• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

साग खेलकुदमा पत्रकारलाई सुख : चिया खायो, लाइभ हेर्‍यो!

64x64
ऋग्वेद शर्मा सोमबार, मंसिर २, २०७६  १६:४१
1140x725

नेपालीमा एउटा उखान छ, ‘टाढाको देउता, करेसाको भूत!’ अहिले नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लिएर अधिकारप्राप्त व्यक्तिहरुबाट जस्ता कुरा आइरहेका छन्, ठ्याक्कै यही उखानको चरितार्थ। 

साग सुरु हुन १३ दिन मात्रै बाँकी छ। मंसिर १५ देखि २४ सम्म चल्ने प्रतियोगिताका विभिन्न २७ खेलमा जनकपुरमा एक, पोखरामा नौ र काठमाडौंमा १९ खेलहरु सञ्चालन गर्ने तय छ। फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुँदैछन्। सागमा पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड र प्रतियोगिता आयोजनका लागि ३ अर्ब ६५ करोड रुपैयाँ निकासा भएको छ। 

उद्घाटनदेखि महत्वपूर्ण खेलहरु हुने दशरथ रंगशालाको काम सकिएको छैन। छानो लाग्न बाँकी प्याराफिट र चौरबाहेककै काम हेर्ने हो भने पनि सन्तोष मान्ने ठाउँ छैन। सातदोबाटोमा पौडी पोखरी तयार छैन। अन्यमा झिल्के रङ पोतिँदै छ। 

राष्ट्रिय टिम तयारी, खेल स्थल व्यवस्थापन, प्राविधिक, श्रोत साधन परिचालन, सुरक्षा, आवास व्यवस्थापन, यातायात व्यवस्थापन लगायत विभिन्न १६ विषयगत समितिहरु छन्।

समितिमार्फत् भइरहेका काम कति भयो भन्नेमा समितिमै भएकाहरु स्पष्ट छैनन्। बैठक भएका छन्। योजना छन्। काम भइरहेका छन्। तर, सकिएको छैन। 

चार महिनाअघि भदौ १६ मा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित राखेप सदस्य सचिव रमेश सिलवाल दशरथ रंगशालाको घाँस काट्दै। 

बाहिरबाट ल्याइने कतिपय खेल सामग्री बाटोमै छन्। अन्य व्यवस्थापनका पाटोमा काम ‘हुँदैछन्।’ सन्तोषको एउटै कुरा खेलाडीहरु प्रशिक्षणमा छन्। वैदेशिक प्रशिक्षणमा नभएका खेलाडीका लागि पनि नेपालमै विदेशी प्रशिक्षकको व्यवस्था गरिएको छ। कुल ३ सय २४ स्वर्णका लागि हुने प्रतिस्पर्धामा नेपालले ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ। 

पोखरा रंगशालाको अवस्था त विजोग नै देखिन्छ। पोखरामा नै हुने भारोत्तोलन ‘पार्टी प्यालेस’मा आयोजना हुँदैछ। सोध्दा जवाफ आउँछ- ‘पार्टी प्यालेसमा भारोत्तोलन गर्न अन्तर्राष्ट्रिय स्तरको सबै मापदण्ड पुगेका छन्, त्यो भन्दा राम्रो ठाउँ अर्को छैन।’  

जनकपुरमा हुने कुस्तीका लागि धनुषा जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु अन्तिम समयमा युद्धस्तरमा लागिपरेका छन्। दशरथ रंगशालामा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाल लागेजस्तै। कुस्तीका सबै खेलहरू जनकपुरस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा हुनेछन्। जसको सुधार चलिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलोपटक २०४१ सालमा नेपालले नै साग आयोजना गरेको हो। त्यसबेला काठमाडौंमा असोज १ देखि ७ सम्म प्रतियोगिता आयोजना भएका थिए। देख्नेहरु भन्छन्- ‘लगातारको वर्षाले प्रतियोगिता प्रभावित भएको थियो, समापन समारोहका बेला दशरथ रंगशालाको मैदान हिलाम्मे थियो।’ जे जस्तो भए पनि नेपालले पहिलो साग आयोजना गरेर ऐतिहासिक कामको जस लियो।

