• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नेतृत्वमा सम्मानजनक हैसियत माओवादीले पाएन भने एकता हुन गाह्रो पर्छ'

64x64
नेपाल लाइभ आइतबार, माघ २८, २०७४  ०५:५९
1140x725

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया निर्णायक चरणमा छ। नयाँ सरकार गठन अगाडि नै दुई वाम दलबीच हुने भनिएको पार्टी एकताको मूल प्रश्न एकीकृत पार्टीको नेतृत्वमा गएर अड्किएको छ। एकताका पक्षमा दुवै दलका नेता–कार्यकर्ता उत्साहित भए पनि एकताका लागि गम्भीर वैचारिक र सैद्धान्तिक पक्षको बृहत् बहस नभएको धेरैको गुनासो छ।

एमालेसँगको एकता प्रक्रिया सुरु भएसँगै पार्टीमा विचारको राजनीति सकिएको भन्दै माओवादी केन्द्रका मार्क्सवादी चिन्तक मानिने आहुति र गोपाल किराँती लगायतका केही नेताले पार्टी छाडेको घोषणा नै गरे। तर, माओवादीभित्र बौद्धिक नेताको पहिचान बनाएका अर्का नेता मणि थापा भने एकता प्रक्रियासँगै विचारको नयाँ बहस सुरु भएको भन्दै क्रान्तिकारी धार सकिन दिनु हुँदैन भनेर लागिपरेका छन्।

एकता प्रक्रिया र अबको राजनीतिक मोड लगायतको विषयमा माओवादी केन्द्रका नेता थापासँग हिम विक्रम केसीले गरेको कुराकानीः

एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आहुति लगायतका केही नेताले पार्टी छाडेका छन्। माओवादी आन्दोलनको बहस र भविष्यलाई लिएर पार्टीभित्र समेत गुनासा छन्। नयाँ संविधानको कार्यान्वयनसँगै मूलधारको कम्युनिस्ट दाबी गर्ने माओवादी केन्द्रले विचारको बहस छाडेको हो?

विचारको बहसका आयामहरु हुन्छन्। कुन बेलाको विचार बहसले कुन घटना पैदा गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। अहिले माओवादीमा एउटा विचारको बहस सकिएको छ। नेपालको कम्युनिस्ट आन्दोलनको प्रतिपक्ष धारा जुन छ, त्यो सशस्त्र धाराको बहस सकिएको छ। अब नेपालमा कम्युनिस्ट आन्दोलनको बहस समृद्धि, शान्ति, प्रगति र समाजवादतर्फ उन्मुख भएको छ। 

नेपालमा कम्युनिस्ट आन्दोलनको नयाँ बहस सुरु मात्र भएको छ। पुरानो खालको जडसूत्रीय सिद्धान्तको बहस सिद्धिएकै हो। त्यो नसकिएर नयाँ बहस सुरु हुँदैन। केही साथीलाई माओवादी आन्दोलनको क्रान्तिकारी धारा सकियो कि? क्रान्तिकारी प्रवृत्ति सकियो कि? यसले विचार छाड्यो कि भन्ने लागेको छ। माओवादीले पुरानो विचार छाडेको हो। पुरानो विचार, जो व्यवहारबाट असफल सिद्ध भइसकेको छ, त्यो विचारका सकारात्मक पक्ष लिएर नयाँ कम्युनिस्ट आन्दोलन आउन खोजेको छ। अहिले जनताको समर्थन वाम गठबन्धन र समाजवादप्रतिको समर्थनलाई हो। यो सरकारमा जाने भर्‍याङ मात्रै हो भन्ने केही साथीले बुझेका छन्। यो सरकारमा जाने भर्‍याङ सँगसँगै नयाँ परिवर्तनको थालनी गर्ने माध्यम पनि हो भन्ने कुरा ती साथीले बुझेनन्। उनीहरुको कोणबाट विचारको बहस सकिएको हो। हाम्रो दृष्टिकोणबाट विचारको नयाँ बहस सुरु भएको हो।

