थिइन्। 

प्रसूति कक्षमा बिहानैदेखि परियार पल्टिरहेकी थिइन्। अनमी सार्कीका अनुसार उनको रक्तचाप कम भएका कारण सुत्केरी गराउन ढिलाइ भएको हो। परियारलाई सुत्केरी गराउन नपाउँदै खटीक आइपुगेकी थिइन्। प्रसूति गृहमा शय्या एउटै मात्र भएकाले पालो कुर्नुपर्छ। त्यसो त यहाँ सुत्केरी हुन आउनेको भीड नै लाग्ने गरेको छ। 

उनको उपचारमा संलग्न अनमी सार्कीले माछा, मासु, अण्डा, फलफूल र दूध/दही नखाएकाले शरीरमा आइरन र प्रोटिन कम भएको बताउँदै थिइन्। 

गर्भवती हुँदा नै चक्कर लाग्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने र थोरै हिँड्दा पनि मुटुको धड्कन बढ्ने समस्याले सताए पनि परियार र खटीकले त्यसको कारण थाहा पाउन सकेका थिएनन्। ‘सुत्केरी हुँदा तागतिला खानेकुरा नपाउने गर्भवती महिला कमजोर र रोगी बन्छन् भन्ने पनि उनीहरुलाई थाहा छैन,’ अनमी सार्कीले भनिन्।

स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिकरुपमा अपरिपक्व नै मानिन्छ। विसं २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ तर, यहाँ सुत्केरी हुन परियार र खटीकजस्ता धेरै किशोरीहरु आउने गरेका छन्। 

‘गर्भवती भएर आउँदा उमेर सोधेपछि हामीलाई उदेक लाग्छ, धेरैले १३/१४ वर्षमै बिहे गरिसकेका हुन्छन् र १८/१९ वर्ष पुग्दानपुग्दै दुई सन्तानकी आमा बनिसकेका हुन्छन्,’ अनमी सार्कीले भनिन्‚ ‘कम उमेर भयो भनेर हामीले सुत्केरी गराउँदैनौं भन्न मिल्दैन। बालविवाहले नै यस्तो अवस्था ल्याएपछि हामीले कसरी रोक्नु ?’

त्यस्ता किशोरीलाई यहाँ तीन महिने सूई लगाउन सुझाव दिने गरिएको छ। उनले भनिन्‘ ‘तीन महिने सूई लगाउनुस् भनेर हामीले नै सहमत गराउँछौं । धेरैले तीन महिने सूई लगाएका कारण किशोरावस्थामै सुत्केरी हुनबाट रोक्न सकेका छौं। कोही कोही मान्दैनन्। नमान्नेलाई जबर्जस्ती गर्न मिलेन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त वडाका ७० प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका किशोरीहरु छन् जो सुत्केरी हुन यहाँ आउने गरेका छन्। स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्थामा नआउने, घरमै सुत्केरी हुनेको सङ्ख्या खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने उनको भनाइ छ। 

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्मको तथ्याङ्क केलाउँदा सुत्केरी हुन आउने १ सय ५ मध्ये ७२ जना महिला १७-२५ उमेर समूहका छन् र १७-१८ वर्षमै सुत्केरी हुन आउने ६१ जना छन्। यो उमेर समूहलाई किशोरावस्था नै मानिन्छ।

त्यसो त १७-१९ वर्ष उमेर समूहका सुत्केरी हुन आउने अधिकांश किशोरी दोस्रो बच्चा जन्माउन प्रसूति गृहमा पुगेको तथ्याङ्कले देखाउँछ। आव २०७५/०७६ मा १ सय ७६ जना सुत्केरी भए। तीमध्ये ६० प्रतिशत किशोरी थिए। यसको कारण हो बालविवाह।

