• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १५, २०८३ Fri, Jul 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २३, २०७६  १९:२३
1140x725

काठमाडौं– प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

'प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि हामीले छलफल गर्‍यौं र आजै सामूहिक राजीनामा बुझायौं', राजीनामा दिने मध्येका एक सदस्यले भने। छलफलमा एक/दुई सदस्यको अनुपस्थिति रहेको उनले बताए।

राजीनामा कहिलेदेखि  लागू हुने विषयमा उनले खुलाउन चाहेनन्।

यद्यपि, प्रधानमन्त्रीले सबैको राजीनामालाई स्वीकार नगर्ने र केहीलाई भने सचिवालय सदस्यको रुपमा निरन्तरता दिने सम्भावना पनि छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्। त्यस्तै, परराष्ट्र सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली छन्। सचिवालयमा अन्य सदस्य पनि छन्।

पछिल्लो छलफल
प्रधानमन्त्रीले शुक्रबार सचिवालयका कर्मचारीसँग छलफल गरेका थिए। उनले त्यहाँ आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। त्यहाँ उनले सल्लाहकार र सचिवालय सदस्यकै कारणले आफ्नो अनावश्यक आलोचना भएको बताएका थिए।

छलफलमा उनले सचिवालयका कर्मचारीको क्षमतादेखि सार्वजनिक अभिव्यक्तिसम्मलाई असन्तुष्टि व्यक्त गर्ने आधार बनाएका थिए। विशेषगरी प्रधानमन्त्री ओलीले चार विषयलाई केन्द्रमा राखेर आलोचना गरेको एक सहभागीले बताए।

पहिलो, विषयगत क्षमताको अभाव। दोस्रो, सल्लाहकारको सार्वजनिक रुपमै अन्टसन्ट बोल्ने बानी। तेस्रो, पार्टीभित्रै सल्लाहकारको भूमिकालाई लिएर आलोचना बढ्दै गएको। र चौथो, प्रोटोकल र अथुरिटी ब्रिफिङ भएन।

nimb
nimb
Ncell 2
Ncell 2

हुन पनि प्रधानमन्त्रीका कतिपय सल्लाहकार आफ्नो विषयगत दक्षताको प्रयोगभन्दा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएर आलोचित हुने गरेका छन्। जस्तो कि, केही समयअघि प्रधानमन्त्रीमा मुख्य सल्लाहकार विष्णु रिमालले बिम्ब प्रयोग गर्दै सरकारको आलोचकहरुलाई छौंडा भनेका थिए।

नरम र जवाफदेही हुनुपर्ने अपेक्षा गरिएका सल्लाहकारहरु दम्भी हुने गरेकोमा पनि आलोचना हुने गरेको छ।

कसप्रति लक्षित?
बेलाबेलामा प्रधानमन्त्रीका सचिवालयको कमजोरीमाथि प्रश्नहरु उठ्ने गरेका थिए। प्रधानमन्त्रीलाई सचिवालयकै सदस्यहरुले थप विवादित बनाउने गरेको विश्लेषण पनि हुने गरेकै थियो। जसकारण, प्रधानमन्त्रीलाई सल्लाहकार फेर्न समेत सुझाव समेत व्यक्त हुने गरेका थिए। तर प्रधानमन्त्रीले त्यसप्रति चासो व्यक्त गरेका थिएनन्।

यद्यपि, शुक्रबारको छलफलमा प्रधानमन्त्री कसैप्रति प्रत्यक्षरुपमा लक्षित भएका थिएनन्।। न त उनले राजीनामा शब्द नै उच्चारण गरेका थिए। 'प्रधानमन्त्रीले राजीनामा शब्द उच्चारण गर्नुभएन। तर, विकल्प सधैं रहन्छ। यसबारे सोच्नुस् भन्नुभयो', ती सहभागीले बताए।

प्रधानमन्त्रीको शैली 'बुझ्नेलाई इशारा काफी छ' भन्ने खालको थियो।

उनकै अनुसार प्रधानमन्त्रीको असन्तुष्टि मुख्यगरी दुई सल्लाहकारमाथि थियो। पहिलो, प्रेस सल्लाहकार कुन्दन अर्याल। दोस्रो, परराष्ट्र सल्लाहकार राजन भट्टराई। तर, अन्य सदस्यप्रतिचाहिँ सन्तुष्ट व्यक्त गरेका भने होइन।

'प्रधानमन्त्रीको असन्तुष्टिपछि शनिबार नै हामी सचिवालयका सदस्यहरुले करिब ४५ मिनेट छलफल गर्‍यौं। त्यसपछि सामूहिक राजीनामाको निष्कर्षमा पुगिएको हो', ती सदस्यले भने।

