• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किन हुन्छ निद्रामा गडबडी ?

चाडबाडमा रातदिन जुवातास खेल्ने र अल्कोहल लिँदा निम्तिने समस्या
64x64
नेपाल लाइभ बुधबार, असोज २२, २०७६  १०:०५
1140x725

हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन। मनमा कुरा खेलिरहन्छ। कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ। राति छिटो निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ। कहिले रातभरि, दिनभरि सुत्ने, कहिले सुत्दै नसुत्ने बानी पनि धेरैको हुनसक्छ। लामो समय निद्रामा समस्या भयो वा राति पूरा समय निदाउन सकिएन भने समस्या हुनसक्छ।

दसैँ–तिहार वा विवाह–ब्रतबन्धजस्ता कार्यक्रममा धेरै काम हुँदा निद्रा गडबडी हुन्छ। तर, दसैँ र तिहारमा हुने समस्या अलि भिन्नै हुन्छ। कामबाट छुट्टी मिल्छ, अफिस बिदा हुन्छ। दसैँँको समयमा त हो नि मनोरञ्जन लिने भनेर मानिसहरु लामो समय तास खेल्ने, मदिरा सेवन गर्ने, धेरै मासु, खाना खाने तर पूरा समय नसुत्ने गर्छन्। कति औषधि सेवन गरिरहेका मानिस यस्तै कुरामा व्यस्त हुँदा औषधि सेवन गर्न समेत बिर्सन्छन्। त्यसले पछि स्वास्थ्यमा समस्या ल्याउन सक्छ।

केही दिन त हो भन्दै लापरबाही गरेर पूरा समय नसुत्दा शारीरिक र मानसिक समस्या ल्याउन सक्छ। त्यसैले जुनसुकै समयमा पनि शरीरलाई आवश्यक पर्ने निद्रा पूरा गर्नुपर्छ। के कारणले निद्रा गडबडी हुन्छ, त्यसले कस्तो असर निम्त्याउँछ भन्ने विषयमा मानसिक रोग विशेषज्ञ डा रितेश थापासँग गरिएको कुराकानीमा आधारित :
 
हाम्रो शरीरमा विभिन्न अंग छन्। सबैको आफ्नै काम छन्। त्यसमध्ये मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा। मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ। उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ। बच्चाहरु धेरै समय सुत्छन्। उमेर बढ्दै जाँदा निद्राको समय घट्दै जान्छ। सामान्यतयाः मानिसलाई ६ देखि ७ घण्टा सुत्नैपर्छ। रात्रिकालीन काम गर्ने मानिसहरु दिउँसो सुत्छन्। सामान्य अवस्थाबाहेक मानिस कम सुत्छ वा चाहिनेभन्दा बढी अवधि सुत्छ भने त्यसका विभिन्न कारण हुनसक्छन्।
निद्रा नलाग्नुका पनि विभिन्न कारण हुन्छन्।

तनाव— अहिलेको व्यस्त समयमा मानिसलाई विभिन्न किसिमको तनाव हुन्छ। तनावका कारणले निद्रा नपर्ने हुन्छ। राति छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, तर्सिने, सुतेको  केही घन्टामै निद्रा खुल्ने, सपना राम्रो नदेखिने कारणले पनि निद्रा पर्दैन।
निद्रा नपर्नुको अर्को कारण एन्जाइटी डिसअर्डर हो, जसका कारण सुतेको बेला तर्सिने समस्या हुन्छ। जस्तोः भूकम्प गएपछि धेरैलाई फेरि भूकम्प आउँछ कि भनेर तर्सिने समस्या भएको थियो। 

निद्रामा गडबडी भएमा टाउको दुख्ने, बिहान फ्रेस अनुभव नहुने, दिनभर अल्छी लाग्ने, जीउ भारी भएर आउने, स्मरण शक्ति घट्दै जाने, कुनै पनि काममा एकाग्रपन नहुने, खान मन नलाग्ने जस्ता समस्या देखिँदै जान्छन्।

बच्चाहरु ठूलो मानिसभन्दा धेरै समय निदाउनुपर्छ। बच्चा राति र दिउँसो सुतेन, धेरै चकचक ग¥यो वा आमाबाबुलाई धेरै सताउने भयो भने चिन्ता गर्नुपर्ने हुन्छ। सोच्नुपर्छ,  केही समस्या छ कि भनेर।

कसैलाई डिप्रेसनका कारणले निद्रा पर्दैन। डिप्रेसनले जाँगर नचल्ने, ओछ्यानमा पल्टिरहन मन लाग्ने, बढी सुत्ने, आलस्य हुने लक्षण देखिन्छ। अल्कोहल सेवनका कारणले पनि निद्रामा असर पर्छ।

कसैलाई मेनिया भन्ने रोग छ भने उसलाई एक÷दुई घण्टाभन्दा धेरै निद्रा पर्दैन। तर, पनि बिहान उठ्दा उनीहरु फ्रेस नै देखिन्छन्, फूर्तिलो महसुस गर्छन्। यस्तो समस्या भएकाहरुमा ठूलोठूलो गफ गर्ने, धाक लगाउने, राति निद्रामा हिँडिरहने जस्ता लक्षण हुन्छन्। 

