• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिआइपीको आडमा दोहोरो नागरिकता लिने र सार्वजनिक जग्गा मिच्ने कृष्णदास कसरी पुगे प्रहरी खोरमा?

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  १३:१९
1140x725

इटहरी– भू–समाधिका कारण पटक–पटक चर्चामा आएका सिद्धबाबा भनिने कृष्णदास गिरी यतिखेर बलात्कार आरोपमा प्रहरी हिरासतमा छन्। सुनसरीको चतरास्थित आश्रममै कृष्णदासले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीसमक्ष उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।

सोमबार बिहान पक्राउ परेका उनलाई चार दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। प्रहरीले उनलाई सोमबार दिउँसो म्याद थपका लागि अदालत लगेको थियो।

कृष्णदास यसअघि पनि दोहोरो नागरिकता लिएका कारण विवादमा आएका व्यक्ति हुन्। सोलुखुम्बुमा जन्मिएर सुनसरीको चतरामा बस्दै आएका उनको वास्तविक नाम कृष्णबहादुर गिरी हो। उनले गैरकानुनी रुपमा दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा परेको उजुरी विचाराधीन छ।

सोलुखुम्बुबाट बसाईं सरेपछि उनी इटहरी– २० तरहरामा बस्दै आएका थिए। पछि भारत गएर केही समय बसेपछि आफू कृष्णदास भएको भन्दै चतरामा आश्रम बनाएर बसेका थिए। उनले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरक–फरक लेखाई सोलुखुम्बु र सुनसरीबाट दुई वटा नागरिकता लिएका छन्। 

सोलुबाट कृष्णबहादुर गिरीको नाममा झिकेको नागरिकतामा जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको छ। २२२७/५९५ नम्बरको उनको नागरिकतामा भीमसेर रुम्दालीले हस्ताक्षर गरेका छन्।

पछि चतरामा बस्न थालेपछि उनले २०६५ साल पुस १७ गते सुनसरीबाट श्री वैष्णव कृष्णदासका नाममा नागरिकता लिएका छन्। उक्त नागरिकतामा स्थायी बसोबास बराहक्षेत्र–१ सुनसरी लेखिएको छ। जसमा जन्म मिति २०३१ फागुन १९ गते लेखिएको छ। यो उनको दोस्रो नागरिकता हो। नम्बर ०६९००४/१३२८०८ रहेकोे नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत वेदनिधि खनालले हस्ताक्षर गरेका छन्।

दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम भने छविलाल गिरी नै लेखिएको छ। अन्य विवरण भने फरक छन्। दुई वटा नागरिकताको सन्दर्भमा उनले पत्रकार सम्मेलन नै गरेर सबै साधु सन्तले दोहोरो नागरिकता लिने गरेको बताएका थिए।

उनले दोहोरो नागरिकता लिएको विषय सार्वजनिक भए पनि उनीमाथि कुनै कारबाही हुन सकेन। बरु भिआइपीहरु नै उनको शरणमा आशिर्वाद लिन पुगिरहेका छन्। 

nimb
nimb

उनी उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीहरुलाई समेत प्रभावमा पार्न सक्षम छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उनको आश्रमको भ्रमण गरेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू महाराजबाट प्रभावित भएको भन्दै प्रशंसा गरेका थिए। राष्ट्रपति, प्रधानमन्त्रीदेखि, प्रशासकहरु नै उनीसमक्ष शीर निहुर्‍याउने गर्छन्।

सार्वजनिक जग्गा हडपेर बसेका कृष्णदास शीर्ष नेता र प्रशासकको आडमा आफूलाई शक्तिशाली भएको प्रमाणित गरिरहेका छन्। मोरङ–सुनसरी सिँचाई परियोजनाको जग्गामा आश्रम बनाएका उनलाई अहिलेसम्म कसैले पनि हटाउने आँट गर्न सकेको छैन। 

नेता र भिआइपीको आडमा उक्त जग्गालाई चतराधामको रुपमा परिणत गरेका थिए। उनको आश्रममा नेपाल सरकारले नै करोडौं रुपैया खर्च गरिसकेको छ।

