• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कठघरामा विवेकशील साझा र नयाँ शक्ति : जनताको विश्वासमा बेइमानी

64x64
किशोर दहाल शुक्रबार, माघ १२, २०७४  ०६:२४
1140x725

गत साउनमा दर्ता भएको 'प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' करिब दुई महिनासम्म पारित हुन सकेन। विधेयककै कारण राज्य व्यवस्था समिति केही साता बन्धक नै बन्यो। एउटा मुख्य कारण थियो, प्रमाणित भ्रष्टाचारीले चुनाव लड्न पाउने कि नपाउने?

सरकारले भ्रष्टाचारीले चुनाव लड्न नपाउने व्यवस्थासहितको विधेयक दर्ता गरेपछि त्यस विरुद्ध कांग्रेसकै सांसदहरुले आफ्नै पार्टीको सरकारले ल्याएको विधेयकमा संशोधन प्रस्ताव हालेका थिए। त्यसमा कांग्रेसका १९ सांसदको सक्रियता थियो। तिनैमध्येका एक थिए– राधेश्याम अधिकारी।

निर्वाचन आयोगले भदौ ५ भित्र उपलब्ध गराइसक्न भनेको त्यो कानुन भदौ १९ गते संसदबाट पारित भयो र २२ गते राष्ट्रपतिबाट प्रमाणित भयो। १९ गते संशोधन प्रस्ताव फिर्ता लिने सहमतिपछि मात्रै संसदबाट पारित हुनसक्यो।

उनै अधिकारी अहिले राष्ट्रियसभाका उम्मेदवार बनेका छन्। प्रदेश ३ बाट 'अन्य समूह'तर्फ उम्मेदवारी दिएका उनलाई सघाएका छन्, नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले।

यी दुवै पार्टी राजनीतिमा 'नयाँपन'को वकालत गर्छन्। पछिल्लो समयका तीनै तहको निर्वाचनमा उनीहरुले पुराना पार्टीहरुको औचित्यमाथि प्रश्न उठाउँदै तिनको संरचना र कार्यशैलीमै खोट रहेको तर्क गरेका थिए।

नयाँ शक्तिको वकालत गरेर बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरेका थिए। त्यसबेला पार्टीलाई 'रातो स्टिकर लागेको घर'को उपमा दिएर उनी बाहिरिएका थिए। त्यसैले उनको नयाँ शक्तिको वकालत नयाँ पार्टी बनाउनु मात्रै थिएन, कार्यशैली र परिस्थितिलाई बुझ्ने शैलीमा समेत नयाँपनको खोजी थियो।

विवेकशील साझाको त एकसूत्रीय मिसन जस्तै बनेको थियो, चल्तीका पार्टीको आलोचना गर्नु। उसले चुनावमा जति प्रचार आफ्नो गर्‍यो, त्यसभन्दा बढी अरुको आलोचनामा खर्चिएको थियो भनियो भने अत्युक्ति हुँदैन। अन्य पार्टीलाई खराब देखाएर आफूलाई अब्बल साबित गर्ने उसको रणनीति बुझिन्थ्यो।

यी दुवै पार्टीलाई चुनावमा जतिले भोट दिए, त्यसका केही साझा कारण छन्। त्यसमध्ये एउटा थियो, इमानदारीको वकालत। जनताले उनीहरुलाई कम्तीमा आफ्नो मतको दुरुपयोग हुनेछैन भनेर नै मत दिएका थिए। ती पार्टीले मत नै त्यसरी मागेका थिए- 'सके राम्रो गर्नेछौं, नसके नराम्रो गर्नेछैनौं।' यसका साथै जनताप्रति इमानदार भएर गरिने राजनीति कस्तो हुन्छ भनेर देखाइदिने उनीहरुको प्रतिबद्धता थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, उनीहरुको त्यस्तो प्रतिबद्धताले जन्मिएको छोटै समयमा बाटो बिराएको छ। नउदाउँदै 'अस्ताइसकेको' नयाँ शक्ति मात्रै होइन, उदाउनका लागि बिहानी पर्खेर बसेको विवेकशील साझाले जनताको मतमाथि घात गरेका छन्। भ्रष्टाचारीलाई चुनावमा भाग लिन दिनुपर्छ भन्ने पात्रलाई जनमत सुम्पिएका छन्। यो परिघटना जनतालाई नवीन संस्कारको लोभ देखाएर मागिएको मतको दुरुपयोग हो। जनताको विश्वासमाथि बेइमानी हो।

