• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन ६, २०८२ Wed, Feb 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

नेपालमा रेल ल्याउन चीन र भारतबीच पनि छलफल आवश्यक छ

64x64
नेपाल लाइभ शनिबार, असोज २५, २०७६  १५:४४
1140x725

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको घनिष्ठता, प्रेम, विश्वास र एक अर्का बीचको सम्बन्धलाई बढाउँछ। साढे २ दशकको अन्तरालमा हुन लागेको यो भ्रमणले सद्भावना वृद्धि गराउँछ। लामो अन्तरालमा विश्वकै प्रतिष्ठित व्यक्तित्वको नेपालमा भ्रमण हुन लागिरहेको छ। चीन अहिले विश्वमा आर्थिक हैसियतमा बलियो अवस्थामा रहेकाले पनि त्यहाँका राष्ट्रपति नेपाल आउनु स्वागतयोग्य र सकारात्मक हो। यसले सद्भावना र घनिष्ठता बढाउँछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको अवधिमा जे-जे कुराहरुमा सहमति तथा सम्झौता हुन्छन्, ती विषयमा धेरै लामो गृहकार्य भएको हुन्छ। दुई देशका बीचमा त्यस्ता विषयमा लामो छलफलपछि तयारी गरिन्छ। प्रशस्त पूर्वतयारी भएपछि मात्रै सम्झौतामा जाँदा भविष्यमा त्यसलाई सहज कार्यान्वयन गर्न सकिन्छ। द्विपक्षीय वार्ताका क्रममा पनि कतिपय कार्यक्रम अघि बढाउन सकिन्छ। तर, त्योभन्दा पनि धेरै यस भ्रमणलाई हामीले दुई देशबीच सद्भावना वृद्धि गर्ने कोषेढुंगाकै रुपमा लिन सक्नुपर्छ।

यो भ्रमणसँग जोडिएका केही पक्षहरु छन्। नेपालले चीनबाट केही कुरा आशा गरेको छ। निश्चय पनि यो भ्रमणका क्रममा ती कुराकानी भइहाल्छन्। पहिलो कुरा त चीनको आर्थिक सहायता नै हो। आर्थिक सहायता अनुदान र ऋण दुवैमा हुनसक्छ। नेपालले चीनसँगको छलफलका क्रममा योजनाहरु प्रस्तुत गर्दा हाम्रो आवश्यकता के हो, हाम्रो प्राथमिकता के हो, त्यो प्रष्टसँग राख्न सक्नुपर्छ।

खुला प्रतिस्पर्धाबाट खरिद गर्नसक्ने गरी ऋण लिइनुपर्छ
अहिले नेपालको प्राथमिकता पूर्वधारको विकास हो। नेपालमा जलस्रोतको धेरै सम्भावना छ। ऊर्जा क्षेत्रका धेरै आयोजनाको अध्ययन पनि भइसकेका छन्। ती आयोजना चीनको सहयोगमा निर्माण गर्न सकिन्छ। नेपालले चीनको सहायतामा आयोजना अघि बढाउने तयारी गर्दा अनुदानकै रुपमा बनाउन सक्ने गरी कुरा गर्न सक्नुपर्छ। चीनको अनुदान वृद्धि हुनेगरी छलफल गर्न सकिन्छ।

कुनै-कुनै आयोजना ऋणमा पनि अघि बढाउन सकिन्छ। सबै कुरा अनुदानमा मात्रै प्राप्त नहुने भएकाले ऋण लिएर काम गर्नुपर्ने हुन्छ। ऋण लिँदा सुविधायुक्त र सहुलियतपूर्ण विकल्पहरु हेर्नुपर्छ। खुला प्रतिस्पर्धाबाट आयोजना कार्यान्वयन गर्न सकिने गरी सहुलियतपूर्ण ऋण लिइनुपर्छ। स्रोत निश्चित भएको (सोर्स टाइड) ऋण लिँदा दाताले भनेकै ठेकेदार छनोट गर्नुपर्ने, सामान खरिद गर्दा तोकिएकैसँग किन्नुपर्ने बाध्यता आउँछ।

अहिले ऋण दिँदा इन्जिनियरिङ, खरिद (प्रोक्योरमेन्ट), निर्माण (कन्सट्रक्सन) र लगानी (फाइनान्सिङ) मोडलिटीको कुरा आउँछ, त्यो महँगो पर्न जान्छ। त्यसकारण खुला प्रतिस्पर्धाबाट खरिद गर्नसक्ने गरी ऋण लिइनुपर्छ।