उनै कृष्णदासले नाडी विद्याबाट रोग पत्ता लगाउने भन्दै जडिबुटीको बिक्री गर्ने गरेका थिए। जडिबुटी बिक्रीमात्र नभई भारत निकासी समेत गर्ने गरेका थिए। आयुर्वेद विश्वविद्यालय खोल्न भन्दै राजनीतिक दलदेखि प्रशासनसम्म लबिङ गरेका थिए। 

उनी र उनको नजिकै बस्ने जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मिलेर चतरामा महाकुम्भको समेत सुरुवात गरेका थिए। चतरामा आयुर्वेद विश्वविद्यालय बनाउने, बराहक्षेत्र वरपरका जमिनमा जडिबुटी खेती गर्न लगाई सोको उपयोग गर्ने गरी योजना बनाएर उनले विभिन्न समयमा सरकार तथा राष्ट्रपतिलाई गुहारेका थिए। भारतको अर्बौं अनुदान भित्र्याउने योजना उनले सुनाउँदै आएका थिए। 

हाल उनले आफ्नोे आश्रम छेउमा सुविधासम्पन्न अतिथिगृह बनाएका छन्। त्यसका लागि विभिन्न दाताबाट प्रतिकोठा लाखौंको आर्थिक सहयोग संकलन गरेका छन्। केही महिना अगाडि उनले तारकब्रम्ह महायज्ञको आयोजना गरे। जुन महायज्ञमा अर्बौं पैसा संकलन भयो। तर त्यसको हिसाबकिताब भने सार्वजनिक गरेनन्। 

बालसन्तसँगको द्वन्द्व

२०५५ सालतिर नै चतरामा आश्रम बनाएर गुरुकूल पद्धतिबाट शिक्षण आरम्भ गरेर बसेका बालसन्तले कृष्णदासलाई चतरा ल्याएका थिए। दुवै मिलेर २०५९ सालमा महाकुम्भ पनि गरे। तर पछि दुवैबीच फाटो देखियो, जुन बढ्दै गएर पछिल्लो कुम्भसम्म आइपुग्दा बालसन्त एक्लै भए।

बालसन्तले आफूकहाँ आइरहने मान्छेलाई माया गरेर सँगै राखेको तर औंलो दिँदा डुडुँलो निल्न खोजेको केही महिनाअघि गरिएको महाकुम्भका बेला भनेका थिए। आफू कृष्णदाससँग आजित भइसकेको पनि बालसन्तको भनाइ थियो।

महाकुम्भपछि बालसन्तले २०६७ सालमा जगतगुरुको उपाधि पाए। त्यसपछि झन् कृष्णदास टाढिँदै गए। कृष्णदासको स्वभावलाई लिएर बालसन्तले दुःखेसो गर्दै आएका थिए। 

यस बीचमा कृष्णदासजीले पटकपटक भू–समाधि गरे। पोखरा तथा चतरामा ९ दिनसम्म जमिनमुनि विना अक्सिजन र केही नखाई गरेको भनिएको भूसमाधिले उनलाई चर्चित बनायो।

पछिल्लो समय महाकुम्भको लागि बालसन्त अभियान र प्रचारप्रसारमा रहेका समयमा कृष्णदासजीले अझ आक्रामक प्रचारका साथ चतरामै तारकब्रह्म महायज्ञ लगाए। नेपालका सहर–बजारका पोलमा उनको फोटोसहितको महायज्ञको प्रचार थियो भने राष्ट्रिय पत्रिकाहरुमा पूरा पेजका विज्ञापनहरु छापिएका थिए। धेरैले त महायज्ञलाई नै महाकुम्भको रुपमा समेत बुझे। 

तारकब्रह्म महायज्ञपछि भारतबाट आएका केही साधु सन्तहरुले कृष्णदासजीलाई जगतगुरु घोषणा गरे। त्यसमा बालसन्तले असन्तुष्टि जनाए। 

तारकब्रह्ममा बालसन्त सहभागी भएनन्। पछि महाकुम्भको उद्घाटनमै दुवैबीच अप्रत्यक्ष रुपमा भनाभनसमेत भयो।

सजिलै जगतगुरु नबनिने बताउँदै बालसन्तले भनिदिए, ‘काशीको विद्वत सभाले चार वर्षको मन्थनबाट मात्रै मलाई जगतगुरु बनाएको हो।’ अनि कृष्णदासजीले पनि भने, ‘देशभरका सन्त नजुटेको कुम्भ, कुम्भ नै होइन।’
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्