• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

हवाई क्षेत्रको विकास नहुँदासम्म अपेक्षाअनुसार पर्यटक ल्याउन सम्भव छैन

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  १४:०४
1140x725

नेपालको पर्यटन प्रतिस्पर्धी क्षेत्र भएकाले यसमा लगानी बढ्नु उत्साहजनक छ। अहिले भित्रिन थालेको वैदेशिक लगानीको ५० प्रतिशत पर्यटन क्षेत्रमै केन्द्रित छ। पर्यटन क्षेत्र स्वस्थ हुँदै गएको हो कि होइन भनेर बुझ्न यसलाई अन्य कोणबाट पनि हेर्नुपर्ने हुन्छ। बैंकिङ क्षेत्रबाट हेर्ने हो भने पनि जलविद्युतपछि पर्यटन क्षेत्रमा लगानी उल्लेख्य मात्रामा बढेको देखिन्छ। हामीले तयारी गरिरहेको भ्रमण वर्षको पनि मुख्य उद्देश्य पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो। 

अहिलेको देशको आवश्यकता रोजगारी वृद्धि हो। नेपाली युवाले स्वदेशमै काम पाउनुपर्छ। हामी रेमिट्यान्सलाई प्राथमिकता दिएर बसिरहेका छौं। रेमिट्यान्स एउटा पाटो भयो, यसको अर्को पाटो नेपालीले गरेको संघर्ष र विदेशबाट बाकसमा फर्किएकातर्फ ध्यान दिइएको छैन। यसलाई विचार नगर्दा र रेमिट्यान्सलाई मात्रै हेर्दा वैदेशिक रोजगारीकै कारण विपन्न परिवारमा एउटा एउटा दियो निभ्दै गइरहेको छ। 

अहिले नेपालले मनाइरहेको भ्रमण वर्षको खासै ठूलो लक्ष्य र महत्व छैन। यसको उद्देश्य पर्यटन क्षेत्रमा नयाँ लगानी ल्याउने र यसकै माध्यमबाट रोजगारी बढाउने भन्ने हो। जसले गर्दा नेपालमा विदेशी लगानी आओस् र बाहिरिने युवाले यहीँ रोजगारी पाऊन् भन्ने हो। 

कुन–कुन क्षेत्रमा लगानी ल्याउने भन्ने विषयमा भने सर्वप्रथम सरकारले स्पष्ट अवधारणा ल्याउनुपर्छ। कस्तो लगानी कहाँ ल्याउने भनेर सरकारले नीतिगत व्यवस्था गरेर सोही अनुसार सहजीकरण गर्नुपर्छ। सरकारले दिन्छौं भनेर आश्वासन दिएर मात्रै हुँदो रहेनछ। सहजीकरण पनि गर्नुपर्ने रहेछ। सरकारले नै यसका लागि उपयुक्त नीतिगत व्यवस्था वा कानुन बनाएर आउनुपर्छ। निजी क्षेत्रले धेरै समय पर्खिसकेको छ। हामीले धेरैवटा सरकार हेरिसकेका छौं। पटक–पटकका सरकारले ‘लगानी भित्र्याउँछौं, हाम्रो नीति राम्रो छ’ भनिरहेको छ। केही हदसम्म यसलाई स्वीकार गर्न सकिन्छ पनि, तर पर्यटन पूर्वाधारमा आउने दीर्घकालीन लगानीलाई भने विशेष प्रोत्साहन दिन जरुरी छ। अहिले नेपाल सरकारले हेर्नुपर्ने विषय पर्यटकलाई कसरी सुविधा दिने र नेपालमा आकर्षित गर्ने भन्ने नै हो।

पहिलो प्राथमिकता वायुसेवा निगमको सुधार

सरकारले सबैभन्दा पहिले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सुधार्नुपर्छ। निगमको निजीकरण गर्ने हो कि अझै सरकारी लगानी गरेर सुधार गर्ने हो, सरकारले निर्णय लिनुपर्छ। नेपाल भूपरिवेष्ठित मुलुक भएकाले यहाँ पर्यटक आउने हवाईजहाजबाटै हो। जबसम्म नेपालमा हवाई क्षेत्रको विकास हुँदैन तबसम्म अपेक्षाअनुसार पर्यटक ल्याउन सकिन्न। नेपालको राष्ट्रिय ध्वजाबाहकको निजीकरण गर्ने वा सरकारी लगानीमा थप व्यवस्थित बनाउने वा विदेशी व्यवस्थापनलाई दिने भन्ने निर्णय तत्कालै गर्नुपर्छ। यसलाई जबसम्म सुधार गर्न सकिन्न, तबसम्म हामीले पर्यटक बढाउन सक्ने आधार देखिँदैन। निगमको सुधारबाटै नेपालमा पर्यटक बढ्ने सम्भावना देखिन्छ । हरेक मुलुकमा पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजाबाहको निकै ठूलो भूमिका हुन्छ। जस्तोः थाइल्यान्डमा थाई एयरवेजको भूमिका निकै धेरै छ। भियतनाम, लाओस, कम्बोडियामा पनि सरकारी वायुसेवाको भूमिका उल्लेख्य छ। त्यसैले नेपालले पनि वायुसेवा निगमलाई मजबुत नबनाएसम्म पर्यटक बढाउन सक्ने देखिँँदैन।