चीनसँग कस्ता आयोजना प्रस्ताव गर्ने?
नेपालले सहयोग लिँदा राम्रो प्रतिफल दिनसक्ने आयोजना छानेर चीनसँग प्रस्ताव गर्नुपर्दछ। त्यसमा खासगरी जलविद्युत उत्पादन तथा प्रसारण हुनसक्छ। नेपालको रसुवागढीदेखि चीनको केरुङसम्मको विद्युत प्रसारण लाइनको कुरा आएको छ, त्यसलाई अघि बढाउन सकिन्छ। जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन सकिन्छ, जुन हाम्रो आवश्यकता हो।

अर्को चीनसँग जोड्ने सडक यातायातलाई राम्रो बनाउनेतर्फ ध्यान दिनुपर्छ। मुस्ताङ, हुम्ला, संखुवासभा, रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सडक राम्रो बनाउन चिनियाँ सहयोग लिन सकिन्छ। यी सडक सुधारका लागि चिनियाँ सहयोग आवश्यक पर्छ। नेपालको तत्कालको प्राथिमकता यी आयोजना हुनुपर्छ। अर्कोतर्फ नेपालभित्रकै सडक आयोजना अघि बढाउन पनि प्राथमिकता तोकेर चिनियाँ सहयोग लिन सकिन्छ।

Ncell 2
Ncell 2

नेपालमा रेल ल्याउन चीन र भारतबीच पनि छलफल आवश्यक
चीनसँगको सम्बन्ध र पूर्वाधार भन्ने बित्तिकै अहिले रेललाई पहिलो नम्बरमा राख्ने गरिएको छ। रेलको भनेको दीर्घकालीन कुरा हो। यो तुरुन्त हुने होइन। यसमा आर्थिक र प्राविधिक अध्ययन जरुरी हुन्छ। यो भनेको हाम्रो तत्कालको प्राथमिकता होइन। पछिसम्म गर्दै जान सकिन्छ।

अर्को कुरा चीन र हिन्दूस्तानबीच पनि यो विषयमा छलफल हुन आवश्यक छ। उनीहरु दुई देशका रेल काठमाडौं आउने भनेको के हो भने यसले ती देशकै व्यापार बढाउने हो। नेपालको भन्दा उनीहरुको व्यापारको आकार ठूलो भएकाले उनीहरुलाई यसले राम्रो गर्छ।

त्यसकारण नेपालले रेलको विकासको कुरा गर्दा चीन र भारत दुवै छिमेकीसँग कुराकानी गर्नुपर्दछ। त्रिपक्षीय समझदारी भयो भने यसले नेपालका साथसाथै उनीहरुलाई पनि फाइदा हुन्छ। दुवै देश सहमतिमा आएर काम गर्न सकियो भने नेपालले त्यसमा लगानी गर्न नपर्ने अवस्था पनि आउनसक्छ।

व्यापार घाटा घटाउन चिनियाँ लगानीको हात कति?
चीनसँग छलफल गर्दा आर्थिक सहायता र पूर्वाधार विकासपछिको क्षेत्र भनेको चिनियाँ लगानी वृद्धि हो। चिनियाँ लगानी नेपालमा बढाउने गरी हामीले काम गर्नुपर्छ। चीनसँग नेपालको २ सय अर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटा छ। गत आर्थिक वर्षमा हाम्रो १ हजार ४ सय अर्बको व्यापार घाटामा चीनसँगको हिस्सा पनि ठूलो छ।

व्यापार घाटा कम गर्नका लागि चिनियाँ लगानी भित्र्याएर यहाँ औद्योगिक विकास गर्न सकिन्छ। नेपालमा उपलब्ध हुने कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्नसक्ने किसिमका उद्योग नेपालमा आउनेगरी चिनियाँ लगानी ल्याउन सकिन्छ।

चीनको बजारमा निर्यात गर्नसक्ने वस्तु नेपालमा उत्पादन गरेर त्यहाँ बिक्री गर्न सकिन्छ। चीनबाहेक दक्षिण एसियाका ७ वटा मुलुक पनि नेपालका लागि बजार हुन्। ती बजारको मागअनुसारका वस्तु उत्पादन गरेर निर्यात गर्न सके नेपालको व्यापार घाटा न्यूनीकरण र औद्योगीकरण दुवैमा त्यसले सहयोग गर्छ। दक्षिण एसिया र चीनबाहेक अन्य देशमा पनि निर्यात गर्न सकिन्छ। त्यसमा काम गर्नुपर्छ।

