• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विपक्षी बेन्चमा निरीह कांग्रेस 

64x64
नेपाल लाइभ शनिबार, असोज ४, २०७६  ०७:४३
1140x725

विसं २०४६ को जनआन्दोलन निर्णायक बिन्दुमा पुर्‍याउन गणेशमान सिंहको प्रमुख स्थान छ। सिंहको अडान अनुरुप बाममोर्चासँग सहकार्यसँगै जनआन्दोलन सम्भव भएको थियो। बहुदलीय व्यवस्थाका लागि संयुक्त आन्दोलनका निम्ति बाममोर्चासँग कांग्रेसको गठबन्धन हुँदैनथ्यो भने कांग्रेस त्यसैबेला विभाजन हुने थियो। उक्त परिघटनालाई हेर्दा ऐतिहासिक जिम्मेवारी गणेशमानबाट भएको थियो। यसमा आज भ्रम पाल्नुपर्ने कारण छैन।

विपी र गणेशमानमा कम्युनिस्टलाई हेर्ने दृष्टिकोणमा भिन्नता थियो। अन्तर्राष्ट्रिय परिवेशले गर्दा कम्युनिस्टप्रतिको बुझाइमा अन्तर थियो। कोइरालाले कम्युनिस्टसँग सहकार्य किन चाहेनन्? अन्तर्राष्ट्रिय परिवेश हेर्दा बाहिरी समर्थन जुटाउन सकिन्न कि भन्ने उनमा थियो। तसर्थ उनले कम्युनिस्टसँग नजिक हुने रुचि देखाएनन्। विपीको समय कोल्ड वारको समय थियो।  चीन वा सोभियत संघको सहयोगले नेपालमा लोकतन्त्र आउने परिस्थिति त्यसबेला थिएन। युरोप र अमेरिका जस्ता देशकै सहयोग आवश्यक पर्ने थियो। यो विचारणीय प्रश्न अहिले पनि छ। 

सिंहले निर्णय गर्नुपर्ने बेला (पहिलो जनआन्दोलनको समय) कोल्ड वार सिद्धिएको थियो।लोकतन्त्रको विश्वव्यापी लहर आएको थियो। कम्युनिस्ट रक्षात्मक अवस्थामा थिए। झण्डामा कम्युनिस्ट बनेकाबाट केही नहुने सिंहकोे विश्लेषण थियो। बाममोर्चासँग सहकार्य गर्ने निर्णय भयो। गणेशमान स्पष्ट व्यक्ति हुन्- हुन्छ ‘हुन्छ’। हुँदैन ‘हुँदैन’। स्पष्ट धारणा र अडान भएकै कारण जनआन्दोलन सफल भयो। त्यसैले त उनलाई लौहपुरुष भन्छौं। आन्दोलनमा वार कि पारको दृढ विश्वस्त भई आन्दोलनमा उत्रने अवस्था उनकै नेतृत्वका कारण भएको थियो। नेताले जनतामा आत्मविश्वास बढाउन सके परिवर्तन हुनसक्ने आत्मविश्वास जगाए।

आजको कांग्रेसले सिंहबाट के सिक्ने? किन सम्झने?
औपचारिकताका लागि मात्रै सम्झने काम कांग्रेसले गरेको छ वा आजको केही सिकेको पनि छ?गणेशमानका सन्दर्भ  कांग्रेसले अहिले सम्झन सकेको छैन। कांग्रेस विचारबिहीन र पत्तासाफ छ। 

गणेशमानका अन्तिम दिनहरू कांग्रेसका लागि थिएन। साथै, किसुनजी पनि अन्तिम समयमा कांग्रेसमा रहेनन्। कांग्रेसमै नभएपनि व्यक्तिको जीवनमा फरक नपर्ला। तर, उनीहरू कांग्रेसमा नहुनुले पार्टीको जीवनमा अर्थ राख्छ। व्यक्ति पार्टीमा हुनु आवधिक हो। पार्टीबाट निष्क्रिय रहेपनि लोकतन्त्र नछोड्नु प्रधानता हो। अर्को आयाम बोक्नका लागि गणेशमानले पार्टी छाडेको होइन। कांग्रेसको तत्कालीन पद्धतिले कहीँ पुगिँदैन भनी निष्क्रिय भएका हुन्। परिवर्तनपछि कांग्रेसको नेतृत्वले पार्टीलाई गति दिन नसक्ने निष्कर्षमा पुगेसँगै उनले पार्टी छोड्ने निश्चय गरे।