Ncell 2
Ncell 2

निद्रा गडबडी भएमा देखिने समस्या 
निद्रा गडबडी हुँदा मनोवैज्ञानिक र शारीरिक समस्या बढ्छ। निद्रामा गडबडी भएमा टाउको दुख्ने, बिहान फ्रेस अनुभव नहुने, दिनभर अल्छी लाग्ने, जीउ भारी भएर आउने, स्मरण शक्ति घट्दै जाने, कुनै पनि काममा एकाग्रपन नहुने, खान मन नलाग्ने, जस्ता समस्या देखिँदै जान्छन्। स्टे«स बढ्दै गएपछि दिमागले पनि नियमित काम गर्न सक्दैन। 

हामीले देख्दै आएका छौँ, चाडबाडको समयमा कति मानिसहरु रातभर–दिनभर जुवातास खेल्ने, अल्कोहल खाने गर्छन्। रातभर नसुती तास खेल्दा समस्या निम्त्याउँछ। पर्वको समयमा हाम्रो शारीरिक अभ्यास गर्ने बानी हुँदैन। खानपानमा समेत सन्तुलन नहुने र लामो समय निद्रा नपुग्दा खराब नतिजा निम्तिन सक्छ।

लामो दूरीको यात्रा वा विदेश यात्रामा जाँदा समयमा फरक पर्छ। जसको कारण सुत्ने समयमा गडबडी आउँछ। कति मानिस बाहिरबाट आएकोले निद्रा लागेन भन्दै आउनुहुन्छ। 

यो अवस्थालाई जेट ल्याग भनिन्छ। मोस्ट कमन स्लिप डिसअर्डर हो जेट ल्याग। यो समस्या एक÷दुई दिनपछि आफैँ ठिक भएर जान्छ। सधैँको भन्दा फरक स्थानमा जाँदा र सुत्ने समयमा परिवर्तन हुँदा यस्तो समस्या हुन्छ।

अरु मानसिक तनाव हुँदा पनि निद्रा नपर्ने हुन्छ। कसैलाई निद्रासम्बन्धी नै समस्या हुनसक्छ। जसलाई स्लिप डिसअर्डर भनिन्छ। यो धेरैथरीको हुन्छ। बिनातनाव, डिप्रेसन नभई निद्रासम्बन्धी मात्र समस्या पनि हुन्छ। कति मानिस न्द्रिा परेन भनेर अनेकथरी जाँच गरी निकै रुपैयाँ खर्च गर्छन्। तर, समस्या समाधान हुँदैन। 

केही दिनअघि एकजना बिरामी आउनुभएको थियो। उहाँलाई दुई वर्षदेखि निद्रा नपर्ने समस्या रहेछ। लामो समय हुँदा किन जाँच गराउनु भएन भन्दा आफैं ठिक होला भनेर नआएको भन्नुभयो। पछिल्लो समय अन्य समस्या देखिन थालेपछि आउनुभएको रहेछ। उहाँलाई अन्य केही समस्या थिएन। निद्रासम्बन्धी नै समस्या थियो। निद्रासम्बन्धी समस्या भएकाहरुका लागि स्लिप हाइजिन मेन्टेन गर्न पनि सकिन्छ।

लामो समयदेखि निद्रा परेको छैन भने 
सुत्ने कोठाको, पर्दाको कलर परिवर्तन गर्ने, धेरै ब्राइट कलर नराख्ने,
बत्ति बालेर सुत्ने बानी छ भने निलो कलरको जिरो वाटको बल्व बाल्ने, 
सुत्नुभन्दा आधा घन्टाअघि मनतातो पानीले नुहाउने,
साँझ ५ बजेपछि  कफी नपिउने, 
सकेसम्म राति अल्कोहल सेवन नगर्ने,
विद्यार्थीले ओछ्यानमा बसेर नपढ्ने, 
झुपुझुपु निद्रा नलाग्दासम्म ओछ्यानमा नजाने, 
रातिमा धेरै एक्साइटेट गेम, फिल्महरु नहेर्ने र
हल्का खाना खानेजस्ता उपाय गर्न सकिन्छ।

मकहाँ आउने कति बिरामीले भन्नुहुन्छ– डाक्टरसाप मलाई राति त निद्रा पर्छ तर दिउँसो सुत्नै सक्तिनँ। दिउँसो निदाउनुपर्छ नभए समस्या हो भन्ने उहाँहरुमा भम्र छ। सकभर दिउँसो त सुत्ने नै होइन। दिनभरि काम गर्ने, सक्रिय रहने हो। बिहानको खानापछि आराम गर्ने भन्दै सुतिहाल्ने पनि कतिको बानी हुन्छ। तर, कहिले पनि त्यसो गर्नुहुँदैन। यसरी दिउँसो सुत्दा मोटोपन हुने, खानेबित्तिकै सुत्दा ग्यास्ट्रिकको समस्या हुने हुन्छ।

तपाईं एक÷दुई दिन मात्र निद्रा नलाग्दैमा अस्पताल आइपुग्नु पर्दैन। लामो समयदेखि निद्रा परेको छैन, जसले नियमित प्रक्रियामा असर परेको छ, समस्या बढ्दै गएको छ भने एकपटक जाँच गराउनुपर्छ। नियमितभन्दा चाँडो निद्रा लाग्ने, छट्पटी हुने, निदाउन गाह्रो हुने वा निदाएपछि फेरि ब्युझिहाल्ने, रीस उठ्ने, टाउको दुख्ने र जीउ भारी हुने  जस्ता समस्या भएमा चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ।

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्