• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन ६, २०८२ Wed, Feb 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

रेल आउन ढिलाइ भए १५ वर्षपछि रेलको कुरा गर्नेलाई ढुंगाले हान्ने स्थिति आउँछ

64x64
नेपाल लाइभ शनिबार, असोज २५, २०७६  १४:४२
1140x725

चीनमा एकदलीय व्यवस्था छ। सरकार स्थिर छ। चुनाव औपचारिकता निभाउनका लागि मात्रै गरिन्छ। शासन व्यवस्था एकदलीय भएको मुलुकले विदेशी लगानी कसरी ल्याइरहेको छ, सो विषय बुझ्नुपर्ने हुन्छ।

चिनियाँ कम्युनिस्ट पुँजीवादी कम्युनिस्ट हुन्। हामीले सिक्ने भनेको कम्युनिस्ट देशमा विदेशी लगानी कसरी आयो भन्ने हो। नीतिगत सुधार के-के गर्दा प्रविधि तथा व्यवस्थापनको हस्तान्तरण भएको हो, हामीले जानकारी राख्ने विषय हुन्। चिनियाँहरुले बजार लिनका लागि अपनाएको बाटो नेपालीको बुझ्नुपर्ने विषय हो।

हामी कहाँ उत्पादन भएका स्याउ कुहिएर जाने स्थिति छ। तर, चिनियाँ स्याउ ६ महिनासम्म बिग्रँदैन। हामीले सिक्ने नै त्यही हो। कुन प्रविधिले गर्दा स्याउ नकुहिने रहेछ? हर्बलमा चिनियाँहरु प्रख्यात छन्। हाम्रो हर्बललाई चिनियाँ कोल्याब्रेसनमा बजारमा पठाउन सकिन्छ।

चीनको लगानी नेपालको सीमा काटेर टाढा-टाढा पुगेको छ। उत्पादन र औद्योगिक क्षेत्रमा उनीहरुलाई भित्र्याउन नीतिगत सुधार गर्नुपर्छ। नाफालाई आफ्नो मुलुकमा लानका लागि समुचित व्यवस्था गर्नुपर्छ। यी यावत कुरा चीनसँग नेपालले सिक्नुपर्नेछ।

एकपटक क्षमता वृद्धि गर्दा त्यसले ५०औं वर्षसम्म सकरात्मक असर गर्छ
आर्थिकरुपमा सबल हुँदा रेलका कुरा पनि हुन सक्छन्। पहिलो प्राथमिकता नेपालले नीतिगत सुधार गर्नुपर्छ। श्रम बजारबाट बाहिरिएको जनशक्तिलाई नेपालमै रोक्न सक्नुपर्छ।

नेपालको पछिल्लो अवस्था १७ रुपैयाँको सामान किन्दा हामीले १ रुपैयाँको सामान बेचिरहेका हुन्छौं। यो अवस्थालाई ‘मिनिमाइज’ गर्नैपर्छ। २०४८ सालमा अधिकतम १० रपैयाँको किन्दा १ रुपैयाँको बेच्ने गरिएको थियो। त्यो अवस्थामा नेपाललाई पुर्‍याउनुपर्छ। कृषि वा विलासिताका कुन वस्तु बिक्री गर्दा नेपालको व्यापार घाटा कम गर्न सकिन्छ, त्यस क्षेत्रमा लगानी भित्र्याउनुपर्छ।

चीनमा ठूला भवन निर्माण २/४ महिनामै सकेका हुन्छन्। निर्माणकर्ताले प्रयोग गरेको प्रविधि नेपालले सिक्नुपर्छ। हामीकहाँ निर्माण व्यवसायीलाई गाली मात्रै गर्ने प्रचलन छ। नेपाल र चिनियाँ निर्माण व्यवसायी बीच समन्वय गर्न सकिन्छ। ‘स्किल ट्रान्सफर’, 'क्वालिटी डेलिभर' जस्ता कुरा नेपालले सिक्नुपर्छ। एकपटक क्षमता वृद्धि गर्दा त्यसले ५०औं वर्षसम्म सकरात्मक असर गर्छ।

Ncell 2
Ncell 2

चीनको तर्फबाट सीको नेपाल भ्रमणको तयारी गत डिसेम्बरदेखि नै
नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण गराउन चीन गत डिसेम्बरदेखि तयारीमा गरिरहेको थियो। त्यसबेला नै राष्ट्रपति सी चीनफिङले नेपाल भ्रमण गर्ने अन्तिम निर्णय चीनले गरेको रहेछ। एजेण्डा के प्रस्तुत गर्ने उनीहरुको तयारी लामो छ।