गणेशमानलाई नेल्सन मण्डेलासँग तुलना गर्न पनि सकिन्छ। जतिबेला नेपालमा गणेशमानले आन्दोलनको वातावरण बनाउँदै थिए। दक्षिण अफ्रिकामा नेल्सन मण्डेला जेल जीवनमा थिए। संघर्षको गाथा मण्डेलाको जत्तिकै गणेशमानको पनि छ। २७ वर्ष मण्डेला जेल बस्नुभयो। १९९७ देखि २०४६ सम्म गणेशमानका लागि एकप्रकारले जेल जीवन नै थियो। राणा शासन वा निर्वासन जेल जीवन बराबर नै हो। हाम्रा लागि मण्डेला भन्दा संघर्षशील व्यक्ति गणेशमान हो। आजीवन राष्ट्रपति हुन पाउने मण्डेलाले एक कार्यकाल मात्रै राष्ट्रपतिको पद लिए। 

अपेक्षाबिहीन नेतृत्व
नयाँ पुस्तालाई मार्गनिर्देशन गर्ने गरी उनले राजनीतिक अवकाश लिए। गणेशमानले पनि त्यही मार्ग पछ्याए। कांग्रेस नेतृत्वले गलत गरेको समयमा औंला ठडाउन उनी पार्टीबाट निस्किए। तर, कांग्रेस छाडेका उनलाई गलत अर्थमा व्याख्या पार्टी भित्रैबाट भयो। प्रधानमन्त्रीको पद छोड्नु कांग्रेसलाई त्यागको उच्चतम प्रयोग थियो। सिंह कांग्रेसलाई औंला ठडाउने हैसियतामा थिए, कांग्रेसले बुझेन। 

अहिलेको कांग्रेस र गणेशमानको सन्दर्भ जोडेर हेर्न सकिन्छ। कांग्रेसको कार्यशैलीबाट असन्तुष्ट प्रर्दशन गर्ने प्रमुख पात्र तत्कालीन समयमा सिंह थिए। अहिले असन्तुष्टिको मात्रा अहिले बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस अहिले विपक्षी संसदको विपक्षी वेन्चमा छ। प्रमुख विपक्षीको भूमिका कांग्रेसले औचित्य पुष्टि गर्न सकेको छैन। जुन कुरा संसदमा प्रतिपक्ष दलले सशक्त रुपमा उठाउँछ, सर्वसाधारणले साथ दिने एजेण्डालाई हो। अन्तर्राष्ट्रिय क्षेत्रमा संसदमा हेर्दा सरकारको नेता बोलेर सक्ने वित्तिकै विपक्षी दलका नेताले प्रतिवाद गरिहाल्छन्। त्यो दृश्य हाम्रो संसदमा देख्न पाउँछौं? प्रधानमन्त्री केपी ओलीले संसदमा बोलेर बस्न नपाउँदै विपक्षी दलका नेता शेर बहादुर देउवाले प्रतिवाद गर्न सक्छन्? नि:सन्देह छ, सक्दैनन्।

आफ्नो आवाजको प्रतिनिधित्व भएन जनताको नेताप्रति वितृष्णा जाग्छ। विवादित विधेयकहरू संसदमा प्रस्तुत भए। त्यसका विरुद्धमा कांग्रेसले कति आवाज उठायो? केहिदिन अघि बाँकेको घटनाले संसद रोक्ने कांग्रेसले विवादित विधेयकमा संसद अवरुद्ध गरेको देखिएन। संविधानको ठाडै उल्लंघन गरी सभामुख र उपसभामुख एउटै दलबाट बनेका छन्। कांग्रेसले संविधानमा भएको व्यवस्था कार्यान्वयन गराउन सत्तारुढ दललाई दबाब दिन सकेन। व्यक्ति कसले पद प्राप्त गर्छ,गौण हो। संविधानको परिपालना सत्तारुढ दलबाट भयो/भएन,त्यो प्रधान हो। 

पार्टी विना लोकतन्त्र चल्न सक्दैन। यही समयमा नेपाली कांग्रेसको सरकार भएको भए कति फरक हुन्थ्यो होला? फरक केही हुन्नथ्यो। ठेक्कापट्टा कांग्रेसले पनि गरेको हो। अहिले पनि छ। उस्तै त हो। आफन्तका केही व्यक्तिले सत्ताको स्वाद लिने थिए होला। मुलुकलाई फरक हुने थिएन। मेलम्ची ढिलाइ हुनुमा नेकपा मात्रै दोषी छैन। आफ्नो भूमिकाको जिम्मेवारी कांग्रेसले पनि लिनुपर्छ। आफ्नै नेताको सपना पूरा गर्न ४/४ पटक प्रधानमन्त्री कांग्रेसबाट भएका छन्। दोषको भागिदार कांग्रेस पनि हुनुपर्छ। ठेक्कापट्टा, भ्रष्टचारका विषयमा विपक्षी दलको नेताले बोलेको सुनिँदैन। भ्रष्टाचारमा नेकपाको मात्रै हात रंगिएको होइन। सबैका हात रंगिएका छन्। कांग्रेस नेकपा भन्दा कम छैन। 

