• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तेम्बाथान : एक अर्को देश!

64x64
नेपाल लाइभ शनिबार, भदौ २८, २०७६  ११:४५
1140x725

सिन्धुपाल्चोक- 

  • तेम्बाथानकी याङ्जी शेर्पाले बुहारी सुत्केरी गराउनकै लागि डेढ लाख रुपैयाँ खर्चेर हेलिकोप्टरबाट काठमाडौं लगेर उपचार गराइन्। गाउँमा स्वास्थ्य चौकी नभएकै कारण सामान्य बिरामीले पनि रोग पालेर वस्नुपर्छ। घरबाट टाढा रहेका आफ्ना आफन्तको खबर लिन पनि आफै पुग्नुपर्छ। 
  • बस्तीलाई अझै सडकले छोएको छैन। सिन्धुपाल्चोकको सबैभन्दा उत्तरी भेगमा पर्ने जुगल हिमाल फेदीको गाउँ तेम्बाथानमा पुग्न मात्रै जिल्लाको गाडी पुग्ने बिन्दु अम्बाखर्कबाट कम्तीमा ५ घन्टाको अक्कर उकालो छिचोल्नुपर्छ।
  • आलु, कोदो, जौको परम्परागत खेती र चौरीपालनकै भरमा जेनतेन गुजारा गरिरहेका तेम्बाथानवासी अझै पनि ढुंगेयुगकै जिवन बाँचिरहेका छन्। ‘हामीकहाँ रेडियो बज्दैन, एफएम आउँदैन,’ जुगल गाउँपालिका ३ का कामी शेर्पा भन्छन्, ‘उही तल बजारबाट यता कोही आए भने अथवा कोही लोकल नेता भेटिए भने देशको नयाँ खबर थाहा हुने हो, अरू कुनै उपाय छैन।’ 
  • सडकले गाउँ नजोडिएका कारण तेम्बाथान एवं नजिकका दिपु, तेगा, साङ्लुङ टोलका मानिस कुनै कामले सदरमुकाम वा राजधानी जान परेमा एक रात कात्तिके बजार वा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङमा बास बसेर मात्रै गाडी चढेर गन्तव्यमा जानुपर्छ। 
  • बालबालिकाले कक्षा तीनभन्दा माथिको शिक्षा पाउँदैनन्। गाउँमै रहेको कहिलेकाहीँ खुल्ने तेम्बाथान आधारभूत विद्यालयमा पढेपछि धेरैले पढाइ छाड्छन्। सोभन्दा माथि पढ्न कम्तीमा ५ घन्टा हिँडेर गुम्बाथान नै जानुपर्छ। अथवा बराम्ची वा जलवीरेमा कोठा भाडामा बसेर नै पढ्नुपर्छ। 
  • २०७२ को भूकम्पमा सबै १ सय ८ घरधुरी भत्किएको गाउँका बासिन्दा अझै पनि अधिकांश टहरो वा चौंरीगोठमै बसिरहेका छन्। 
  • गाउँका अधिकांश युवा खाडी मुलुकदेखि इराक र मलेसिया पुगेका छन्। विदेश जान नसकेकाहरु पनि काठमाडौं रोजगारीका लागि गएका छन्। गाउँ युवाविहीन छ। 

हवाई एम्बुलेन्स नै विकल्प
सहरबजारमा अन्तिम अवस्थामा मात्रै हवाई एम्बुलेन्स प्रयोग गरिन्छ। तर सडकसमेत नभएको कारण तेम्बाथानवासी भने हरेक रोगको उपचार गराउन हेलिकोप्टरको महँगो भाडा तिर्न बाध्य छन्। पैसा नहुनेले मृत्यु कुर्नुको विकल्प छैन। ‘बुहारी सुत्केरी गराउन हेलिकोप्टरबाट तल (काठमाडौं) लाँदा लिएको ऋण अझै तिरिकसेको छैन,’ तेम्बाथानकी याङ्जी शेर्पाले भनिन्, ‘हेलिकोप्टरमा नलगेको भए अहिले बुहारी र नाति दुवैको मुख देख्न पाउने थिइनँ, ज्यान रहे ऋण त तिर्दै गरुँला नि।’ 

