• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अनमोलको करिअरमा साम्तेनको निर्देशनः आउला त अभिनयमा सुधार? 

64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १४:१७
1140x725

काठमाडौं– एउटा निर्देशकका कारण कलाकारको अभिनयमा कति फरक पर्छ, त्यसको पछिल्लो उदाहरण हुन्, अभिनेत्री स्वस्तिमा खड्का। फिल्म ‘बुलबुल’ उत्कृष्ट अभिनेत्रीका रुपमा नेसनल अवार्ड जितेकी उनलाई त्यसपछि रिलिज भएको ‘हजार जुनीसम्म’फिल्म हेर्दा दर्शक र समीक्षक दुवैले फिक्का महसुस गरे। 

हुन पनि हो, ‘बुलबुल’को तुलनामा त्यहाँ उनको अभिनय निकै कमजोर थियो। ‘बुलबुल’मा निर्देशक विनोद पौडेलले उनलाई ‘टेम्पो महिला ड्राइभर’को भूमिकामा उतारेका थिए भने ‘हजार जुनीसम्म’मा विकास आचार्यले ‘लभर गर्ल’। 

यो त भयो स्वस्तिमाको उदाहरण। अब चुरो कुरोतिर लागौं। हालै अभिनेता अनमोल केसी निर्देशक साम्तेन भुटियाको नयाँ फिल्म ‘धुपौरे’मा अनुबन्धित भएको घोषणा भएको छ। अनमोलले फिल्मका लागि पचास लाख लिएको चर्चा समेत छ। यद्यपी फिल्म युनिटले त्यसको पुष्टि गरेको छैन। 

‘होस्टेल’बाट ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘क्याप्टेन’ लगायत फिल्म खेल्दै ‘ए मेरो हजुर–३’सम्म आइपुग्दा पनि अनमोलको अभिनयमा खासै सुधार नदेखिएको समीक्षकहरुले बारम्बार टिप्पणी गर्दै आइरहेका छन्। बक्सअफिसमा उनका फिल्मले राम्रै व्यापार गरेपनि उनको अभिनय जीवन्त हुन नसकेको टिप्पणी समीक्षकले गर्दै आइरहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

रंगकर्मी एवम् अभिनय गुरु अनुप बरालले भनेझै अनमोल नेपाली फिल्म क्षेत्रमा ‘डार्लिङ एक्टर’कै रुपमा सिमित हुन खोजिरहेका छन्। 

‘डार्लिङ एक्टरको मोह के हुन्छ भने उनीहरु आफ्नो रुप, आफ्नो लुगाहरु एकदमै राम्रो बनाएर हिँड्न खोज्छन्,’ अभिनेता बरालले एक अन्तरवार्तामा भनेका थिए, ‘उनीहरुलाई मान्छेहरुले मन पराइदिए पुग्छ। कहिलेकाहीँ क्यारेक्टरलाई आत्मसात गर्ने क्रममा निधार पनि खुम्चाउनुपर्ने हुन्छ, चिच्याउदा अनुहार नराम्रो देखिन सक्छ। हो, अनुहारलाई नराम्रो देखाउने त्यस्ता दृश्यहरु उनीहरु गर्न रुचाउँदैनन्। दाँत राम्रो देखिन्छ भन्ने लाग्यो भने ऊ सँधै मुस्काएर अभिनय गर्न खोज्छ। डिम्पल छ भने सधैँ डिम्पलकै पछि दौडिन्छ। उनीहरु एक किसिमको ‘नार्सिज्म’ले ग्रस्त हुन्छन्। आफ्नो क्षमता बढाउने हो भने विविधता दिन सक्नुपर्छ। कति लभरब्वाय भएर खेल्ने?’

सायद समीक्षकको बारम्बार टिप्पणी पछि अनमोललाई पनि यसको आत्मबोध भइरहेको छ। त्यसैले उनी फरक धारका निर्देशकका रुपमा परिचित साम्तेन भुटियाको फिल्म खेल्न तयार भए। 

साम्तेनले ‘तान्द्रो’, ‘अनागत’जस्ता फिल्म निर्देशन गरेका छन्। उनी निर्देशित ‘च च हुई’ मंसिरमा रिलिज हुने तयारीमा छ। उनले निर्देशन गरेको माओवादी द्धन्दको कथामाथि बनेको ‘तान्द्रो’मा अभिनेता दयाहाङ राईंले कमरेड कोसिसको चरित्र निर्वाह गरेका थिए। फिल्म समीक्षकहरुले यो फिल्ममा उनले गरेको जीवन्त अभिनयलाई करिअरकै उत्कृष्ट अभिनय भनेर टिप्पणी गरेका थिए।  कमरेड कोसिसको भूमिकामा दयाहाङले फिल्ममा पात्रअनुसार घाइते कमान्डरको मनोदशालाई जीवन्त प्रस्तुत गरेका थिए। 

अब हेर्न बाँकी छ, फिल्ममा दयाहाङलाई जीवन्त उतार्न सफल साम्तेनले अनमोलको अभिनय निर्खालान् त?  निखारिएछ भने ढुक्कसाथ भनौँला, ‘एउटा कलाकारको अभिनयमा निर्देशकको भूमिकाले साँच्चै फरक पार्ने रहेछ।’

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
दुई संसदीय समितिको बैठक बस्दै
डोल्पामा लेदोसहितको बाढी, एक महिलाको मृत्यु, चार जना घाइते
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन आइतबार, असार २१, २०८३
दुई संसदीय समितिको बैठक बस्दै आइतबार, असार २१, २०८३
डोल्पामा लेदोसहितको बाढी, एक महिलाको मृत्यु, चार जना घाइते आइतबार, असार २१, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
सन् २०३५ सम्म पाँच एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने सरकारको योजना शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ? शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्