हामीले चीनसँग थाली राखेर भिख मागे जस्तो गर्नुहुँदैन। जलशाययुक्त विद्युत आयोजना चीनलाई बनाउन दिन सकिन्छ। उनीहरुले निर्माण सम्पन्न पनि छिटो गर्छन्। बुढीगण्डकी वा नलसिंहगाढ जस्ता आयोजनालाई प्रतिस्पर्धाको माध्यमबाट चीनलाई दिन सकिन्छ। उत्तर दक्षिण करिडोर निर्माणमा सहुलियतपूर्ण ऋण वा अनुदानमार्फत बनाउन सकियो भने पर्यटन विकासमा टेवा पुग्छ। आन्तरिक र बाह्य पर्यटकको वृद्धि हुन्छ।

कर्मचारीको क्षमता अभिवृद्धि गर्न चीनबाट सिक्नुपर्छ
नेपालको कर्मचारी संयन्त्रको क्षमता कमजोर छ। निर्णय र समन्वय गर्नसक्ने क्षमता कर्मचारीमा हुनुपर्छ। क्षमताको अभिवृद्धि गर्नैपर्छ। पैसा 'एलोकेट' गरे पनि कर्मचारीको निर्णय क्षमता र निजी क्षेत्रको व्यवस्थापन गर्न नसक्दा समयमा काम हुन सकेको छैन। यी विषयमा सुधार ल्याउन सीसँग सिक्नुपर्‍यो।

सरकारले आयोजनाहरु इपिसिएफ मोडेलमा दिने कानुन ल्याउनुपर्छ। कुनै एउटा ‘बेसलाइन’ त हुनुपर्‍यो नि। 'गाइडलाइन' वा 'प्यारामिटर' नेपालले दिनुपर्छ।

नेपालमा रेल आउन प्राविधिकरुपले निकै कठिन
इन्जिनियरले आयोजनाको लागतलाई ध्यान दिएको हुन्छ। नेपालको लागि रेल आएदेखि राम्रो हो। तर, प्राविधिकरुपमा नेपालमा रेल आउन सक्षम छ? यो मुख्य प्रश्न हो। प्राविधिकरुपले निकै कठिन देखिन्छ। ऋणमा रेल बनाउँदा नेपालले कति वर्षमा चुक्ता गर्न सक्ला? ‘फाइन्सियल रिकभरी प्लान’ नेपालसँग छ कि छैन? अनुदान वा ऋण कुन रुपमा सहयोग लिइएको जनतालाई सु-सूचित गर्नुपर्छ।

सरकारले रेलको विषयलाई उछालेको छ। उछाल्नु जरुरी छैन। चीन जाँदा मैले सुनेको सिगात्सेदेखि केरुङसम्म रेल आउन सन् २०२४ सम्म लाग्छ। त्यो हामीकहाँ छिटोमा सन् २०२८ र ढिलोमा सन् २०३० सम्म हो। त्यो समयको अवस्था हेरेर 'भ्यालु क्याल्कुलेसन' गर्न सकिन्छ।

प्राविधिक र आर्थिकरुपमा सक्षम भए रेल ल्याऔं। तर, डिपिआर नबनिकन गरिएका बहस, बहस मात्रै हुनेछन्। त्यसमाथि रेललाई हास्याँस्पद बनाइएको छ। मेलम्चीकै रुपमा तुलना गर्न थालिएको छ। रेल आउन ढिलाइ भए १५ वर्षपछि रेलको कुरा गर्नेलाई ढुंगाले हान्ने स्थिति आउँछ। रेल ल्याउन सकिएन भने ठट्टाको विषय बन्छ।

नेपालले रेल ल्याउने कुरालाई उचालिरहेको छ, कार्यान्वयन भएन भने दुई देशको सम्बन्धलाई गाँज्नेछ। प्राविधिक/आर्थिक पक्ष र निर्माण अवधि टुंगो नलागी गरिएका बहस निरर्थक हुन जान्छन्।

पोखरेलसँगको कुराकानी पूरा अंशः

(राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष प्रा डा पोखरेलसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित मंगलबार, फागुन ५, २०८२
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ मंगलबार, फागुन ५, २०८२
जेन–जी आन्दोलनप्रति ओलीको टिप्पणी:  एमाले सिध्याउन आगो लगाए मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्दै पहिले फिल्डिङ रोज्यो मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्