• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अन्यत्र लगानीको अवसर खुम्चिँदैछन्, नेपालले त्यसको फाइदा लिनुपर्छ– अर्थमन्त्री

64x64
नेपाल लाइभ आइतबार, मंसिर १५, २०७६  १४:३७
1140x725

नेपालमा लगानीको अवसरको कुरा गर्दा निरपेक्षरुपमा गर्नु हुँदैन। विश्व अर्थतन्त्रमा आइरहने उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएका पछिल्ला परिदृश्यलाई पनि सँगसँगै लैजानुपर्छ। नेपालसँगै लगानीका लागि प्रतिस्पर्धा गरिरहेका मुलुकहरुको आर्थिक स्थिति र मुलुकभित्र सिर्जना गरिएका लगानीका वातावरणहरुलाई मिहिन ढंगले हेर्नुपर्छ। 

सन् विश्वमा १९८० वा सन् १९९० तथा त्यसपछिको दशमा विश्वमा जति प्रत्यक्ष विदेशी लगानी हुन्थ्यो, अहिले त्यो लगानी क्रमशः घट्दै गएको छ। लगानीको क्षमता ठूलो भएका मुलुकले अर्को ठूलो मुलुकमा गर्ने लगानी घट्दै गएको हो। तर, लगानीका संभावना प्रचुर भएका साना मुलुकहरुमा लगानीका अवसर घटेका छैनन्। कतिपय मुलुकहरुमा लगानी बढ्दै गइरहेका छन्। समग्रमा प्रत्यक्ष विदेशी लगानीको अब ठूलो संभावना रहेन भनिरहँदा जहाँ लगानी र प्रतिफलको ठूलो संभावना छ, त्यस्ता मुलुकमा यी कुराहरु लागू हुँदैनन् भनेर बुझ्नुपर्छ। 

आन्तरिक र बाह्य लगानीको संभावना
अहिले समग्रमा विश्वमा प्रत्यक्ष विदेशी लगानीको प्रतिफल दर ८/९ प्रतिशत भन्दा धेरै छैन। तर त्योभन्दा बढी प्रतिफल दर दिने मुलुकहरु लगानीका लागि स्वतः लगानीका लागि आकर्षक गन्तव्य हुन्छन्। यसमा नेपाल पनि पर्छ। विश्वमा आर्थिक गतिविधिमा शिथिलता देखिनु भनेको अन्यत्र लगानीका अवसर खुम्चँदैछन् भन्ने हो। नेपालले यसको लाभ पनि प्राप्त गर्न सक्दछ। यसले नेपालमा आउन सक्ने लगानी वृद्धि गर्न पनि सहयोग गर्दछ। त्यसो भएको हुनाले जुन मुलुकमा लगानी र प्रतिफलको संभावना उच्च भएको बेलामा नेपालले प्रतिस्पर्धा गर्न नसकेकै कारण यहाँ बाह्य लगानी कम भएको थियो। तर अहिले त्यसको ठीक उल्टो अर्थात् बाह्य लगानी आकर्षित गर्ने अनुकुल वातावरण नेपालमा छ।

कच्चा पदार्थ आयात गरेर वस्तु उत्पादन गरी निर्यात गर्ने तहमा नेपाल नहुन पनि सक्छ। भौगोलिक सिमाका कारण नेपालले त्यो सुविधा प्राप्त नगर्न सक्छ। केही हलुका वस्तुमा प्रतिस्पर्धी बन्न सकिए पनि भारी वस्तुमा त्यो अवसर छैन। त्यो भएको हुनाले औषधि उद्योग र कपडाजन्य उद्योगलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको हो। हस्तकलाका अन्य क्षेत्रहरुमा नेपालमा प्रसस्त अवसर छन्। गलैँचा, पश्मिना र बहुमूल्य पत्थरका गहनामा नेपालले धेरै काम गर्न सक्ने अवसर छ। 

आन्तरिक लगानी विस्तारका सन्दर्भमा केही कुराहरु गर्नुपर्ने हुन्छ। आन्तरिक लगानीको कुरा अघि बढाउँदा सबैभन्दा पहिले लगानीका संभाव्य क्षेत्रहरुको पहिचान आवश्यक हुन्छ। कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाएर अघि बढ्नुपर्छ। ती क्षेत्रमा लगानीको प्रतिफल दर र लगानीका लागि आवश्यक स्रोत कहाँबाट उपलब्ध हुन्छ त्यो पनि हेर्नुपर्छ। लगानीको सुनिश्चितता र प्रक्रियागत जटिलता एवं समस्या कसरी हल हुन सक्छन् भन्ने कुरा पनि महत्वपूर्ण नै भएर आउँछ। 

