• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

 पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १७:१२
1140x725

बाँके- नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन/चार दिनदेखि धाइरहेकी थिइन्। आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो। उनको अनमी आशा सार्कीबाट जाँच हुँदै थियो। 

परियार दोस्रो पटक सुत्केरी हुन प्रसूति गृह पुगेकी हुन्। उनले १४ वर्षमै पहिलो बच्चा जन्माएको बताइन् । सोही वडामा पर्ने पोद्दारपुरकी रेशमा खटीक (१८) पनि सुत्केरी हुनकै लागि प्रसूति गृह आइपुगिन्। उनका आँखा पहेँलिएका थिए, हातखुट्टा सुन्निएका थिए। अनमी सार्कीसँग ‘जीउ गह्रुङ्गो भएर बेथा लाग्छ कि’ भनेर आएको बताउँदै थिइन्। 

प्रसूति कक्षमा बिहानैदेखि परियार पल्टिरहेकी थिइन्। अनमी सार्कीका अनुसार उनको रक्तचाप कम भएका कारण सुत्केरी गराउन ढिलाइ भएको हो। परियारलाई सुत्केरी गराउन नपाउँदै खटीक आइपुगेकी थिइन्। प्रसूति गृहमा शय्या एउटै मात्र भएकाले पालो कुर्नुपर्छ। त्यसो त यहाँ सुत्केरी हुन आउनेको भीड नै लाग्ने गरेको छ। 

उनको उपचारमा संलग्न अनमी सार्कीले माछा, मासु, अण्डा, फलफूल र दूध/दही नखाएकाले शरीरमा आइरन र प्रोटिन कम भएको बताउँदै थिइन्। 

गर्भवती हुँदा नै चक्कर लाग्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने र थोरै हिँड्दा पनि मुटुको धड्कन बढ्ने समस्याले सताए पनि परियार र खटीकले त्यसको कारण थाहा पाउन सकेका थिएनन्। ‘सुत्केरी हुँदा तागतिला खानेकुरा नपाउने गर्भवती महिला कमजोर र रोगी बन्छन् भन्ने पनि उनीहरुलाई थाहा छैन,’ अनमी सार्कीले भनिन्।

स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिकरुपमा अपरिपक्व नै मानिन्छ। विसं २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ तर, यहाँ सुत्केरी हुन परियार र खटीकजस्ता धेरै किशोरीहरु आउने गरेका छन्। 

‘गर्भवती भएर आउँदा उमेर सोधेपछि हामीलाई उदेक लाग्छ, धेरैले १३/१४ वर्षमै बिहे गरिसकेका हुन्छन् र १८/१९ वर्ष पुग्दानपुग्दै दुई सन्तानकी आमा बनिसकेका हुन्छन्,’ अनमी सार्कीले भनिन्‚ ‘कम उमेर भयो भनेर हामीले सुत्केरी गराउँदैनौं भन्न मिल्दैन। बालविवाहले नै यस्तो अवस्था ल्याएपछि हामीले कसरी रोक्नु ?’

त्यस्ता किशोरीलाई यहाँ तीन महिने सूई लगाउन सुझाव दिने गरिएको छ। उनले भनिन्‘ ‘तीन महिने सूई लगाउनुस् भनेर हामीले नै सहमत गराउँछौं । धेरैले तीन महिने सूई लगाएका कारण किशोरावस्थामै सुत्केरी हुनबाट रोक्न सकेका छौं। कोही कोही मान्दैनन्। नमान्नेलाई जबर्जस्ती गर्न मिलेन।’ 

Ncell 2
Ncell 2

उक्त वडाका ७० प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका किशोरीहरु छन् जो सुत्केरी हुन यहाँ आउने गरेका छन्। स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्थामा नआउने, घरमै सुत्केरी हुनेको सङ्ख्या खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने उनको भनाइ छ। 

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्मको तथ्याङ्क केलाउँदा सुत्केरी हुन आउने १ सय ५ मध्ये ७२ जना महिला १७-२५ उमेर समूहका छन् र १७-१८ वर्षमै सुत्केरी हुन आउने ६१ जना छन्। यो उमेर समूहलाई किशोरावस्था नै मानिन्छ।

त्यसो त १७-१९ वर्ष उमेर समूहका सुत्केरी हुन आउने अधिकांश किशोरी दोस्रो बच्चा जन्माउन प्रसूति गृहमा पुगेको तथ्याङ्कले देखाउँछ। आव २०७५/०७६ मा १ सय ७६ जना सुत्केरी भए। तीमध्ये ६० प्रतिशत किशोरी थिए। यसको कारण हो बालविवाह।