प्रधानमन्त्रीले घटना नै उदारहणको रुपमा लिएर आफ्नो पछिल्लो उपचारबारे सही सूचना प्रवाह नभएका कारण आम रुपमा भ्रम फैलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ओली उपचारका लागी ग्राण्डी अस्पताल भर्ना भएका बेला प्रधानमन्त्रीका सचिवालयप्रति सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा चर्को असन्तुष्टि सार्वजनिक भएका थिए। असन्तुष्टि व्यक्त गर्नेहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सूचना लुकाएको बताएका थिए। त्यस्तै, आफ्ना बाह्य भ्रमण तथा अन्य देशका प्रमुखहरुको भ्रमणका बेलामा सही समन्वय गर्न नसकेको प्रधानमन्त्रीको बुझाइ थियो। प्रोटोकलको राम्रो ब्रिफिङ हुन नसक्दा एसिया प्यासिफिक समिट जस्ता कार्यक्रममा पनि प्रधानमन्त्री विवादमा तानिएका थिए।

त्यस्तै चीनका सीको दुई दिने नेपाल भ्रमणको बेलामा पनि प्रधानमन्त्रीसँग धेरै असन्तुष्टि रहेको थियो। आधिकारिक सूचना प्रवाहलाई सहज बनाउन नसकेको प्रधानमन्त्रीको आरोप थियो।

दबाबमा प्रधानमन्त्री
सरकारको तर्फबाट जतिसुकै प्रचार हुने गरेको भएता पनि सरकारले अपेक्षित काम गर्न नसकेको नेकपा नेताहरु नै बताउँछन्। प्राथमिकता र अपेक्षाबीच अलमलिएको सरकारले वाचा अनुसारको काम पनि गर्न सकेको छैन।

सचिवालयका सदस्यहरु बढी बोलेका र असन्तुलित ढंगबाट बोलेका कारण प्रधानमन्त्रीको आलोचना भइरहेको सन्देश पार्टी भित्र र बाहिरबाट प्रधानमन्त्रीलाई बेलाबखतमा पुगिरहेकै थियो। त्यसमा विशेषगरी मुख्य सल्लाहकार रिमालको आलोचना हुने गरेको थियो। रिमाल पार्टीकै सहयात्रीप्रति पनि सार्वजनिक रुपमा कठोर धारणा राख्छन्।

केहीअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओली पछिल्लो निष्कर्षमा पुगेको बताइन्छ। प्रचण्डले ओलीलाई सचिवालयको सदस्यहरुलाई हेरफेर नगर्ने हो भने सरकारको सार्वजनिक आलोचना बढ्दै जाने भन्दै सचेत बनाउने प्रयास गरेका थिए। प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदाको अनुभव समेत जोडेर प्रधानमन्त्रीलाई 'कन्भिन्स' गरेका थिए। 

अर्कोतिर केही गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन्। त्यसका लागि उपलब्ध सबै विकल्पका निम्ति उनी तयार छन्। सामूहिक राजीनामा त्यसैको परिणाम हो। 'सचिवालयका सदस्यमात्रै होइन, अब केही समयमै मन्त्री समेत फेरिएमा आश्चर्य नमाने हुन्छ', स्रोतले नेपाल लाइभसँग भन्यो।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अपिल : सरकार संवेदनशील छ, निष्पक्ष छानबिन हुन्छ, संयमित रहन आग्रह
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार
विराटनगर पुगे गृहमन्त्री, घटनास्थल र पीडित परिवार भेट्ने
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको अपिल : सरकार संवेदनशील छ, निष्पक्ष छानबिन हुन्छ, संयमित रहन आग्रह बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रय... बिहीबार, साउन १४, २०८३
सद्भाव कायम राख्न मधेशवादी नेताको सामूहिक अपिल, प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको गतिविधि शंकास्पद नेताहरुले सामूहिक रुपमा वक्तव्य जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र निःशुल्क उपचार तथा आवश्यक राहतको व्यवस्था गर्न मा... बिहीबार, साउन १४, २०८३
नेपाली मिल्नु आजको आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू-भाग... बिहीबार, साउन १४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अपिल : सरकार संवेदनशील छ, निष्पक्ष छानबिन हुन्छ, संयमित रहन आग्रह बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
विराटनगर पुगे गृहमन्त्री, घटनास्थल र पीडित परिवार भेट्ने बिहीबार, साउन १४, २०८३
सद्भाव कायम राख्न मधेशवादी नेताको सामूहिक अपिल, प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको गतिविधि शंकास्पद बिहीबार, साउन १४, २०८३
गोलबजार घटनाको छानबिन गर्न एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्