पूर्वाधारको निरिक्षणमा राखेप सदस्यसचिव रमेश सिलवाल र टोलीसहित मन्त्री जगतबहादुर विश्वकर्मा।

दोस्रोपटक नेपालले २०५६ सालमा आठौँ साग आयोजना गरेको थियो। त्यसबेला पनि असोज ८ देखि १७ सम्म काठमाडौंमा नै खेलहरु आयोजना भएका थिए। उक्त सागको अनुभव भएकाहरु भन्छन्- ‘भौतिक पूर्वाधारको हिसाबले नेपाल अहिले १३ औँ सागका बेला त्यो समयमा भन्दा कमजोर देखिएको छ।’ 

तर यी विषयहरुमा लेख्न हुँदैन। यस्ता प्रश्नहरु सोधेर साग ‘भाँड्ने बाटोमा लाग्नु’ राम्रो होइन। घरेलु मैदानमा हुने सागबारे यस्ता कुराहरु लेख्नु ‘राष्ट्रको प्रतिष्ठा’ नबुझ्नु हो, राज्यको ‘चौथो अंग’ भएर राज्यलाई नै असहयोग गर्नु हो। दुई-दुई पटक मिति सरेर पनि आयोजना अन्तिम चरणमा पुगेको प्रतियोगिता हुनु नै ठूलो कुरा हो! 

तर, राज्यलाई असहयोग नै हुने भए पनि एउटा प्रश्न भने सोध्नैपर्ने भएको छ, ‘पाँच पैसाको ल्वाङ छैन, दश पैसाको स्वाङ’ किन त? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गएको हप्ता खेलकुद पत्रकारहरुको एक कार्यशालामा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेश सिलवालदेखि साग आयोजना गर्ने एक सहर पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीसम्मको घुमाउरो भनाइको मुख्य निचोड थियो– ‘पत्रकारले समाचार राम्रो लेख्दैनन्, राम्रो नलेख्दासम्म खेलकुदको विकास हुँदैन।’   

प्राय सबैले के समाचार हो र के होइन भन्ने विषयमा पत्रकारहरुलाई लामो ‘प्रशिक्षण’ नै दिए। खेलकुद मन्त्री विश्वकर्माले त सुरुमा केही औपचारिक कुरापछि नेपाली मिडियाप्रतिका गुनासोको ‘सेसन’ नै चलाए। समाचारमा आउने ‘क्रिटिकल’ कुराको स्वागत गर्ने भन्दै उनले भने– ‘पुरानो सरकारले राम्ररी  जिम्मेवारी वहन नगरेकाले सागमा यो अवस्था आएको हो। बक्यौता जिम्मेवारी आइपरेको कुरालाई नबुझी, मिडियाले अन्तिम समयमा मात्रै काम हुन थालेको लेखिदिनु भएन। जति काम भएका छन् अहिलेको सरकार आएपछि नै भएका हुन्।’ 

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा

उनको भनाइ थियो– पत्रकारले नबुझे जस्तो गरिदिँदा काम गर्न खोज्ने मान्छेमाथि न्याय भएन। ‘छोटो समयमा यत्तिका काम गर्दागर्दै मंसिर १५ त आइहाल्यो, हामीले मिति सार्ने बाटो नरोजी साग गर्ने बाटो नै रोज्यौँ। हामीले प्रशंसा खोजेको होइन तर यसलाई बुझेर मिडियाले लेखिदिनु पर्छ, देशको प्रतिष्ठासँग जोडिएको विषय हो भने सवै त्यहीअनुसार बढौँ,’ उनले भने, ‘साग आयोजना हुने देशका मिडियाको नै साथ भएन भने अरुले के बुझ्लान्, कमजोरी औँल्याउनु राम्रो हो तर नकरात्मक मनोविज्ञान बनाएर देशको गरिमा घटाउनु भएन।’   

