काठमाडौं- राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा रुक्मणी इन्डस्ट्रिज विरुद्ध करिब साढे १२ करोड बिगो मागदाबी गर्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 
विभागले काठमाडौंमा जिल्ला काठमाडौं महानगपालिका वत्तिसपुतली स्थित रुक्मणी इन्डस्ट्रिजले १२ करोड ४६ लाख राजश्व चुहावट गरेको भन्दै बुधाबार बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 
अन्त:शुल्क इजाजत पत्र नलिई अन्त:शुल्क लाग्ने वस्तुको उत्पादन गरी स्थानीय बजारमा बिक्रीवितरण गर्दा अन्त:शुल्क र भ्याट असुल नगरी कारोबार गरेको भन्दै रुक्मणी विरुद्ध मुद्दा दायर गरिएको विभागले उल्लेख गरेको छ। 
राजश्व नतिर्ने नियतले कार्य गरेको भन्दै विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेका विभागको आरोपपत्रम उल्लेख छ। विभागले सोही ऐनको दफा ४ (क) र (ख) बमोजिम राजश्व चुहावट कसुर भएको पुष्टि हुन आएको उल्लेख गरेको छ। 
रुक्मणी इन्डस्ट्रिजका संचालकद्वय एकता जाजौडिया तथा स्वेता जाजौडियालाई जरिवाना र कैद सजाय समेत हुन मागदावी गरी मुद्दा दायर भएको हो। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।