याङ्जी जस्तै सबै तेम्बाथानवासी यस्तै पीडामा छन्। गाउँमा युवा नभएका कारण स्ट्रेचरमा बोकेर लैजाने अवस्थासमेत छैन। स्ट्रेचरमा बोक्न कोही तयार भइहाले भने पनि भीर र पहिरोको गोरेटो बाटो छिचोल्नु कुनै युद्ध लड्नुभन्दा कम छैन। बिरामीसँगै बिरामी बोक्ने छिमेकीसमेत त्यही भीरले खाइदेला भन्ने डरले उनीहरु बरु ऋण गरेरै भए पनि हेलिकोप्टरमै अस्पताल जान बाध्य छन्। 

सडक सुविधा नभएकै कारण थोरै पैसाले हुने उपचारको लागि पनि लाखौं खर्च गर्नुपर्ने बाध्यता छ। लिएको ऋणको ब्याज तिर्दातिर्दै जिन्दगी सकिन्छ, ऋण सकिँदैन। 

सडक सुविधा नभएकै कारण यहाँको उत्पादन पनि बजारसम्म पुग्न पाउँदैन। यहाँ उत्पादन हुने आलु, मुला, जौ जस्ता अर्गानिक कृषि उत्पादन बजार पुर्‍याउन नै दुई दिनभन्दा बढी समय लाग्छ। बल्लबल्ल बोकेर पुर्‍याएको सामानले पाएको मूल्यले बोकेको ज्याला पनि उठ्दैन। सडक सुविधा मात्रै हुने हो भने पनि उपचारकै लागि हेलिकोप्टर प्रयोग गर्नु बाध्यताबाट मुक्त हुने याङ्जीले बताइन्। 

सरकारले हालै मात्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकासहित केही स्थानीय तह र अन्य जिल्लामा हवाई एम्बुलेन्स नि:शुल्क गराएपछि भने उनीहरुले केही सहजता महसुस गरेका छन्।

पढाइ तीन कक्षा मात्रै
तेम्बाथानका मिक्मार शेर्पा अहिले २९ वर्षका भए। उनले गाउँकै तेम्बाथान आधारभूत विद्यालयमा कक्षा तीनसम्मको औपचारिक शिक्षा लिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गाउँमा बसेर यही भीरपाखोमा काम गर्न त्योभन्दा बढी पढाइ त किन चाहियो र,' शेर्पाले भने, ‘तीन कक्षाभन्दा माथि पढ्न त त्यतिबेला टाढा जान सकिएन, अहिले जान मिलेन।’ कक्षा तीनमै विद्यालय छाड्नु उनको बाध्यता हो। उनी जस्तै उनका सहपाठीले पनि सोभन्दा बढी शिक्षा लिएका छैनन्। 

त्यो भन्दा माथिल्लो तह पढ्न जानुपरे कम्तीमा ५ घन्टा टाढा गुम्बाथान पुग्नुपर्छ। १०/११ वर्ष उमेरका बालबालिकालाई त झन् त्योभन्दा बढी समय लाग्छ। त्यसमाथि भीर, पहिरो र खोलाको बाटो भएका कारण परिवारले पनि सो बाटो पठाउन मान्दैनन्। 

गाउँमै भएको विद्यालयसमेत नियमित सञ्चालन हुदैन। शिक्षकहरु आलोपालो विद्यालय चलाउछन्। एकै दिनमा सबै शिक्षक विद्यालयमै भेटाउनु धेरै नै दुर्लभ हुन्छ। एउटै कोठामा सबै कक्षाका विद्यार्थीले पढ्नुपर्ने बाध्यता छ। 

सामान्य अक्षर चिन्न सक्ने भएपछि र अलिअलि काम गर्न सक्ने भए पनि कोही पनि युवायुवती गाउँमा बस्दैनन्। धेरैजसो युवा खाडी मुलुक पुग्छन्। युवतीहरु पनि कुवेत, इराक जस्ता मुलुकमा पुगेर आफ्नो श्रम र जवानी बेचिरहेका छन्। विदेश नगएकाहरु भने काठमाडौंकै गलैंचा कारखाना, होटल, रेस्टुराँमा काम गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'खोप नपाए मरी त हाल्दैन नि'
साबिक गुम्बा गाविसमा पर्ने तेम्बाथानका जनताले सामान्य उपचारको लागि स्वास्थ्य चौकी जानुपरे कम्तीमा एक दिन हिँडेर पाङ्गर्पु पुग्नुपर्छ। सुत्केरी जाँच, गर्भपरीक्षण, बच्चालाई लगाउनुपर्ने नियमित खोपका लागि समेत पाङ्गर्पु नै पुग्नुपर्ने कारण अधिकांश बच्चाले खोप लगाउन पाउँदैनन्। सरकारले विभिन्न समयमा अभियानमार्फत सञ्चालन गर्ने पोलियो थोपा, भिटामिन ए लगायतका कार्यक्रममा पनि उनीहरु सहभागी हुन सक्दैनन्। 

