सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ।
पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरसहित घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो शुरु भएको जनाइएको छ।
भान्छा कोठाबाट आगलागी शुरु भएको थाहा पाएपछि वृद्धा शेर्पा निस्किएर भागेकाले मानवीय क्षति भने हुन पाएन। घरसहित सबै सरसामान नष्ट भएपछि अहिले उनी छिमेकीको घरमा शरण लिएर बसेकी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।