• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बालाराम घर्तीमगरको राजनीतिक यात्रा : विद्यालय सचिवदेखि सदाबहार जनप्रतिनिधि

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  ११:५०
1140x725

रोल्पा- उमेरले ८२ पुगिसके पनि उनको जोस नौजवानको भन्दा कम छैन। छाला चाउरिएर मुजा परेका छन्। कपाल सेताम्य फुलेका छन्। तर उनको राजनीतिक यात्रा मात्र होइन, समाजसेवाको प्रवाह अझै रोकिएको छैन।

पञ्चायतका ३० वर्ष मात्र होइन बहुदलका ८ वर्षसमेत गरी ३८ वर्षसम्म जनप्रतिनिधि भएर नेपालकै सबैभन्दा धेरै अवधि माननीय (सांसद) हुने ती व्यक्ति हुन्, बालाराम घर्तीमगर। 

१९९४ साउन १९ गते टीकाकुमारी घर्तीमगर र नरबहादुर घर्तीमगरको जेठो छोराको रुपमा रोल्पाको मिझिङमा जन्मिए उनी। आफूमाथिका दुई दिदीहरुको सानै उमेरमा भएको मृत्युले परिवारमा निकै दुःखको वातावरण थियो। यही परिवेशमा उनको जन्म भएपछि परिवारमा विशेष खुसीयाली छाएको थियो। 

नरबहादुरका ४ श्रीमती मध्ये जेठी टीकाकुमारीबाट जन्मिएका हुन्, घर्ती। संयुक्त परिवारमा जन्मिएका उनले आफ्नै बाजे सन्तके घर्तीमगरबाट कखरा सिके। कालोपाटीमा खरी ढुंगाले लेख्ने चलन थियो त्यतिबेला। साँझको समय उनको घरमा पढ्नका लागि गाउँभरका केटाहरु आउँथे। 

'कहिलेकाहीँ त घरको पिँढीमा समेत सुत्ने ठाउँ हुँदैनथ्यो,' उनी विगत सम्झन्छन्। 

उनको पढ्ने इच्छा मरेको थिएन। उमेर छिप्पँदै थियो। २०१७ सालमा भागेर भारतको लखनउ गए। लखनउमा उनका काकाबाजेले जागिर गर्थे। त्यहाँ पुगेर उनले काकाबाजेसँग पढ्ने इच्छाले आएको कुरा बताए। पढ्ने उमेर गइसकेको हुँदा काकाबाजेले उनलाई प्राइभेट ट्युसन पढ्ने व्यवस्था मिलाइदिए। उनले त्यहाँ रहँदा अंग्रेजी भाषा र अन्य विषयको समेत अध्ययन गर्ने अवसर पाए। 

प्रजातन्त्रको स्थापनापछि शिक्षाको लहर फैलँदै थियो। जिल्ला जिल्लामा विद्यालयहरु खुल्दै थिए। उनको गाउँ मिझिङमा पनि विद्यालय खोल्ने चर्चा चलिरहेको थियो। गाउँलेहरुले विद्यालय खोल्नुपर्छ भनिरहेका थिए। 

'विद्यालय कहाँ खोल्ने, कसरी सञ्चालन गर्ने भन्ने विषयमा अलमल परिरहेको बेला खडानन्द सुवेदीले विद्यालयको नामाकरण गरिदिनुभयो,' घर्ती त्यो समय सम्झन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चन्द्रप्रभा प्राइमरी स्कुल रहने भयो विद्यालयको नाम। सबैले स्विकृति जनाए। २०१६ सालमा सो विद्यालयको सचिवमा उनै बालाराम घर्तीमगरलाई नियुक्ति गरियो। 

विद्यालय स्थापना गर्न जति सजिलो थियो त्यसलाई चलाउनु त्योभन्दा कैयौं गुणा गाह्रो। त्यसपूर्व पनि गजुलमा जनज्योति प्राइमरी स्कुल र प्यूठानको पुण्यखोलामा आधार विद्यालय खोलिएको थियो। गजुलमा रहेको विद्यालय निकै सुषुप्त अवस्थामा थियो। पुण्यखोलामा रहेको सो विद्यालय  रोल्पाको सीर्पमा स्थानान्तरण गरियो। चन्द्रप्रभा प्राइमरी स्कुल खुल्नुपूर्व यी दुई विद्यालय खुलेका थिए। यसपछि लिवाङमा बागेश्वरी प्राइमरी स्कुल खुल्यो जसले शैक्षिक जागरणमा महत्वपूर्ण भूमिका खेलेको थियो। जिल्लाका अरेश, बुढागाउँ, फगाम, कोछाप लगायतका स्थानमा समेत विद्यालय खुल्दै गए। 