आन्तरिक बजार, क्षेत्रीय बजार र अन्तर्राष्ट्रिय बजारको हिसाबले नेपालमा लगानीका संभाव्य क्षेत्रहरु हेर्नुपर्ने हुन्छ। आन्तरिक बजार विस्तार हुँदैछ। नागरिकहरुको खर्च योग्य आय १५/१६ प्रतिशतले बढेको छ। यसको अर्थ १५/१६ प्रतिशतले आन्तरिक माग नै बढ्ने भयो। आन्तरिक मागलाई संकुचित गर्ने गरी करका दरहरु परिवर्तन भएका छैनन्। त्यो हिसाबले औद्योगिक र सेवा क्षेत्रको अवसरले त्यो मागको अवसरको फाइदा लिन सक्दछ। नेपालीहरुको अहिलेको प्रतिव्यक्ति खर्च योग्य आय (डिस्पोजेबल इन्कम) हिसाबले औद्योगिक र सेवा क्षेत्रका उत्पादनको माग गर्न सक्ने छ। 

संभावनाको पहिलो क्षेत्र कृषि
नेपालीहरुको उपभोगको संरचनात्मक परिवर्तन पनि भइरहेको छ। नेपालीको उपभोग शैलीमा देखिएको संरचनात्मक परिवर्तनलाई सम्बोधन गर्ने गरी लगानी खोजिएको छ। कृषिमा गरिने विगतको लगानी र अहिलेको लगानीमा नै फरक देखिन थालेको छ। अन्नमा लगानी गर्ने भन्ने बित्तिकै एउटा व्यक्ति वा परिवारले गर्ने लगानी भनेर हेरिन्थ्यो। नेपालीको खाने बानी र वस्तु त्यही किसिमका थिए। नेपालीले उपभोग गर्ने वस्तुमा ७० प्रतिशत अन्नबाली हुन्थ्यो भने बाँकी हिस्सा फलफूल, तरकारी र दुधजन्य वस्तु थिए। अहिले परिस्थिति परिवर्तन भएको छ। नेपालीहरुको खानामा दुधजन्य उत्पादन, फलफूल, हरिया तरकारी र अन्य परिकार हुन थालेका छन्। खानामा सचेतना र स्वस्थताको खोजीले केही परिमार्जन गरेको छ। 

नेपालमा व्यावसायिक कृषिको ठूलो संभावना छ। जुन संभावना दक्षिण एसियामा प्रतिस्पर्धा गर्न सकिने किसिमको छ। भौगोलिक विविधताका कारण नेपालले दक्षिण एसियाका सबै मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछ। उनीहरुको देशका लागि बेमौसमी हुने किसिमका ताजा फलफूल तथा तरकारी उत्पादन गरेर बेच्न सकिन्छ। नेपालले जैविक (अर्गानिक) वा अजैविक (नन् अर्गानिक) तरकारी तथा फलफूल उत्पादन गरेर बेच्ने सामथ्र्य राख्दछ। यसले व्यावसायिक कृषिमा लगानीको प्रसस्त संभावना रहेको देखाउँछ। कृषि उत्पादनबाटै क्षेत्रीय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सकिन्छ। मध्यपूर्वमा हरियो तरकारीको बजार विस्तारको संभावना छ। त्यसैगरी पछिल्ला चरणमा भएका सम्झौताअनुसार फलफूलको बजार पनि विस्तार गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कृषि भनिरहँदा तरकारी, फलफूल, पशुजन्य र वन तथा जडिबुटीजन्य वस्तुहरुलाई पनि हेर्नुपर्छ। यसमा अथाह संभावना छ। भूगोल र जलवायुले नेपाललाई यो संभावना दिएको हो। यसमा नेपालले अन्य मुलुकसँग धेरै प्रतिस्पर्धा गर्नै पदैन। यो क्षेत्रमा धेरै ठूलो लगानीको आवश्यकता पनि पर्दैन। लगानीका केही जोखिम छन्। ती जोखिमको व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्छ। 
औद्योगिक उत्पादन र लगानी