माओवादी आन्दोलनमा समस्याहरु छन्, यसमा केही विचलनवादी धारहरु पनि छन्। यसलाई प्रगतिशील बनाएर लैजानुपर्छ भन्ने धारहरु पनि छन्। त्यसमा पार्टी एकतालाई गलत भन्ने धार चाहिँ अब त्यो क्रान्तिकारी धार होइन। एमालेसहित नेपालका सम्पूर्ण वामपन्थी दलहरुलाई एक ठाउँमा ल्याएर समाजवादको नयाँ आन्दोलन सुरु गर्ने भन्ने प्रवृत्ति चाहिँ प्रगतिशील र क्रान्तिकारी धार हो। त्यो प्रवृत्तिलाई साथीहरुले चिन्न सक्नुभएन। माओवादीका पुरानै गलत अवधारणाहरु छन, ती अवधारणाहरुलाई मात्र साथीहरुले समात्नुभयो। माओवादीले सुरु गरेको नयाँ अवधारणालाई स्वीकार गर्न सक्नुभएन। 

तपाईंहरुले जनयुद्धमा उठाउँदै आएका गणतन्त्र र संविधानसभाको मुद्दा औपचारिक रुपमा नेपाली राजनीतिमा संस्थागत भएको देखिन्छ। भर्खरै सकिएको निर्वाचनले नयाँ संविधान कार्यान्वयनको बाटो खुलेको छ। अब संसदीय राजनीतिको एउटा हिस्सा बनेको माओवादी आन्दोलन कसरी अगाडि बढ्छ?

Ncell 2
Ncell 2
nimb
nimb

माओवादीले जे राजनीतिक मुद्दा उठाएको थियो। त्यो मुद्दाको सम्बोधन केही भयो, समग्र रुपमा भएको छैन। देश स्थायित्वतिर जाने प्रक्रियाको सुरुवात भएको छ। समृद्धि र स्थायित्व माओवादीकै नारा भएकाले अब माओवादीकै नेतृत्व स्थापित हुन्छ कि हुँदैन भन्ने कुरा हो। माओवादीको नेतृत्व अबको आन्दोलनमा स्थापित भयो भने गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता लगायत लोकतन्त्रको राजनीतिक आयामले आर्थिक र सांस्कृतिक रुपमा समाजवादी आयाममा फड्को मार्नुपर्ने हुन्छ।

समाजवादी आन्दोलनमा समाजवादी प्रवृत्तिको फड्को मार्न सक्ने परिस्थिति बन्यो भने अहिले प्राप्त उपलब्धिको अर्थ छ। सकिएन भने अर्थ छैन। हामीले नेपालको राजनीतिलाई संक्रमणकालबाट अन्त्य गर्ने भनिए पनि नयाँ संक्रमणकाल आएको छ। त्यो संक्रमण भनेको समाजवाद र एउटै कम्युनिस्ट पार्टी बनाउँछौं भनेर हामीले जनताबाट मागेको भोटले मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजान सक्छौं कि सक्दैनौं भन्ने प्रश्न महत्वपूर्ण हो। यदि हामीले राज्यलाई त्यता लैजान सक्यौं भने माओवादीको राजनीतिक कोर्स निरन्तर अगाडि बढेको हुन्छ, नभए कोर्समा थोरै अवरोध आउन सक्छ। त्यसको निम्ति समेत माओवादी तयार हुनुपर्छ। तर, मुलुक समृद्धि र समाजवादको कोर्सतर्फ अगाडि बढ्यो भन्ने हाम्रो पिश्लेषण हो। 

शान्तिपूर्ण राजनीतिक यात्रामा माओवादी बिस्तारै कमजोर र सानो बन्दै गएको छ। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि अब माओवादी समेत संसदीय राजनीतिको खेलाडी बनेको छ। सांगठनिक रुपमा क्षयीकरणतर्फ लागेको र सानो बन्दै गएको माओवादीको भविष्य कस्तो देख्नुहुन्छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी कहाँ जान्छ भन्ने एक प्रकारको संशय र डर देखिन्छ। किनकि माओवादी ठूलो सशस्त्र संघर्षबाट आएको पार्टी हो। जनयुद्ध चलाउने बेलामा सपना नयाँ जनवाद थियो। त्यो नयाँ जनवादलाई छाडेर माओवादी संघीय लोकतान्त्रिक गणतन्त्रमा आयो। अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत छाडेर माओवादी समाजवादमा जाँदै छ। हाम्रो देशमा प्रत्येक १०÷१० वर्षमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएका छन्। त्यस कारणले माओवादी एकदमै अस्थिर हो कि जस्तो देखिन सक्छ।