सक्रिय राजनीतिको सुरुवात
२०१५ सालको संसदीय निर्वाचनले उनलाई राजनीतिमा आकर्षित गरिरहेको थियो। 

नेपाली कांग्रेसको तर्फबाट निर्वाचन क्षेत्र नं ८३ बाट उम्मेदवारी दिएका खडानन्द सुवेदीको प्रचारप्रसार गरे पनि उनको निर्वाचन क्षेत्र भने ८४ मा पर्दथ्यो। जहाँ उम्मेदवार थिए, अनिरुद्र शर्मा। खडानन्द सुवेदीको प्रेरणाका कारण उनले चुनाव प्रचारप्रसारमा समेत सक्रियता देखाए। गुरु खडानन्द र अनिरुद्र दुवैले निर्वाचन जिते। त्यसरी निर्वाचन जितेको भए पनि २०१५ सालमा निर्वाचित जनप्रतिनिधिहरुले लामो समय काम गर्न पाएनन्। 

२०१७ पुस १ गते राजा महेन्द्रले पार्टीहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गर्दै अर्कै मूल्य मान्यता सहितको फरक शासन व्यवस्था सुरु भएको देशवासीका नाममा घोषणा गरे। राजाको घोषणासँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गुरु खडानन्द सुवेदीको सम्पर्कमा पुगे उनी। परिवर्तिन राजनीतिको कसरी मुकाबिला गर्ने भन्ने विषयमा व्यापक छलफल भयो। कसैले भूमिगत हुने कुरा राखे, कसैले  राजाको विरोध गर्न नहुने तर्क राखे, कसैले केही समय पर्खेर निर्णय गर्ने कुरा राखे। 

'विजय वा पराजय आफ्नो इच्छा वा आकांक्षाले हुने होइन,' उनी भन्छन्, 'जनताले गर्ने फैसला हो। त्यसैले यो चित्त दुखाउने वा अपमानित हुने विषय पनि होइन।' 

बैठकको निष्कर्षमा सुवेदीले परिस्थिति जस्तो बनेर आउँछ, त्यही अनुसार अगाडि बढौंला भनेपछि सबैले स्विकृति जनाएर त्यहाँबाट बिदाबारी भए। 

२०१८ सालमा गाउँ पञ्चायतको चुनाव हुँदा उनी वडा सदस्य निर्वाचित भए। वडा सदस्यहरुबाटै प्रधानपञ्च र उपप्रधानपञ्च चयन गर्ने चलन अनुसार उनी प्रधानपञ्चमा निर्विरोध निर्वाचित भए। छोटो समय प्रधानपञ्च भए पनि उनले महत्वपूर्ण काम गरे। खासगरी समाजमा रहेका कुप्रथा र शत्रुतालाई हटाउन उनले धेरै मेहनत गरे। मुखियालाई रिझाएर अरुलाई सताउने चलन थियो। यस्तो चलनलाई निरुत्साहित गरे उनले। गाउँमा हुने झगडा पुस्तापुस्तामा हस्तान्तरण हुन्थ्यो। बाबुबजेको पालामा हुने झैझगडा छोरा नातिसम्म सर्ने गर्दथ्यो, जसले गर्दा गाउँमा शान्ति र अमन चयनको वातावरण बन्न सकेको थिएन। उनले यस्ता झैझगडालाई रोक्ने काम गरे। 

२०१९ मंसिरमा जिल्लासभाको चुनाव हुने भयो। हरेक गाउँ पञ्चायतबाट एकएक जना जिल्ला सभाषद छानिनुपर्थ्यो। उनी आफ्नो गाउँ पञ्चायतबाट जिल्ला सभाषदमा निर्विरोध छानिए। जिल्ला सभापतिमा उनकै गुरु खडानन्द सुवेदी उठ्ने भए भने उपसभापतिमा उनी। उनको प्यानलको प्रतिस्पर्धी थिए सभापतिमा नारायण चन्द र उपसभापतिमा मस्तवहादुर चन्द। सोही महिनाको माघमा सभापति र उपसभापतिको निर्वाचन भयो। सभापतिमा चन्द र उपसभापतिमा घर्ती निर्वाचित भए। 

२०१९ फागुनमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुने भयो। सदस्यका लागि दाङ, प्युठान, रोल्पा, सल्यान र रुकुम जिल्लालाई एकएक सिट छुट्याइएको थियो। त्यसको साथै अतिरिक्त सिट भनेर केही जिल्लालाई केन्द्रले वितरण गर्ने चलन पनि थियो त्यतिबेला। 