कम उमेरमा गर्भवती हुँदा गर्भवती र गर्भमा रहेको शिशु दुवैलाई जोखिम हुन्छ। उपमहानगरपालिकाको एउटै वडाभित्र २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेहरुको सङ्ख्या  बढेको देखिनु चिन्ताको विषय हो। आमा समूह र बाल क्लबबाट बालविवाह रोक्ने प्रयास भइआए पनि त्यो प्रभावकारी बनेको छैन।

Xtrem

Xtrem

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउन चाहिने सबै मापदण्ड पूरा भइसकेको दाबी गरिरहेकै बेला उपमहानगरभित्रको एउटै वडामा गर्भवती किशोरीको सङ्ख्या भयावह देखिएको छ। बाँकेमा अभिभावकको सहमतीमा हुने बालविवाह न्यून भए पनि भागी विवाह गर्नेको सङ्ख्या अधिक छ।

यसको आधिकारिक तथ्याङ्क भने कतै पाइँदैन। आधारभूत तह शिक्षा पूरा गरेर माध्यमिक तहको शिक्षा नजीकै लिन नपाउने स्थितिले बालबालिकाहरु पठनपाठनबाट वञ्चित हुनुपरेको र त्यस्ता बालबालिकामा बालविवाह गर्ने प्रवृत्ति देखिएको छ।

बालबालिकामा मोबाइलको प्रयोग बढेसँगै बालविवाह र कम उमेरमै गर्भधारण हुने गरेकोे सार्कीको ठम्याइ छ। 

बालविवाहमाथि कानूनले प्रतिबन्ध लगाए पनि कतिपय समुदायमा १०/११ वर्षमै छोरीको बिहे गरिदिने संस्कारले जरो गाडेका कारण पनि कम उमेरमै विवाह गर्नेको सङ्ख्या घट्न सकेको छैन। बालविशेषज्ञ डा रोमा बोराले कम उमेरका गर्भवतीबाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्यसमेत जोखिमयुक्त रहने बताइन्। लाजका कारण घरमै सुत्केरी हुने गर्भवती किशोरीहरुको स्वास्थ्य थप जोखिमयुक्त हुन्छ।

‘बालविवाहका नकारात्मक असरबारे चेतना फैलाउने कार्यमा सबै पक्षबाट सक्रियता बढाउनुपर्ने आवश्यकता छ,’ डा बोराले भनिन्‚ ‘उमेर नपुगेका किशोरीबाट जन्मिएका शिशुको तौल कम हुने गरेको छ। सामान्य अवस्थाका शिशुको तौल साढे दुई किलोभन्दा माथि हुनैपर्छ।’  

अनमी सार्कीका अनुसार उपकरणको अभाव भएकाले जटिल खालका र सुत्केरी गराउन नसक्ने गर्भवतीलाई भेरी अस्पताल पठाउने गरिएको छ। शरीरमा कुपोषण हुँदा, रगत र आइरनको कमी हुँदा, जुका पर्दा र वंशाणुगत कारणले हेमोग्लोबिनको मात्रा कम भएर रक्त अल्पता हुने गर्छ। 

शरीरमा रगत कम हुँदा अक्सिजन प्रवाह कम हुन्छ र त्यसले थकान र कमजोरी बढाएर श्वासप्रश्वासको गति र मुटुको धड्कन बढाउँछ। फलतः डर लाग्ने, मन आत्तिने तथा आँखा र नङ सेतो हुुने लक्षण देखापर्छ। 

पुरुषमा भन्दा गर्भवती र सुत्केरी महिलामा बढी देखिने यस्ता समस्या उमेर नपुग्दै विवाह गर्ने र अनिच्छित गर्भ तुहाउने महिलामा अझ बढी हुने गरेको सम्बद्ध डाक्टरहरुको भनाइ छ। धेरै महिलालाई भिटामिन र आइरन पाइने पोषणयुक्त खानाबारे जानकारी नहुनु र त्यस्ता खानामा पहुँच नहुनु रक्त अल्पताको अरु कारण हुन्। -रासस

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्