अरु विरोधी, साम्राज्यवादी वा प्रतिक्रियावादी शक्तिले गर्दा माओवादीको क्षयीकरण भएको होइन। माओवादीले नयाँ–नयाँ परिस्थितिमा जसरी फड्को हान्दै गएको छ, त्यसलाई व्यवस्थित गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो। अर्थात् आफ्नै आन्तरिक कारण यसमा जिम्मेवार देखिन्छ। माओवादीले अहिले पनि आफूलाई सुधार्न सक्ने हो भने शक्तिशाली पार्टीको रुपमा रहन्छ, गणितको हिसाबले पनि। अहिले पनि नेपालमा जे–जति मुद्दा छन्, जुन प्रकारको संविधान जारी भएको छ, यी सबै माओवादीका मुद्दा हुन्। माओवादीका एजेन्डा देशको मुख्य एजेन्डा बन्ने तर माओवादी पार्टी प्रमुख पार्टी नबन्ने यो विडम्बना छ। विचार छ भने संगठन बन्न सक्छ, विचार भए जनतालाई एक ठाउँमा ल्याउन सकिन्छ। आफ्नो कमजोरी कहाँ छ भनेर माओवादीले आफूलाई चिनेन। आफू जन्मेको गर्भ चिनेन। आफूले निर्माण गरेको इतिहासप्रति प्रतिबद्ध नभएकाले माओवादीका केही ठूला कमजोरी छन्। ती कमजोरी सच्यायो भने माओवादी मुख्य शक्तिको रुपमा रहन्छ, सच्याएन भने अझ कमजोर बन्दै जाने देखिन्छ। अब माओवादीको मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनको कुरा आयो। यो आन्दोलनलाई माओवादीले नै नेतृत्व गर्ने र समायोजन गर्न सक्ने परिस्थिति बन्यो भने माओवादी होइन, अर्को कम्युनिस्ट शक्ति मुख्य हुन्छ। त्यो मुख्य शक्तिमा माओवादीको मुख्य भूमिका रहन्छ। त्यसकारण माओवादीको बदलिँदो स्वरुप र चिन्तनलाई पनि हामीले बुझ्न सक्नुपर्छ।

एकता गरौं भनेर अहिले माओवादी केन्द्र र एमाले दुवै लागे पनि एकताको औचित्य र आवश्यकतामा गम्भीर बहस भएको देखिँदैन। दुवै वामपन्थी दलबीच एकता हुनुपर्ने कारण के हो? एकताको औचित्यमाथि अब आम नेता–कार्यकर्ताले प्रश्न गर्न नमिल्ने हो?

पार्टी एकताको औचित्यमाथि प्रश्न गर्न मिल्दैन। जनताले नै यो पार्टी एकतालाई अनुमोदन गरिसके। हामीले एउटै कम्युनिस्ट पार्टी बनाउँछौं भनेर भोट मागेका हौं। नेपालमा धेरै कम्युनिस्ट पार्टीहरु भए। कम्युनिस्ट मात्र नभएर अरु धेरै पार्टीहरु भए। नेपालमा एउटै पार्टीले मात्र बहुमत ल्याउन नसक्ने, जहिले पनि त्रिशंकु संसद् बन्ने र अस्थिरता हुने परिस्थिति बन्यो। त्यो अस्थिरतालाई मुक्त गर्न नेपालमा पार्टीहरु थोरै हुन जरुरी छ। एउटै कम्युनिस्ट पार्टी बनाउन भोट मागेकाले जनताले त्यसलाई समर्थन गरे। जनताले कमरेड प्रचण्ड र कमरेड ओलीलाई मात्र भनेर भोट दिएका र सम्मान गरेका होइनन्। एउटै पार्टी उहाँहरुले बनाउनुहुन्छ भनेर सम्मान गरेका हुन्। अब उहाँहरुकै कारण एउटै कम्युनिस्ट पार्टी हुँदैन भने त्यो विडम्बनाको प्रश्न हुन सक्छ। अब न बहुदलीय जनवाद, न एक्काइसौं शताब्दीको जनवाद, अब समाजवाद हुन्छ। जो समाजवाद हामीले संविधानमा पनि लेखेका छौं। संविधानमा लेखेको कुरालाई राजनीतिक व्यवहारमा उतार्न समेत वाम एकता र पार्टी एकताको पूरा औचित्य छ। यो औचित्यलाई हामीले अस्वीकार गर्‍यौं भने पाँच वर्षपछि जनताले वाम पार्टीहरुको एकतामाथि प्रश्न गर्छन्। त्यसैले हामीले सम्बोधन गर्नुपर्छ।