अराजकता,वेथिति,भ्रष्टाचारका कुरा गरी साध्य छैन। अहिलेको चिन्ता सरकार बाहिर रहेकाहरू को कति स्वच्छ छन् भन्ने पनि हो। मानिसहरू पार्टीका गतिविधिबाट रुष्ट छन्। त्यसकारण पार्टीका पछि आमजनता लाग्दैनन्। मिडिया त साधान मात्रै हुन्। सडक तताउने पार्टी नै हुन्। सामाजिक सञ्जालले नीति परिवर्तनको नेतृत्व गर्न सक्दैनन्। सामाजिक सञ्जालको बल अस्थायी हुन्छ।सामाजिक सञ्जालको क्षणिक वहावलाई टिकाउने निष्कर्षमा पुर्‍याउने कार्य दलकै हुनुपर्छ।  दल नै जनताका स्थायी आवाज हुन्। वर्तमान सरकारले समाप्त गरिदिएको नागरिक आवाजलाई मुखरित गर्ने प्रतिपक्ष दलले हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस आफैंभित्र लोकतान्त्रिक हुन सकेको छैन। कांग्रेसमा खुला प्रक्रियाबाट नेतृत्व चयन गर्न सकिँदैन। कांग्रेसको अहिलेको नेतृत्व र संगठन हेर्दा कसले कति जना क्रियाशील सदस्य हात पार्छ भन्ने हो। नेताहरूको कुरा नमिले क्रियाशील सदस्यता वितरण नै रोकिन्छ। नेताहरूको अभिष्ट कस्तो छ भने आफ्नो पक्षमा भोट हाल्दैन भन्ने लाग्यो भने कार्यकर्तालाई तलै रोकिदिने प्रचलन छ। जीवनभर कांग्रेसलाई भोट हाल्ने नागरिकले कांग्रेसको नेतृत्व चयन हुँदै गर्दा सरोकार राख्नै नपाउने? ठेक्कापट्टा वा लेनदेनबाट आएका महाधिवेशन प्रतिनिधिले मात्रै नेतृत्व चयन गर्ने? कांग्रेस पार्टीभित्रै  लोकतान्त्रिक हुने प्रयासमा छैन। खुला प्रक्रियाबाट पार्टी नेतृत्व चयन हुनुपर्छ।

बेथितिको कारक कांग्रेस पनि
विश्वविद्यालयको अवस्था दयनीय छ। जुन तरिकाबाट विश्वविद्यालय सेवामा प्रवेश गर्ने परिस्थिति विगतमा थियो। अहिले छैन। पार्टीभित्रको लवि र आशिर्वादले मात्रै विश्वविद्यालय सेवामा प्रवेश गर्न सकिन्छ। यस्तो अवस्था किन आयो? विश्वविद्यालयको ऐन श्री ५ कै सरकारकै समयको छ।मध्यपश्चिम, सुदुरपश्चिम विश्वविद्यालयको ऐन बनाउँदा श्री ५ कालिन ऐनको निरन्तरता दिने गरी प्रावधान राखियो। ऐन बनाउँदा तत्कालीन लाभलाई मात्रै ख्याल गर्नुहुँदैन। सत्तामा हुनेले विपक्षीमा रहँदाको समयको ख्याल गर्नुपर्छ। सधैं सत्तामा बस्ने सोंचले ऐन बनाउनु हुँदैन। विपक्षीकालकोे ख्याल नगरि ऐन बनाउने कार्य भईरहेको छ। हामी पटक पटक चुकेका छौं।

न्यायलयमा बेथिति उस्तै छ। कांग्रेसकै कारण सर्वोच्चको उपल्लो स्थानमा पुगेका व्यक्तिको हालत सबैले देखेका छन्। संरचना कस्तो बनाइयो भने आउने २० वर्षसम्म कायम रहने अनुहार अहिले नै थाहा हुन्छ। विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश भएका बेला आएको प्रावधान अनुसार व्यक्तिको कार्यकाल भर्खरै सकियो। यो बीचमा धेरै न्यायाधीश नियुक्ति कांग्रेसकै पालामा भएको थियो। कांग्रेसले नै बसालेको गलत परम्पराको गुनासो अब कसलाई गर्ने? 
(गणेशमान सिंहको २२औं स्मृति दिवसमा खनालले राखेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्