सरकारले औद्योगिक वस्तुहरुमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ। नेपालले प्रतिस्पर्धात्मकता कायम राखेर थोरै मात्रै संरक्षण दिएर ती औद्योगिक उत्पादनको विकासको लक्ष्य राखिएको हो। नेपालमा औषधिजन्य उत्पादनका लागि आवश्यक पर्ने प्राथमिक कच्चा पदार्थ उपलब्ध छन्। चाहे त्यो आयुर्वेदिक औषधि हास् वा एलोपेथिक औषधि होस्, त्यस्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नेपालमा उपलब्ध छन्। औषधिजन्य वस्तुमा नेपालबाट निर्यातको संभावना भएकाले यस्ता उद्योग विस्तारको संभावना प्रसस्त छ। 

नेपालले संभावना हेर्ने अर्को क्षेत्र भनेको धागोजन्य उद्योग हो। रेशम, कपास, ऊनसँग सम्बन्धित उत्पादनमा लगानीको संभावना छ। चाहे त्यो हातले बनाइएका हुन् वा मेसिन प्रयोग गरिएको होस्, त्यस्ता उद्योग विस्तारको अवसर नेपालमा छ। यो उत्पादनका लागि कच्च पदार्थको अधारदेखि प्रशोधन र निर्यातसम्ममा नेपालका लागि तुलनात्मक लाभ प्राप्त गर्न सकिन्छ। यो उद्योगलाई निर्यातको तहसम्म जान सक्ने संभावना नेपालमा छ। मुलुकभित्रै कतिपय वस्तु उत्पादनर गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा नेपाल विश्वस्त छ। अहिले नै ठूला–ठूला उद्योगहरु नेपालमा आइहाल्छन् भन्ने होइन। आयात भइरहेका औद्योगिक वस्तुहरु हुन् वा प्रशोधित कृषि पदार्थहरु हुन् ती सबैमा लगानी र उत्पादन वृद्धि गर्ने संभावना नेपालमा छ। 

कच्चा पदार्थ आयात गरेर वस्तु उत्पादन गरी निर्यात गर्ने तहमा नेपाल नहुन पनि सक्छ। भौगोलिक सिमाका कारण नेपालले त्यो सुविधा प्राप्त नगर्न सक्छ। केही हलुका वस्तुमा प्रतिस्पर्धी बन्न सकिए पनि भारी वस्तुमा त्यो अवसर छैन। त्यो भएको हुनाले औषधि उद्योग र कपडाजन्य उद्योगलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको हो। हस्तकलाका अन्य क्षेत्रहरुमा नेपालमा प्रसस्त अवसर छन्। गलैँचा, पश्मिना र बहुमूल्य पत्थरका गहनामा नेपालले धेरै काम गर्न सक्ने अवसर छ। 

Xtrem

Xtrem

बहुमूल्य पत्थरमा लगानीको क्षेत्रमा नेपालमा लगानीका लागि आव्हान गर्न सकिन्छ। सरकारले फलाम खानी स्थापनाको प्रक्रिया अघि बढाइसकेको छ। त्यसमा निजी क्षेत्रलाई नै सहभागी गराउने हो। खानीजन्य उद्योग, त्यसमा पनि फलाम खानीमा अलिकती संभावना देखिन्छ। पेट्रोलियमको सर्वेक्षण भइहरेको हुनाले यस विषयमा अहिले नै धेरै कुरा नभनौँ। तर खानीका अन्य क्षेत्र र बहुमूल्य पत्थरमा धेरै संभावनाहरु छन्। 

सेवा क्षेत्रमा अवसर
सेवा क्षेत्रमा नेपालमा लगानीको संभावना धेरै भएका दुई/तीनवटा क्षेत्र छन्। पहिले त वित्तीय क्षेत्र लागनीका लागि सजिलो क्षेत्र थियो। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु स्थापना भए। उनीहरुले राम्रो प्रतिफल पनि प्राप्त गरेका छन्। इक्विटी (स्वपुँजी) शत प्रतिशतसम्म प्रतिफल प्राप्त गर्ने वित्तीय संस्था पनि यहीँका भए। अहिले पनि ७०/८० प्रतिशतसम्म प्रतिफल लगेको देखिएको थियो। नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरको अन्तर (स्प्रेड दर) तोकिदिएपछि त्यो दर अलि कम भयो। त्यसैले वित्तीय प्रणालीका नयाँ क्षेत्रहरुमा लगानीको संभावना अझै पनि छ। भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेजिङ सुविधा र पुनर्बीमामा लगानीको अझै पनि संभावना छ। ठूला पूर्वाधारमा लगानी गर्ने गरी नेपाल प्रवेश गर्न सक्ने संभावना अझै पनि छ। सहरी पूर्वाधारमा लगानीका लागि वित्तीय सेवा दिन सक्ने ठाउँहरु पर्याप्त छन्। 