गुम्बाथानमा मासिक रुपमा गाउँघर कार्यक्रम सञ्चालन गर्ने गरेको भए पनि त्यहाँसम्म जान पनि उनीहरु सक्दैनन्। ‘यस्तो भीर पहिरोको बाटो छ,’ स्थानीय कामी शेर्पाले भने, ‘खोप नपाए पनि मरी त हाल्दैनन् होला नि, तर भीरबाट लडे मर्लान् भन्ने डरले नै गुम्बाथान पठाउँदैनौं।’

सोलारकै भर
तेम्बाथानमा नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन। धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ। केही हुनेखाने परिवारले सोलार जडान गरेका छन्। तर बर्खामास घाम देख्न महिनौं कुर्नुपर्ने कारण ती सोलार पनि प्रयोगमा आउँदैनन्।

बिजुली नभएकै कारण पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित छन्। टुकी बत्तीको धुवाँका कारण धेरै मानिसमा श्वासप्रश्वास र आँखा तथा टाउको दुख्ने समस्या छ। टुकी बाल्ने मट्टितेल पनि सकिएको समयमा भने उनीहरु अँध्यारो नहुँदै खानपान सकेर सुत्छन्।

गाउँपालिकाको आस
जुगल गाउँपालिकाले जुगल हिमशृंखला अन्तर्गत पर्ने ग्याल्चेन पिक आरोहणको परीक्षण सफल भएपछि भने उनीहरुमा केही आस बढेको छ। तेम्बाथानकै बाटो भएर सो हिमाल आरोहण हुने हुनाले सो स्थानका स्थानीयले पथप्रर्दशकको अवसर पाउने र पाहुनालाई समेत आफ्नै घरमा होम स्टे सुविधा दिएर केही आयआर्जन समेत गर्न सकिने आस उनीहरुले लिएका छन्। 

गाउँपालिकाले तेम्बाथान हुँदै नेपेमासालसम्म मोटरबाटो पुर्‍याउने योजनासमेत अगाडि सारेकाले अबचाहिँ आफ्नो बस्तीको मुहार फेरिने आस लागेको स्थानीय कामी शेर्पाले बताए। 

गुम्बा र तेम्बाथाङ गाउँलाई न्हेसम खोलाले छुट्याएको छ। अहिले न्हेसममा माथिल्लो र तल्लो गरेर दुई जलविद्युत् आयोजना बन्न थालेपछि यहाँको चहलपहल बढेको छ।

वडाको प्रतिबद्धता
यो गाउँमा अहिलेसम्म कुनै पनि मोबाइल सेवा सञ्चालन हुन नसकेको जुगल गाउँपालिका–३ का वडाध्यक्ष सानुकान्छा तामाङ बताउँछन्। त्यसैकारण पनि यो क्षेत्र सञ्चारमा निकै पछाडि रहेको छ।

उनका अनुसार सडक र विद्युतसँग तेम्बाथान अझै जोडिन सकेको छैन। सडक निर्माणले भर्खरै गति लिँदैछ। स्थानीय सरकार आएपछि वडा नं ३ को पहलमा सडक निर्माण कार्य सञ्चालन भएको छ। निर्माणाधीन बलेफी हाइड्रोपावर र सिन्धुज्वाला हाइड्रोपावरको सहयोग राम्रो छ। तेम्बाथान मात्रै नभई सिंगो वडाभित्रको सडक मर्मत र नयाँ ट्रयाक खोल्ने काम भएको छ। गुम्बा हुँदै अम्बाखर्कसम्म पुगेको सडक विस्तार गरेर तेम्बाथानसम्म पुर्‍याउन वडाले रकम विनियोजन गरेको छ। 

सडक स्तरोन्नति र थप बजेटका लागि वडाले गाउँपालिकामा पहल, हाइड्रोसँग पनि सहयोगका लागि माग गरेर तत्काल काम सुरु गर्ने  योजना अगाडि बढाइसकेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्