विमानस्थल पूर्वाधारमा सुधार

हाम्रो विमानस्थलको अवस्था पनि सुधार्नुपर्छ। अहिले पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विमानस्थलको अवस्था दुःखलाग्दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार भइरहे पनि योजना अनुसारको काम भएको छैन। अहिलेसम्म धावनमार्ग विस्तार भइसकेको, नयाँ अन्तर्राष्ट्रिय यात्रु प्रस्थान कक्ष तयारी भइसकेको, पार्किङसहितका आवश्यक पूर्वाधार तयार भइसकेको र विमानस्थलको सौन्दर्यीकरण भइसकेको हुनुपर्ने थियो। तर भएको छैन। सरकारले भएका विमानस्थलको सुधार गर्ने र नयाँ बनाउने काम समयमै सम्पन्न गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चिनियाँ लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल सन् २०२१ मा बनिसक्छ भन्ने छ। भैरहवाको गौतमबुद्ध विमानस्थल पनि आगामी मार्चसम्ममा तयार हुन्छ भन्ने छ। यसले पर्यटक भित्र्याउन सहयोग पुर्‍याउँछ। यो विमानस्थल सञ्चालन गर्न सोही अनुसारको प्रबन्ध सरकारले मिलाउनु पर्छ। सरकारले सेवा र सुविधा दिएर पर्यटक ल्याउने आधार बनाउन विमानस्थललाई अझै सुधार गर्नुपर्ने अवस्था छ। नेपाली संस्कार अनुसार नमस्ते गरेर सम्मानका साथ भित्र्याउनुपर्ने पर्यटकलाई विमानस्थलमा जुत्तामोजा खोलेर, पेटी, पर्स निकालेर र दुःख दिएर भित्र्याइन्छ। यो साह्रो दुःखलाग्दो कुरो हो। संसारमै नभएको र नेपालमा मात्रै भएको यस्तो व्यवस्थाले पर्यटकलाई निरुत्साहित गर्छ। यसलाई तत्कालै सुधार गर्नुपर्छ।

पर्यटनमा विविधता

पर्यटनमा निजी क्षेत्रबाट लगानीकोे सम्भावना प्रशस्त छ। लगानी भित्रिइरहेको पनि छ। तर हामीलाई जति चाहिएको हो, त्यो छैन। त्यसैले हामीले भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी पर्यटन लगानी सम्मेलन आयोजना गर्दैछौं। यसमा विश्व बैंकसँग सहमति भएको छ। लगानी बोर्डसँगको सहकार्यमा सातै प्रदेशलाई सहभागी गराएर सम्मेलन आयोजना गरिँदैछ। सातै प्रदेशलाई समेटेर ती प्रदेशबाट लगानी प्रस्ताव गरिएकै पूर्वाधारका आयोजना अगाडि बढाउने गरी तयारी भइरहेको छ। रोड शो पनि गरिरहेका छौं। यसपालि पर्यटन लगानी सम्मेलनमा सातै प्रदेशलाई समेटेर, सम्भावित क्षेत्रमा लगानी भित्र्याउने प्रयास हुँदैछ। 

प्रदेश १ मा कञ्चनजंघा, अरुणभ्याली, धनकुटाका गुराँस, इलामको चिया, विराट धार्मिक महत्वसहितका सम्भावना छन्। त्यहाँ पुग्नचाहिँ निकै गाह्रो छ। यी क्षेत्रलाई समेटेर पर्यटकीय प्रडक्ट बनाउन सकिन्छ। यसलाई प्रवद्र्धन गर्न क्षेत्रीय विमानस्थल पनि आवश्यक छ। अहिले भइरहेको काठमाडौं तथा निर्माणधीन  भैरहवा, पोखरा विमानस्थलले १ नम्बर प्रदेशको पर्यटन विकासमा योगदान गर्ने अवस्था छैन। हामीलाई सो क्षेत्रमा एउटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ। 