नेपालमै उपभोग हुने औद्योगिक उत्पादन बढाउन पनि चिनियाँ लगानी ल्याउन सकिन्छ। अहिले हाम्रो आवश्यकता आयात प्रतिस्थापन र निर्यात वृद्धि हुनुपर्छ। व्यापार घाटा घटाउने र औद्योगीकरण बढाउने गरी चिनियाँ लगानी भित्र्याउन जोड दिइनुपर्छ।

चीनियाँ निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न सचेत गराउनुपर्छ
नेपालले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। नेपालमा चिनियाँ पर्यटकको आवागमन बढाउने गरी छलफल गर्न सकिन्छ। अर्को पक्ष भनेको नेपालमा धेरै चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन्। नेपालमा आउने विदेशी ठेकेदारमध्ये चिनियाँको हिस्सा पनि अहिले ठूलो छ। तर, उनीहरुको काम समयमै सम्पन्न हुनुका साथसाथै गुणस्तरीय हुनु पनि जरुरी छ। त्यसमा नेपालले जोड दिनुपर्छ।

कतिपय चिनियाँ कम्पनी कालोसूचीमा पनि परेका छन्। कतिपय आयोजना समयमै सम्पन्न भएका छैनन्। चीन सरकारले त्यस्ता कम्पनीलाई निर्देशित गर्ने र सतर्क गराउने गरी नेपालले कुरा गर्नुपर्दछ। उनीहरुलाई एउटा आचारसंहितामा बसेर काम गर्न लगाउने वातावरण तयार गर्न सक्नुपर्छ।

सहयोग माग्ने नाममा लामो 'सपिङ लिस्ट' देखाएर हुँदैन
अर्कोकुरा नेपालले सहयता माग गर्दा अध्ययन सम्पन्न भएका र तयारी भइसकेका आयोजना मात्रै प्रस्ताव गर्नुपर्छ। जुन आयोजना तुरुन्त कार्यान्वयनमा जान सक्छन्, तिनैलाई अघि बढाउनुपर्छ। सहयोग माग गर्ने नाममा लामो 'सपिङ लिस्ट' मात्रै देखाएर हुँदैन।

अघिल्लोपटक नेपाली प्रधानमन्त्रीको चीन भ्रमणका समयमा बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत कार्यान्वयन हुने भनेर ३५ वटा आयोजना अघि सारिएको थियो। तर, उनीहरुले प्राथमिकता निर्धारण गरेर मात्रै आयोजनाको सूची देऊ भनेपछि त्यसलाई घटाइयो।

कुन आयोजना प्रस्ताव गर्ने भन्ने कुरा प्राथमिकता र आवश्यकताका साथ अध्ययन गरेर प्रस्तुत गर्नुपर्छ। जुन आयोजनाले नेपालको अर्थव्यवस्थामा सबैभन्दा धेरै प्रतिफल दिनसक्छ, त्यस्ता आयोजना प्रस्तुत गर्नुपर्छ। जनतालाई फाइदा हुने र देशलाई आर्थिकरुपमा फाइदा हुने आयोजना प्रस्तुत गरेर तिनीहरुको कार्यान्वयन गर्नुपर्छ।

लगानी भित्र्याउन सडकको स्तरोन्नति जरुरी
नेपालमा लगानी भित्र्याउन गाह्रो हुनुको एउटा कारण कमजोर सडक सञ्जाल पनि हो। हाम्रो पूर्वाधार गतिलो हुन सकेन। सडकहरु स्तरोन्नति गर्नुपर्नेछ। कतिपय ठाउँमा सडक पुगेको छैन। सडक पुगेको ठाउँमा पनि बाह्रै महिना गाडी चल्न सक्दैनन्। त्यसकारण यस्ता क्षेत्र हेर्नुपर्छ।

जलविद्युत र सिँचाइका क्षेत्रहरुलाई द्विपक्षीय छलफलको विषय बनाउन सकिन्छ।

(पूर्व अर्थ एवं परराष्ट्रमन्त्री डा रामशरण महतसँग नेपाल लाइभका सविन मिश्रले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित मंगलबार, फागुन ५, २०८२
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ मंगलबार, फागुन ५, २०८२
जेन–जी आन्दोलनप्रति ओलीको टिप्पणी:  एमाले सिध्याउन आगो लगाए मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्दै पहिले फिल्डिङ रोज्यो मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्