मन्त्री नियुक्त हुनेबित्तिकै ठेक्का सम्बन्धी एउटा विवादित फाइल आफूकहाँ आएको र सो फाइल बुद्धिमता तरिकाले सेफल्यान्डिङ गरेको उनी सम्झन्छन्। 

रोल्पाले अतिरिक्त सिट प्राप्त गरेपछि अतिरिक्त सिटमै उनी राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बने। अतिरिक्त सिटमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भए। रोल्पाको एक सिटबाट भने नारायण चन्द विजयी भए। 

२०१९ साल आफ्ना लागि विशेष वर्ष रहेको सम्झन्छन्, घर्ती। किनकि २०१९ सालमा जिल्लासभाको उपसभापति हुँदै उनले राष्ट्रिय पञ्चायत सदस्य हुने अवसर प्राप्त गरेका थिए।

राष्ट्रिय पञ्चायत सदस्य भइसक्दा सम्म पनि उनी काठमाडौं भने गएका थिएनन्। २०२० बैसाखमा राष्ट्रिय पञ्चायतका सदस्यहरुको बैठक हुने भएपछि काठमाडौं जानुपर्ने भयो। घरबाट कोइलावाससम्म पैदल गएका उनी भारतको जरुवा रेलस्टेसनबाट अमलेखगन्जसम्म रेलमा गए भने सिमरा पुगेपछि जहाजमा पुगे काठमाडौं। त्यसअघि उनी भारत जाँदा रेलयात्रा गरेको भए पनि जहाज यात्रा भने पहिलो  थियो। 

'पहिलोचोटि काठमाडौं जाँदा निकै सफा सुन्दर थियो। यातायातका साधन पनि खासै थिएनन्। घरहरु पनि सानासाना थिए,' उनले सम्झिए, 'अधिकांश मानिस नेवारी बोल्थे।'

थाहै नपाई मन्त्री
२०३० चैतमा उनी सदरमुकाम लिवाङ आउँदै थिए। प्युठान घर भएका बालकल्याण माविका प्रधानाध्यापक खेमराज पण्डितसँग वामरुकमा भेट भयो। 

उनलाई देख्नेबित्तिकै पण्डितले भने, 'बधाई बालाराम जी। तपाईं मन्त्री हुनुभयो।'

आफू मन्त्री भएको उनले त्यसबेला मात्रै थाहा पाए। उनी गृह सहायक मन्त्रीमा नियुक्त भएका रहेछन्। मन्त्री नियुक्त हुनेबित्तिकै ठेक्का सम्बन्धी एउटा विवादित फाइल आफूकहाँ आएको र सो फाइल बुद्धिमता तरिकाले सेफल्यान्डिङ गरेको उनी सम्झन्छन्। 

उनी २०३२ सालमा निर्माण तथा यातायात राज्यमन्त्री भए। त्यही समयमा चकचके लिवाङ मोटरबाटोको योजना स्वीकृत भएको हो। २०३९ सालमा रक्षा र उद्योगमन्त्री भए उनी। पञ्चायतकालमा गृह सहायक मन्त्रीबाट मन्त्रीको अनुभव सँगाल्दै आएका घर्तीलाई प्रधानमन्त्री र अर्थमन्त्री बाहेक सबै मन्त्रालय सम्हालेको अनुभव छ। अर्थमन्त्रीहरु विदेश भ्रमण जाँदा पटकपटक सो मन्त्रालय पनि हेरेको अनुभव छ उनीसँग। बहुदलीय व्यवस्था पुर्नस्थापनापश्चात् पनि उनको मन्त्रीयात्रा रोकिएन। २०५१ सालमा आवास तथा भौतिक योजना मन्त्री बने।

२०१९ देखि २०५१ सालसम्म उनी ७ पटक रोल्पा जिल्लाबाट निर्वाचित भए। राष्ट्रियसभामा समेत मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै विजयी भए। 

विद्यालयको सचिवदेखि वडाध्यक्ष हुँदै प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य तथा बहुदलपश्चात् प्रतिनिधिसभा र राष्ट्रियसभाको सदस्य बने। २०४८ सालमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट, २०५६ मा ललितपुर क्षेत्र नं ३ बाट र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट गरी ३ पटक पराजित भए। २०७४ सालको निर्वाचनमा समेत राप्रपाबाट समानुपातिक उम्मेदवार थिए घर्तीमगर।

पराजयलाई अपमान होइन खुसी र गर्व मान्नुपर्ने उनको तर्क छ। 'विजय वा पराजय आफ्नो इच्छा वा आकांक्षाले हुने होइन,' उनी भन्छन्, 'जनताले गर्ने फैसला हो। त्यसैले यो चित्त दुखाउने वा अपमानित हुने विषय पनि होइन।' 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्