Xtrem

Xtrem

प्रदेशमार्फत यो विषयमा आवश्यक प्रस्ताव अगाडि बढाइँँदै छ। विमानस्थल भएपछि पर्यटक आउने आधार बन्छ भने निजी क्षेत्र लगानीका लागि तयार हुन्छन्। होटल, रेस्टुरेन्ट, रोप–वेसहित पर्यटकलाई चाहिने आतिथ्यताको विकास आफैं हुन्छ। हामीले यसलाई क्यास कसरी गर्ने भन्ने हो। जस्तोः अहिले पाथिभरामा किन रोप–वे भएन, केबलकारको आवश्यकता किन महसुस भइरहेको छैन भन्दा कसलाई लाने भन्नेमा निर्भर हुन्छ । जाने मान्छे हुँदा र आवश्यकता महसुस भएपछि पाथिभरामा यी साधनको विकास हुन्छ । मनकामना केबलकार स्थापना भएको यति लामो समयम्म पनि किन अन्त यस्तै प्रकारको संरचना विकास भएन भन्दा त्यो आवश्यकताले निर्धारण गर्ने कुरा हो। 

पर्यटकीय पूर्वाधारमा लगानी जुटाउन सम्मेलन

अहिले हामीले गर्न लागेकोे लगानी सम्मेलनले पनि आवश्यकता औंल्याउने र सम्भावनाका क्षेत्रलाई पहिचान गरेर जाने हो । लगानीको सम्भावना देखाउने र पहिचान गर्ने काम सम्मेलनले गर्छ । नेपालको पर्यटनमा सम्भावना के छ, सरकारीले नीतिगत सुधारमा के गर्नुपर्छ भन्नेसहितको विषयमा हामीले अध्ययन गराइरहेका छौं। अध्ययनको पहिलो खाका पनि तय भइसकेको छ। नेपालकै कम्पनीबाट तयार पारिएको यो प्रतिवेदनपछि अब हामी सातै प्रदेश, सम्बन्धित सरोकारवाला निकायसहितका अन्तरमन्त्रालय छलफलबाट अन्तिम खाका बनाउने र सरकारसमक्ष के गर्नुपर्छ भन्ने प्रतिवेदन पेश गर्छौं।

यो सम्मेलनमा हामीले सम्भाव्य आयोजनाको मात्रै अपेक्षा गरेका छौं। सातै प्रदेशबाट कम्तीमा चारवटा योजना हामीले मागेका छौं। निजी क्षेत्रका योजनालाई पनि खुला गरेका छौं। हामीले सार्वजनिक–निजी साझेदारीका योजनालाई प्राथमिकता दिएर अगाडि जानेछौं। अहिले लगानीका लागि समस्या भनेकै जग्गा हो। यसको एउटा उदाहरणका रूपमा भैरहवा छ । निर्माण भइरहेको विमानस्थल, बाटो र अन्य कारणले सो क्षेत्रको जग्गाको मूल्य अत्यधिक बढेको छ । पर्यटन उद्योग खोल्न त्यसरी जग्गा किनेर सकिँदैन । 

सातै प्रदेशमा पर्यटन पार्क 

हामीले सरकारसँग सातै प्रदेशका लागि पर्यटकीय प्रडक्ट विकास गर्नुपर्‍यो भनेका छौं । अहिलेका लागि सातै प्रदेशमा ‘टुरिजम पार्क’ हुन सक्छ । यो अवधारणा लिएर हामी अगाडि बढेका छौं। पार्कमा नेपाल सरकारले २–३ सय बिघा जग्गा उपलब्ध गराइदिनुपर्छ। त्यसका लागि पर्यटन विकास गर्न अवाश्यक पूर्वाधार पनि सो ठाउँसम्म पुग्नुपर्छ। पार्कभित्र पर्यटकलाई चाहिने सबै आवश्यक पूर्वाधार राख्न सकिन्छ। त्यहाँभित्र, होटल रेस्टुरेन्ट, सपिङ सेन्टर, स्थानीय उत्पादनका सामग्री बिक्री गर्नेदेखि एकै स्थानमा सबै पर्यटकीय गतिविधि हुन सक्छ। यसले गर्दा लागत घट्ने र लगानी आउने सम्भावना बढ्छ । यसले पर्यटनमा सकारात्मक सन्देश जान सक्छ । यसमा नेपाल सरकारले सहयोग पनि गर्नुपर्छ । 