वित्तीय क्षेत्रभन्दा बाहिर गएपछि नेपालमा अर्को संभावना भनेको पर्यटन हो। अहिले विमानस्थल र वायुसेवाको सीमितताले मात्रै केही समस्या पारेको हो। यो अवस्था सहज हुने हो भने नेपाललाई २०/३० लाख पर्यटक भित्र्याउन ठूलो दुःख गरिरहनु पर्दैन। छिमेकका दुईवटा मुलुकबाट अन्तरआवद्धता (कनेक्टिभिटी) बढाउने र चीन सरकारसँग भएको सहमति कार्यान्वयन गर्ने तथा भारतमा नेपालले पाएको सिट क्षमता उपयोग गर्ने हो भने पर्यटन क्षेत्रको विस्तारमा समस्या छैन। वैकल्पिक विमानस्थल निर्माण हुने बित्तिकै त्यस क्षेत्रमा जाने पर्यटकका लागि होटलमा लगानी गर्न सकिन्छ। पोखार, लुम्बिनी तथा भैरहवालगायतका क्षेत्रमा लगानीका लागि अवसर छन्। जहाँबाट अन्तर्राष्ट्रिय उडान हुँदैछन्, त्यहाँ ठूला होटलहरु आवश्यक छन्। रामेछापमा सडकमै पर्यटक बस्नुपरेको अवस्थाले पनि त्यस्ता ‘हब’ र ‘कनेक्टिङ पोइन्ट’मा होटल क्षेत्रमा लगानीको अवसर रहेको देखिन्छ। अहिले काठमाडौंमा रहेका होटलहरु खुल्ने बित्तिकै ६०/७० प्रतिशत अकुपेन्सी छ। होटलको अकुपेन्सी दर भनेको त्यती नै हो। यसले उनीहरुले राम्रो काम गरिरहेको देखिन्छ। 

होटल मात्रै नभइ पर्यटनका अन्य क्षेत्रमा पनि लगानी विस्तारको संभावना प्रसस्त। साहसिक पर्यटन, उच्चस्थानमा हुने खेलकुदहरु, त्यस्ता ठाउँमा फिल्म सुटिङ गर्नेदेखि अन्य क्षेत्रमा पनि लगानी गर्न सकिन्छ। पर्यटनका बहुपक्षीय क्षेत्रहरुमा लगानीको प्रसस्त संभावना देखिएको छ। पर्यटन अब होटल हो भन्ने विषय मात्रै रहेन। पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण पक्षहरुमा कयौँ गुणा लगानी बढाउन सक्ने संभावनाहरु रहेका छन्। पर्यटन क्षेत्रमा गरिएको लगानीबाट लाभ लिन जलविद्युतको जस्तो पाँच/सात वर्षसम्म पर्खिनु नै पर्दैन। कुनै क्षेत्रको ‘गेस्टेसन पिरियड’ दुई/तीन वर्षको हुन्छ। बढि भएमा पाँच वर्षदेखि त आम्दानी उठ्न थालिहाल्छ। त्यसो भएको हुनाले मध्यकालमै आम्दानी लिनका लागि यो क्षेत्र उपयोगी हुन सक्छ। पर्यटनसँग सम्बन्धि शिक्षा क्षेत्रमा लगानीको अवसर नेपालमा छ। 

करका झन्झट घटाउनुपर्ने छ। प्रविधिको प्रयोगबाट सेवा दिने विषयलाई अझै व्यवस्थित र सरल बनाउनुपर्ने छ। कम्पनी दर्ता हुनेदेखि बन्द गर्ने विन्दूसम्ममा प्रशासनिक झन्झट कम हुने गरी सलीकृत सेवा दिनुपर्नेछ। निर्यात गर्नेहरुले ४० वटा जति हस्ताक्षर जम्मा गर्नुपर्ने व्यवस्थालाई सहज बनाएर अघि बढ्नुपर्छ। निर्यातकर्तालाई दिइने कर फिर्ता सुविधा सरल बनाउनुपर्छ। नेपाली उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा भन्सार विन्दूमै सुविधा दिइनुपर्छ। 