पार्टी एकतामा सही वैचारिक र सैद्धान्तिक तर्कको व्यवस्थापन समेत पेचिलो देखिएको छ। एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१औं शताब्दीको जनवादमध्ये कुन विचारधारा एकीकृत पार्टीले अँगाल्छ? दुवै विचारधारामा तपाईको टिप्पणी के छ?

जनताको बहुदलीय जनवाद नेपालमा संवैधानिक राजालाई स्थापित गर्न लिएको जनवाद थियो। त्यसले बहुदल मान्थ्यो, संवैधानिक राजतन्त्रको वकालत गथ्र्यो। त्यो पञ्चायतकालीन प्रगतिशील नारा थियो। २१औं शताब्दीको जनवाद राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र ल्याउनका निम्ति चालिएको प्रगतिशील नारा हो। अब नेपालमा पञ्चायत पनि ढलिसक्यो, राजतन्त्र समेत ढकिसक्यो, बहुदल समेत आइसक्यो। त्यसकारण यी दुवै इतिहासको प्रगतिशील नारा हुन्। न बहुदलीय जनवादले आजको नेतृत्व गर्न सक्छ, न त २१औं शताब्दीको जनवादले अहिलेको परिस्थितिको नेतृत्व गर्न सक्छ। यी दुवै इतिहासको सन्दर्भ मात्र हुन्। अब हामीलाई २१औं शताब्दीको समाजवाद चाहिएको छ। अब विगतको सन्दर्भको बढी छलफल गर्नु भनेको बौद्धिक विलास हो। अब हामीले बहस गर्ने भनेको २१औं शताब्दीको समाजवादको मोडेल नेपालमा कस्तो अपनाउँछौं? यसको राजनीतिक नारा के हो? कस्ता राजनीतिक दलहरु हुन्छन्? अर्थनीति कस्तो हुन्छ? त्यसले हिमाल, पहाड र मधेसलाई कसरी जोड्छ? त्यसले भारत र चीनलाई कसरी जोड्छ? नेपालको जनताको समृद्धि कसरी गर्छ भन्ने नयाँ नारा हामीलाई चाहिएको हो। यदि कसैले जनताको बहुदलीय जनवाद वा २१औं शताब्दीको जनवाद भन्ने नारालाई धेरै जोड दिन्छ भने त्यसले पार्टी एकता चाहेको छैन भनेर बुझ्दा हुन्छ भन्ने मेरो विश्लेषण हो। त्यता फर्कनु हुँदैन। 

विकास र समृद्धिसँगै वाम गठबन्धनले अहिले समाजवादको नारालाई अलि बढी उठान गर्न खोजेको छ। नेपालमा लागू गर्न खोजिएको समाजवाद कस्तो हो? यसलाई परिभाषित गर्ने समय आएन र?

समाजवादलाई वैधानिक रुपमा संविधानमा लेखियो। संविधानमा लेखिएको कुरालाई हामीले विकसित गर्ने कुरा छ। त्यसलाई अब हामीले नयाँ सरकारको नीति कार्यक्रममार्फत अभिव्यक्त गर्नुपर्‍यो। समाजवाद भनेको पनि कुन मोडलको समाजवाद? प्रजातान्त्रिक समाजवाद कि समाजवादी मोडलको समाजवाद हो? त्यो पनि आफ्नो ठाउँमा छ। तर, यसको दिशा कतातिर जान्छ भन्ने कुरामा नेपालको समाजवाद के हो? नेपालको वर्ग संरचना अनुसार समाजवाद के हो? यसको ऐतिहासिक लिगेसीहरु के छन्? यसका अन्तर्राष्ट्रिय आरोह–अवरोह कस्ता छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। यो नेपालका राजनीतिक पार्टी, तिनका नेता, बौद्धिक व्यक्तित्व, पत्रकारलाई समेत सुनौलो अवसर हो। नेपालमा समाजवादको मोडेल के हो भनेर बहसमा सहभागी हुने परिस्थिति बनेको हुनाले समाजवाद एउटा आन्दोलन बन्न सक्ने अवस्था छ। 

अहिले जुन प्रकारको संविधान हामीले पाएका छौं, त्यसमा टेकेर कम्युनिस्टहरुले भने जस्तो समाजवादको यात्रा हामी तय गर्न सकिन्छ?