योगा पर्यटनमा लगानी

अर्को विषय प्रदेश ३ मा केही ठूलो कार्यक्रम गर्नुप¥यो भने ठाउँ छैन। काठमाडौंकेन्द्रित कुनै कार्यक्रम गर्नुप¥यो भने टुडिँखेलमा गर्नुपर्ने अवस्था छ । कुनै कार्यक्रम वा योगा गर्नुपर्दा ठाउँ छैन। ठूला कार्यक्रमका लागि टुँँडिखेलको विकल्पमा हामीले पशुपति क्षेत्रको पाँच सय बिघा जग्गा छुट्ट्याउन सरकारलाई आग्रह गरिरहेका छौं। यो जग्गा पशुपति क्षेत्र विकास कोषकै हुन्छ तर निजी क्षेत्रको लगानीमा पूर्वाधार बनाउन सकिन्छ । यहाँ मेडिटेसन तथा योगा सेन्टर विकास गर्न सकिन्छ । शव लैजाने र जलाउने मात्रै पशुपतिको महत्व हुँदै होइन । यसको महत्व त हामीले दर्शाउन नसकेको हो। पशुपतिको विकासमा हामीले ज्ञान, अध्यात्म वा सिकाइ केन्द्र खोलेर योगदान गर्न सक्छौं । यसले पर्यटनको लागि ठूलो सहयोग पु¥याउन सक्छ । यस्ता योजना पनि हामी अगाडि बढाउने तयारीमा छौं। 

शिख पर्यटनमा सम्भावना

हामीले इतिहास पल्टाएर हेर्ने हो भने शिख धर्मावलम्बीका गुरु नानक नेपाल आएको पाइन्छ। नेपालमा पनि शिख पर्यटक प्रवद्र्धन गर्न गुरु नानकसँग जोडेर अगाडि सार्न सकिन्छ । यसको शिख पर्यटकमा ठूलो महत्व छ । धेरै धार्मिक पर्यटक ल्याउन यसले सहयोग गर्छ । हामीले प्रडक्ट बनाएपछि केही न केही त धार्मिक हिसाबले पर्यटक बढाउन सकिन्छ । गुरु नानक बसेको ठाउँमा प्रवेशद्वार बनाउने र यसको महत्व दर्शाउने विषयसहित जोडेर यसलाई एउटा पर्यटकीय प्रडक्ट बनाउन र लगानी गर्न सकिन्छ । हामी आग्रामा ताजमहल नभएको भए त्यहाँ जादैनथ्यौं। ताजमहलले आग्रामा पर्यटक तानेको हो। त्यसैले हामीले पनि पर्यटक आकर्षित गर्न प्रडक्ट अहिले नै विकास गरेर लगानीका निम्ति आह्वान गर्ने हो। 

यसैगरी, प्रदेश २ मा जैन धर्मावलम्बी धेरै छन्। यो धर्म मान्नेमा सामान्यदेखि निकै धनी व्यक्तिसम्म छन् । २४ भगवानमध्ये एकचाहिँ नेपालमै जन्मिएको र त्यो प्रदेश २ मै पर्छ भन्ने धार्मिक विश्वास छ। यो स्थानमा यसलाई स्थापित गराउन मुख्यमन्त्रीसँग कुरा भइरहेको छ। जग्गा उपलब्ध भयो भने जैनको राम्रो मन्दिर बनाएर प्रवद्र्धन गर्न सकिन्छ। तीर्थयात्री आउँदा बस्ने, खाने, पूजा गर्ने ठाउँ चाहिन्छ। यसको विकास आफैं हुन्छ। यसले गर्दा पर्यटनमा थप लगानी भित्र्याउने आधार बन्छ । 

धार्मिक पर्यटनलाई ब्रान्डिङ गर्नुपर्छ

भ्रमण वर्ष २०२० को सफलताको एक पाटो धार्मिक पर्यटन नै हो । नेपालको ब्रान्डिङ गर्न र पर्यटक भित्र्याउन महत्ववपूर्ण क्षेत्रलाई हामीले प्रवद्र्धन गर्नुपर्छ । होटल, रेस्टुरेन्ट भन्ने विषय पर्यटनको विकाससँगै आफैं हुने कुरा हो । हामी अहिले रारामा पर्यटक लैजाने विषयमा बहस गरिरहका छौं । कर्णाली प्रदेशको यो गन्तव्यमा पर्यटक जाने आधार के छ त ? कर्णाली प्रदेशमा छुट्टै विमानस्थल हुनुपर्छ । देशको सबैभन्दा सुन्दर तर बाटोघाटो नभएको ठाउँ कर्णाली हो । त्यहाँ पर्यटक लैजान निजी क्षेत्रलाई ‘लगानी गर’ भनेर भन्दैमा लगानी आउँदैन । यसका लागि सबैभन्दा पहिले त्यहाँ पुग्ने पूर्वाधारको विकास सरकारले गर्नुपर्छ । कर्णाली प्रदेश र निजी क्षेत्र मिलेर एयरलाइन्स खोल्न सकिने प्रस्ताव पनि अगाडि सारिएको छ। 