पर्यटन उद्योगसँग सम्बन्धी तालिम दिने संस्थाहरु, शिखर आरोहण अध्यापन गर्ने कलेज र पर्यटन शिक्षासँग सम्बन्धी क्षेत्रमा काम गर्न सकिन्छ। यसबाहेक समग्र प्राविधिक शिक्षामा पनि नेपालमा लगानी गर्न सकिन्छ। विश्वस्तरीय प्राविधिक शिक्षा दिन सक्ने गरी नेपालमा व्यवसाय गर्न सकिन्छ। स्वास्थ्य क्षेत्रमा नेपाललाई मेडिकल पर्यटनको हब बनाउन सकिन्छ। लगानीकर्ताले बैंककमा पाउने सुविधा काठमाडौंमा दिन सक्ने हो भने बैंकक जाने पर्यटक नेपाल आउन सक्छन्। मौसम र अन्य केही सांस्कृतिक पक्षहरुका कारण बैंकक जाने पर्यटक नेपाल आउन सक्छन्। स्वास्थयमा केही बाह्य लगानी भइरहेका छन् तर तिनीहरुमा व्यवस्थापनका मुद्दाहरु छन्, अन्य केही विषयहरु पनि छन्। नेपालीले पनि बाह्य लगानीकर्तासँग संयुक्त उपक्रम (जोइन्ट भेन्चर)मा काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा विदेशीलाई आकर्षित गर्न सकिन्छ। नेपालको तुलनात्मक लाभको क्षेत्र यो हुन सक्छ। नेपालको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति पनि राम्रो हुँदै गएको र छिमेकी देशको तुलनामा भाषिक समस्या पनि कम पर्ने भएकाले यो क्षेत्रमा काम गर्न सकिन्छ। 

यातायातका क्षेत्रमा पनि नेपालमा लगानीको संभावना छ। आन्तरिक जलमार्गको कुराहरु अघि बढिरहेका छन्। त्यसमा लगानी गर्नेदेखि ठूला समुन्द्रमा पनि नेपाली बाहक रहन सक्ने भएकाले लगानी गर्न सकिन्छ। यातायात क्षेत्रको कुरा गर्दा मेट्रो रेल, मोनो रेल जस्ता क्षेत्रहरु लगानीका लागि खुला छन्। काठमाडौं केन्द्रित भएर लगानीको चासो राख्ने धेरै देखिन्छन्। यसलाई बिस्तारै अन्य प्रदेश राजधानी र अन्य ठूला सहरसम्म पुर्‍याउन सकिन्छ। ठोस फोहोर व्यवस्थापनमा पनि नेपालमा लगानी गरेर काम अघि बढाउन सक्ने संभावना पर्याप्त छ। 

अहिले नेपालको राष्ट्रिय ध्वजाबाहक एउटा वायुसेवा सञ्चालक छ। नेपाल सरकार नेपाल वायुसेवा निगमलाई कम्पनीका रुपमा सञ्चालन गर्न चाहन्छ। यसलाई संयुक्तरुपमा सञ्चालन गर्न सकिन्छ। टेलिकम क्षेत्रमा पनि व्यवसाय विविधीकरण भएको छ। अहिले हेर्दा बजार खुम्चिन लागेको जस्तो देखिए पनि भविष्यमा ‘डेटा’मा काम गर्न सकिने धेरै ठाउँ छन्। अहिलेसम्म ‘बिग डेटा’को अवधारणमा त प्रवेश नै गरेका छैनौँ। यसको बजार निकै ठूलो छ। यस्ता सेवा दिन सक्ने गरी लगानी गर्न सकिन्छ। 

गर्नुपर्ने काम
लगानीका अवसर पर्याप्त भएको मुलुकमा वास्तविक लगानी भित्र्याउन केही कामहरु निश्चय पनि गर्नुपर्छ। नेपालमा पछिल्लो एक/डेढ वर्षमा धेरै ऐन बनेका छन्। तिमध्ये कतिका नियमावली बनेका छन्, कतिका बन्ने क्रममा छन्। तिनै कानुनका आधारमा सुविधा दिन थालिएको छ। कतिपय सुधार गर्नुपर्ने छ। विश्व बैंकले हालै प्रकाशित गरेको व्यावसायिक सहजता सूचक (डुइङ विजनेस इन्डेक्स)बाट हामी खुशी भएका छौँ। तर पनि धेरै काम गर्न बाँकी छ। 