संविधान हाम्रो निम्ति राम्रो आधार हो। यसमै टेकेर हामी जानुपर्छ, यसलाई विघटन गरेर होइन। अगाडि बढ्दै जाँदा यो समृद्ध हुँदै जान्छ, संविधान संशोधन हुँदै जान्छ। देश समृद्धि हुँदै जान्छ। देश स्थायित्व र समृद्धिमा गयो भने हाम्रो सोच्ने तरिका आजको हुँदैन। हाम्रो संस्कृति, मनोवृत्ति र सम्बन्धहरु फरक हुन्छन्। अहिलेसम्म राजनीतिक क्रान्तिबाट राजनीतिक क्रान्तिसम्म, राजनीतिक परिवर्तनबाट राजनीतिक परिवर्तनसम्म, सरकार परिवर्तनदेखि सरकार बनाउनेसम्मको यात्रा छ। जीवनमा कतै पनि परिवर्तन छैन, समाजमा परिवर्तन छैन, मान्छेको मनोवृत्तिमा परिवर्तन छैन, मान्छेलाई कतै पनि आनन्द अनुभूति भएको छैन, कतै पनि सौन्दर्य देखेको छैन। जहाँ पनि भ्रष्टाचार, जहाँ पनि घुसखोरी, जहाँ पनि नातावाद र कृपावाद छ। राजनीतिमा त्यही देखिन्छ, व्यापारमा त्यही देखिन्छ, पत्रकारितामा त्यही देखिएको छ। विकृतिको सतहबाट समाज अलिकति सुधारतिर, समुन्नतितर्फ अग्रसर भए मान्छेले सोच्ने तरिका र योजनामा धेरै परिवर्तन गर्छ। त्यो अहिले हामी अनुमान गर्न सक्दैनौं। यदि त्यो दिशातर्फ नेपाली समाज गयो भने आफ्नै बहुभाषिक, बहुसांस्कृतिक र बहुआयामिक समाजवादको नयाँ मोडल नेपालमा हुनसक्छ। हामीले भारतबाट, चीनबाट र बेलायतबाट आयात गर्ने होइन, आफ्नै ढंगको मौलिक समाजवाद नेपालमा आउन सक्छ। छुट्टै मौलिक सिद्धान्त नेपालमा बन्न सक्छ भन्ने आधारहरु छन्। 

पार्टी एकताको प्रश्न जोडौं, रुपमा जे देखिए पनि वाम गठबन्धनको एकता एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा अड्किएको छ। माओवादी अध्यक्ष नपाए पार्टी एकतामा जान्छ कि जाँदैन?

हामीले सोचेको के हो भने, एमालेसँग संगठन छ, माओवादीसँग विचार। पछिल्लो चरणको क्रान्तिकारी विचार माओवादीको हो। अहिलेको मुद्दा माओवादीको हो। त्यसकारण विचार माओवादीको, संगठन एमालेको भन्ने हो। अब नेतृत्व कसको भन्ने प्रश्न हो। तर, सबै नेतृत्व माओवादीले ल्याउनुपर्छ भन्ने हाम्रो दाबी छैन। हाम्रो भनाइ सरकारको नेतृत्व एमालेले गर्छ भने पार्टीको नेतृत्व हामीलाई दिनुपर्‍यो भन्ने हो। यदि पार्टीको नेतृत्व एमालेले गर्छ भने सरकारको नेतृत्व हामीले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो। किनकि अब समाजवादतर्फ जाने यात्रा हो। यसको अन्तिम गन्तव्य भनेको समाजवाद हो। समाजवाद कस्तो बनाउने भन्ने कुरा विचारसँग सम्बन्धित छ। समाजवाद कस्तो बनाउने र कस्तो संघर्षबाट अहिलेको राजनीतिक उपलब्धि भयो भन्ने कुरासँग सम्बन्धित छ। त्यसकारण नेतृत्वको प्रश्न अहम् छ। यदि नेतृत्वमा सम्मानजनक हैसियत माओवादीले पाएन भने पार्टी एकता हुन गाह्रो हुन्छ। किनकि नेतृत्वको प्रश्न मुख्य हो।