कम उमेरमा गर्भवती हुँदा गर्भवती र गर्भमा रहेको शिशु दुवैलाई जोखिम हुन्छ। उपमहानगरपालिकाको एउटै वडाभित्र २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेहरुको सङ्ख्या  बढेको देखिनु चिन्ताको विषय हो। आमा समूह र बाल क्लबबाट बालविवाह रोक्ने प्रयास भइआए पनि त्यो प्रभावकारी बनेको छैन।

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउन चाहिने सबै मापदण्ड पूरा भइसकेको दाबी गरिरहेकै बेला उपमहानगरभित्रको एउटै वडामा गर्भवती किशोरीको सङ्ख्या भयावह देखिएको छ। बाँकेमा अभिभावकको सहमतीमा हुने बालविवाह न्यून भए पनि भागी विवाह गर्नेको सङ्ख्या अधिक छ।

यसको आधिकारिक तथ्याङ्क भने कतै पाइँदैन। आधारभूत तह शिक्षा पूरा गरेर माध्यमिक तहको शिक्षा नजीकै लिन नपाउने स्थितिले बालबालिकाहरु पठनपाठनबाट वञ्चित हुनुपरेको र त्यस्ता बालबालिकामा बालविवाह गर्ने प्रवृत्ति देखिएको छ।

बालबालिकामा मोबाइलको प्रयोग बढेसँगै बालविवाह र कम उमेरमै गर्भधारण हुने गरेकोे सार्कीको ठम्याइ छ। 

बालविवाहमाथि कानूनले प्रतिबन्ध लगाए पनि कतिपय समुदायमा १०/११ वर्षमै छोरीको बिहे गरिदिने संस्कारले जरो गाडेका कारण पनि कम उमेरमै विवाह गर्नेको सङ्ख्या घट्न सकेको छैन। बालविशेषज्ञ डा रोमा बोराले कम उमेरका गर्भवतीबाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्यसमेत जोखिमयुक्त रहने बताइन्। लाजका कारण घरमै सुत्केरी हुने गर्भवती किशोरीहरुको स्वास्थ्य थप जोखिमयुक्त हुन्छ।

‘बालविवाहका नकारात्मक असरबारे चेतना फैलाउने कार्यमा सबै पक्षबाट सक्रियता बढाउनुपर्ने आवश्यकता छ,’ डा बोराले भनिन्‚ ‘उमेर नपुगेका किशोरीबाट जन्मिएका शिशुको तौल कम हुने गरेको छ। सामान्य अवस्थाका शिशुको तौल साढे दुई किलोभन्दा माथि हुनैपर्छ।’  

अनमी सार्कीका अनुसार उपकरणको अभाव भएकाले जटिल खालका र सुत्केरी गराउन नसक्ने गर्भवतीलाई भेरी अस्पताल पठाउने गरिएको छ। शरीरमा कुपोषण हुँदा, रगत र आइरनको कमी हुँदा, जुका पर्दा र वंशाणुगत कारणले हेमोग्लोबिनको मात्रा कम भएर रक्त अल्पता हुने गर्छ। 

शरीरमा रगत कम हुँदा अक्सिजन प्रवाह कम हुन्छ र त्यसले थकान र कमजोरी बढाएर श्वासप्रश्वासको गति र मुटुको धड्कन बढाउँछ। फलतः डर लाग्ने, मन आत्तिने तथा आँखा र नङ सेतो हुुने लक्षण देखापर्छ। 

पुरुषमा भन्दा गर्भवती र सुत्केरी महिलामा बढी देखिने यस्ता समस्या उमेर नपुग्दै विवाह गर्ने र अनिच्छित गर्भ तुहाउने महिलामा अझ बढी हुने गरेको सम्बद्ध डाक्टरहरुको भनाइ छ। धेरै महिलालाई भिटामिन र आइरन पाइने पोषणयुक्त खानाबारे जानकारी नहुनु र त्यस्ता खानामा पहुँच नहुनु रक्त अल्पताको अरु कारण हुन्। -रासस

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते
गोवाको नाइट क्लबमा विष्फोट, २३ जनाको मृत्यु
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै आइतबार, मंसिर २१, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
गोवाको नाइट क्लबमा विष्फोट, २३ जनाको मृत्यु आइतबार, मंसिर २१, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्