करका झन्झट घटाउनुपर्ने छ। प्रविधिको प्रयोगबाट सेवा दिने विषयलाई अझै व्यवस्थित र सरल बनाउनुपर्ने छ। कम्पनी दर्ता हुनेदेखि बन्द गर्ने विन्दूसम्ममा प्रशासनिक झन्झट कम हुने गरी सलीकृत सेवा दिनुपर्नेछ। निर्यात गर्नेहरुले ४० वटा जति हस्ताक्षर जम्मा गर्नुपर्ने व्यवस्थालाई सहज बनाएर अघि बढ्नुपर्छ। निर्यातकर्तालाई दिइने कर फिर्ता सुविधा सरल बनाउनुपर्छ। नेपाली उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा भन्सार विन्दूमै सुविधा दिइनुपर्छ। 

गत चैतमा सम्पन्न भएको लगानी सम्मेलनमा प्राप्त प्रतिवद्धतालाई छिट्टै एउटा टुंगोमा पुर्‍याउनुपर्नेछ। केही आयोजनाहरु छिट्टै नै निर्णयको विन्दूमा पुग्दैछन्। त्यसबाहेकका अन्य आयोजना पनि निश्चित टुंगोमा पुर्‍याउनुपर्नेछ। लगानी बोर्डको क्षमता अझै विस्तार गर्नुपर्नेछ। त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयलाई अझै प्रविधिमैत्री बनाउनुपर्छ।

बैंक ब्याजदर र बैंक ऋणलाई अनुमानयोग्य बनाउने गरी काम गर्नुपर्ने छ। ब्याजदरलाई व्यवस्थित बाउने र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहिरहन्छ भन्ने सुनिश्चितता दिनुपर्नेछ। विदेशी विनिमयमा नेपालमा धेरै जोखिम छैन। किनभने नेपाली मुद्राको स्थिर विनिमय दर भारतीय मुद्रासँग तोकिएको छ। यसमा एक किसिमको स्थायित्व छ। नेपालको सार्वभौम रेटिङ छिटो सक्नुपर्नेछ। नेपालमा लगानी गर्दा अनावश्यकरुपमा जोखिमको ‘प्रिमियम’ राखिएको छ। त्यसलाई घटाउनुपर्छ। हेजिङ सुविधा दिने संस्थाहरु विस्तारै आउनेछन्। 

अन्त्यमा
नेपालमा लगानी आकर्षित गर्न सुधार गर्नुपर्ने भनेको व्यवहार हो। सुशासन कायम गरेर सिहजरुपमा काम गर्न सक्ने वातावरण तयार गर्नुपर्छ। हामीले निजी लगानीकर्तालाई उत्साहित गरेनौँ भने आर्थिक वृद्धिको लक्ष्यमा पुग्न सकिँदैन भन्ने ज्ञान, बोध र जवाफदेहिता हुनुपर्छ। विधिको शासन, कानुनी राज्यको पालना, दण्डहिनताको अन्त्य र व्यवसाय गर्नेलाई अनुमानयोग्य कर, भन्सार तथा वित्तीय नीति तयार गर्नुपर्छ। 

समष्टिगत आर्थिक परिसूचकको हिसाबले नेपाल राम्रो अवस्थामा छ। विदेशी मुद्रा सञ्चिती पर्याप्त छ, मूल्यवृद्धि ठिकै (मोडरेट) अवस्थामा छ र आर्थिक वृद्धि यस क्षेत्रको तुलनामा उच्च छ। त्यो परिस्थितीमा नियामकीय व्यवस्थित गर्दै जाने र निजी लगानीकर्ताको कुरा सुनेर सहयोगी वातावरण तयार गर्ने हो भने नेपालमा विदेशी लगानीले अर्को उचाइ प्राप्त गर्दछ। 

गत चैतमा सम्पन्न भएको लगानी सम्मेलनमा प्राप्त प्रतिवद्धतालाई छिट्टै एउटा टुंगोमा पुर्‍याउनुपर्नेछ। केही आयोजनाहरु छिट्टै नै निर्णयको विन्दूमा पुग्दैछन्। त्यसबाहेकका अन्य आयोजना पनि निश्चित टुंगोमा पुर्‍याउनुपर्नेछ। लगानी बोर्डको क्षमता अझै विस्तार गर्नुपर्नेछ। त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयलाई अझै प्रविधिमैत्री बनाउनुपर्छ। वन दिने, जमिन दिने, विद्युत दिने, पानी दिने, नीति निर्माण गरिदिने र कर लिनेदिने बीचमा समन्वय भयो भने लगानीलाई आर्थिक वृद्धिको बाटोमा लैजान सक्छौँ। 

नेपाल आर्थिक पत्रकार समाजको वार्षिक प्रकाशन अर्थनीतिबाट साभार।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्