राखेप सदस्य सचिव सिलवालले त अमेरिकी चुनावमा हुने ‘इमेज मेकर’को उदाहरण दिनेदेखि आफू बोल्दा आफ्ना विद्यार्थीले चुइँक्क नबोली आफ्ना कुरा सुन्ने तर पत्रकारले ध्यानै नदिएको गुनासोसम्म गरे। ठिक लागे ठिक लेखिदिनुस् बेठिक लागे बेठिक भन्दै उनले सुन र फलामको कथासम्म सुनाउन भ्याए। फलामले नै फलामलाई पिट्दा ठूलो आवाज आउने तर सुनलाई फलामले पिट्दा सानो आवाज आउने कथाको निचोड थियो- ‘तपाईंहरु आफ्नै भएर पनि सहयोग भएन।’ 

साग समितिको बैठकमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि ‘युद्धमा जाँदा सेनाको मनोबल कसरी उच्च बनाउन सकिन्छ भन्ने शैलीमा मिडियाको काम हुनुपर्ने’ बताए।  

काम नगरे पनि भनिदिनु हुँदैन भन्ने शैलीका यी सबै कुरालाई छाडेर हिजो भएको एउटा सम्झौतालाई हेर्ने हो भने त ‘आफू जाँदा मोही पाइएन, काम गर्ने पठाइदे दही दिउँला’ भनेजस्तो व्यवहार नेपाली सञ्चार माध्यममाथि भएको छ। 

कुरा हो, आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) सँगको सहकार्यमा नेपालले १३ औँ सागको सम्पूर्ण प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेच्यो। जसमा नेपाली सञ्चार माध्यमले केही मिनेटको भिडियो त परको कुरा फोटोसमेत खिच्न नपाउने सम्झौतामा उल्लेख गरियो। 

सम्झौतामा प्रसारण अधिकार वापत एनके मिडियाले एसएओसीलाई ८ करोड रुपैयाँ  र विज्ञापनको ५० प्रतिशत रकम दिने उल्लेख छ। एसएओसीले प्रसारण अधिकार र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने उल्लेख छ। साग सातै देशमा गरेर विभिन्न १५ च्यानलमा प्रत्यक्ष प्रसारण हुने बताइएको छ। नेपालमा नेपाल टेलिभिजनसँग एनके मिडियाको सहयकार्य हुने बताइएको छ। 

सागको प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौतामा।

सदस्य सचिवले केही दिनअघि प्रत्यक्ष प्रसारणका लागि झण्डै ५० करोड रुपैयाँमा कुराकानी भइरहेको र सम्झौता हुने त्यही ‘ठूलो मिडिया’मार्फत् सागमा भारत र पाकिस्तानको क्रिकेट समेत हुने लक्षण देखिएकोसम्म भन्न भ्याए। जे भए पनि नेपाली भूमिमा हुने खेल उत्सव अन्तर्राष्ट्रिय मिडियामार्फत फैलनु खुसीकै कुरा हो। तर नेपाली सञ्चार माध्यम सरकारको प्रवक्ता हो कि स्वतन्त्र संस्था? स्वदेशमा नै भइरहेको साग गतिविधिका तस्बिरसम्म आफैँले सोचेजस्तो खिच्न नपाउनु कति न्यायको कुरा हो? नेपाली पत्रकारले खिचेका तस्बिरले नेपालको ‘प्रतिष्ठा’ नै घटाइदिने हो त? 

मन्त्री र सदस्य सचिवले भनेजस्तो सकारात्मक भएर हेर्ने हो भने चाहिँ नेपालका पत्रकारलाई दुःख छैन। भिडियो त भइहाल्यो, फोटो पनि मागे पाइन्छ, समाचार त उनीहरुले इमेल गरिहाल्छन्। अफिस बसेर चिया खाँदै प्रत्यक्ष प्रसारण हेरे भइहाल्यो! 

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्