निजी क्षेत्र आकर्षित गर्ने योजना

नेपालमा उद्योग, व्यवसाय गर्दा लाग्ने लागत बढी छ। सरकारी नीतिमा विशेष सहुलियत भन्ने छैन। विदेशमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न विशेष नीतिगत व्यवस्था हुन्छ। सुरुको चरणमा सहयोग पनि चाहिन्छ। नेपालमा त बारम्बार सरकार परिवर्तन भइरहन्छ। कर्मचारीतन्त्रमा अस्थिरता छ, जसले लगानीकर्तालाई आकर्षित गर्दैन। लगानी किन आएन भन्नेमा सरकारले गम्भीर भएरै सोच्नै सकेको छैन। लगानी ल्याउन कम से कम सुरुआती चरणमा केही त दिनुप¥यो नि । जस्तो सुदूरपश्चिममा लगानी गर्छु भन्नेलाई यो कारणले लगानी गर्नुस् भनेर भन्न सक्नुपर्छ। काठमाडौैंमा होटलै होटल छन्, त्यसलाई बाहिर जानुस् किन भन्न सकिएको छैन ? रारा, खप्तडसहितका क्षेत्र निकै राम्रो पर्यटकीय गन्तव्य हुन् तर त्यहाँ पूर्वाधार नै छैन कसरी जाने ? सरकारले कि पूर्वाधार पु¥याइदिनुप¥यो कि भने सहजीकरण गर्ने बाटो बनाइदिनुपर्‍यो। 

भ्रमण वर्षमा सरकारले अरु केही हेरिदिनु पर्दैन, पूर्वाधार मात्रै सुधार गरे पुग्छ । अहिले धुलिखेल, नगरकोट, पोखरा जहाँ गए पनि सडक निकै कमजोर छ। पर्यटकलाई त्यो स्थानमा पु¥याउनै सास्ती। यसलाई सहजीकरण गर्नुपर्छ र पर्यटनमा लगानी प्रवद्र्धन गर्नुपर्छ भन्ने हो।  

सरकारको मार्केटिङ रणनीति नै छैन। अहिले मलेसियाबाट दैनिक पाँचवटा जहाज आउँछन् । तर त्यो मुलुकबाट हामीले पर्यटक ल्याउने गरी रणनीति नै बनाउन सकेका छैनौं । सिधा हवाई सम्पर्क भए पनि पर्यटक तान्न हामीले बजारीकरण गर्न सकेका छैनौं । पर्यटनको प्रवद्र्धन र बजारीकरणका लागि हामीले विभिन्न देशमा रहेका नेपाली दूतावाससँग सहकार्य गर्न सक्छौं।  

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ। अहिले पर्यटक बढी आउने देशका भाषा सिकाउने, पर्यटनमा बढीभन्दा बढीलाई सहभागी गराउने, रोजगारी बढाउने रणनीति चाहिन्छ। नेपालमा पदयात्रा व्यवसायीले बेच्ने प्रडक्ट पनि निजी क्षेत्रले निकै कममा बेचिरहेको छ। सस्तोमा प्याकेज बेच्ने काम भइरहेको छ। खुला प्रतिस्पर्धा भनेर सस्तोमै पर्यटकलाई प्रडक्ट बेच्नुपर्छ भन्ने छैन। हरेकले कम्पनी खोल्दै जाने तर पर्यटकीय सेवाको स्तर नहुने हो भने त्यसले पर्यटन क्षेत्रको विकासलाई स्थायित्व दिन सक्दैन। 

नेपालमा लगानी विविधता गर्ने गरी प्रडक्ट पनि आवश्यक छ। हामीले पहिलो फोकस धार्मिक पर्यटनमा गर्नुपर्छ । साहसिक पर्यटन, वाइल्डलाइफ (वन्यजन्तु पर्यटन), सांस्कृतिक र नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ । हामीकहाँ भएकै सम्भावनालाई थप प्रवद्र्धन गर्ने, प्रडक्ट बनाएर प्रवद्र्धन सके अब पदयात्रा, पर्वतारोहण र सिटी टुर (सहर यात्रा) मा मात्रै केन्द्रित हुनु पर्दैन ।

(नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिक प्रकाशन अर्थनीतिबाट साभार)
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्