अब देशलाई कता लैजाने नेतृत्व र विचारको विषय हो। पछिल्लो विचारको नेतृत्व, जनयुद्धको नेतृत्व, जनआन्दोलनको नेतृत्व, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी र लोकतन्त्रको नेतृत्व माओवादीले गरेको हो। त्यसकारण आन्दोलनको नेतृत्व माओवादीले गर्न पाउनुपर्छ। तर, सरकारको नेतृत्व चाहिँ एमालेले गर्दा शक्ति सन्तुलन हुन्छ र यसले नेपाली जनताको, पार्टीका आम नेता–कार्यकर्ताको मनोविज्ञानको नेतृत्व गर्न सक्छ भने हाम्रो सरल र सहज तर्क छ। यसमा एमालेले गणितको आधारमा सबै नेतृत्व आफैंले लिनुपर्छ भन्ने कुरा चाहिँ समाजवादी विचार होइन, त्यो सामन्तवादी विचार हो। त्यो विचारले भोलिको सुन्दर देश बनाउँछ कि भन्ने कुरामा शंका गर्न सकिन्छ। समाजवादको निम्ति सबै राजनीतिक दललाई नेतृत्व गर्न सक्नुपर्‍यो, उदारता देखाउन सक्न पर्‍यो। गिभ एन्ड टेक गर्न सक्नुपर्‍यो। यो कुनै व्यक्तिसँग सम्बन्धित कुरा होइन, यो त राष्ट्र, आन्दोलन र हाम्रो नारालाई अगाडि बढाउने कुरा हो। तर, त्यहाँ एमालेले थोरैले चुक्न खोज्दै छ कि भन्ने हाम्रो आशंका हो। 

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि त्यो एकीकृत पार्टी कम्युनिस्ट हुँदैन भन्ने धारणा पनि छ। वाम गठबन्धनको एकता प्रक्रिया निष्कर्षमा पुगेपछि नेपालमा कम्युनिस्ट पार्टीको भविष्य के हुन्छ?

कम्युनिस्ट रहँदैन भन्ने कुरा होइन, कस्तो कम्युनिस्ट खोज्ने भन्ने कुरा हो। हामीले चिनियाँ कम्युनिस्ट, भियतनामी कम्युनिस्ट, रसियन कम्युनिस्ट खोज्ने हो भने त्यहाँ छैनौं हामी। हामी नेपाली कम्युनिस्ट नै छौं। नेपालमा कम्युनिस्टहरुको २००६ सालदेखि ठूल्ठूला आन्दोलन गरे। नेपालको पृष्ठभूमि कम्युनिस्ट पार्टीको छ। जनताले नै कम्युनिस्ट चाहेनन् भने हाम्रो भन्नु केही छैन। आजको मितिसम्म कम्युनिस्टलाई चाहेको हुनाले कम्युनिस्ट रहँदैन भन्ने हुँदैन। तर, जडसूत्रीय कम्युनिस्ट होइन, मोडर्न कम्युनिस्ट हो। यहाँ आधुनिक कम्युनिस्ट मान्छेले खोजिरहेको छ। हामी जनताले चाहेजस्तो आधुनिक कम्युनिस्ट हुन सकेका छैनौं। पारदर्शी हुन सकेका छैनौं, लोकप्रिय कम्युनिस्ट हुन सकेका छैनौ। हामी सामन्तवादी, षड्यन्त्रकारी कम्युनिस्ट छौं। त्यो हाम्रो कमजोरी हो। तर, नेपालमा कम्युनिस्ट रहँदैन भन्ने कुरा होइन। कम्युनिस्ट नेपालमा लामो समयसम्म रहन्छ। नेपालमा कम्युनिस्टलाई अझ बलियो बनाउन एकता गर्न लागिएको हो।

संसारभर कम्युनिस्टहरु फेरि नयाँ ढंगले पुनर्जीवित भएर आउँछन्। पुँजीवादको विरुद्धको अरु कुनै विचार छ भने संसारमा कम्युनिस्ट बाहेक अर्को विचार त आएको छैन। संसारभरबाट कम्युनिस्टहरु नयाँ ढंगले आउन सक्छन् भन्ने सम्भावना म देख्छु।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्