विवेकशील साझाका एक प्रवक्ता सूर्यराज आचार्यले ट्विटरमा प्रतिक्रिया लेखेका छन्- 'उहाँलाई तुलनात्मक रुपमा राष्ट्रियसभाका लागि उपयुक्त ठानेर हाम्रो समर्थन भएको हो।'

अब प्रश्न उठ्छ, राजनीतिमा नयाँपनको सुरुवात गर्न तुलनात्मक रुपमा उपयुक्त ठानेर समर्थन गर्नका लागि विवेकशील साझा जस्ता दल किन पो चाहिन्थे? तिनका आदर्श सडकमा किन गुञ्जनुपर्थ्यो? तुलनात्मक रुपमा केही उपयुक्त पात्रको छनोट त अहिले पनि भइरहेकै छ। त्यो काम त चुनावपिच्छे जनताले गरिरहेकै छन् नि!

राजनीतिको यो फ्रेमभित्र नयाँपन र इमानदारीको खोजी असम्भवप्रायः छ भन्दै सुरक्षित करिअर छाडेर उनीहरु राजनीतिको मैदानमा आएका थिए। तर, उम्मेदवारमा अधिकारीलाई सघाउने उनीहरुको कदमले नयाँपन र इमानदारीको जनअपेक्षामाथि पानी छ्यापिदिएको छ।

पार्टी राजनीतिमा अधिकारी एउटा पात्र होलान्। तर, नयाँ किसिमको राजनीतिको वकालत गरेका पार्टीले उनैलाई सघाउनु भनेको चाहिँ प्रवृत्ति पनि हो। अझ 'यो निर्णय राष्ट्रको हितमा छ' भनेर दाबी गर्नु भनेको पुराना पार्टीकै कार्यशैली र निर्णयप्रतिका आलोचनालाई चुप लगाउन अपनाउने सूत्रको पुनरावृत्ति हो।

उता नयाँ शक्ति नेपालको प्रेस विज्ञप्तिमा भनिएको छ– 'राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहलकदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्रायले नेपाली कांग्रेसका ३ नं. प्रदेशको खुलातर्फका उम्मेदवार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको छ।'

विज्ञप्तिको यो अंश हाँसोको वितरण सिवाय केही होइन। अधिकारीको उपस्थितिले राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने आधार के छ, त्यो जनतालाई भन्नुपर्दैन? हिजो महिनौं दिनसम्म भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्छ भनेर संसदको समिति बन्धक बनाउने पात्रले भोलि उस्तै मागमा राष्ट्रियसभा अवरुद्ध बनाए भने नयाँ शक्तिको नैतिकता कहाँ पुग्छ? जनताले गरिमामय उपस्थितिभन्दा पनि गत प्रतिनिधिसभाको निर्वाचनमा संयोजक बाबुराम भट्टराईले कांग्रेसको सहयोगमा जितेकै कारण त्यसैको 'गरिमामय' गुण तिरेको भनेको भए बढी विश्वसनीय हुनसक्थ्यो।

गुण तिर्ने राजनीति नेपालका लागि खतरनाक छ भन्ने विगतमा देखिसकिएको छ। त्यसका लागि पुरानै दलहरु पोख्त छन्। नयाँ दलको थप योगदान अपेक्षित छैन।

नयाँ शक्तिले भने जस्तो खास व्यक्तिको उपस्थितिले मात्रै खास संस्थाको मान्यतालाई सुदृढ गराउँछ भन्नु भ्रमको खेती बाहेक अरु केही हुन सक्दैन। व्यवस्थाभित्र व्यक्ति हुनुपर्छ र व्यवस्थाले नै व्यक्तिको माग गर्नुपर्छ। व्यवस्थालाई व्यक्तिको अनुकम्पाको रुपमा परिभाषित गरिने व्यवस्था लोकतान्त्रिक पनि हुन सक्दैन।

ताजुब लाग्ने अर्को कुरा पनि छ। त्यो हो, गोप्य मतदानको ठेकेदारी। नयाँ दलहरुलाई थाहा हुनुपर्ने हो, जनताले जिताएका प्रतिनिधि तिनका कार्यकर्ता कम र जनताका प्रतिनिधि बढी हुन्। जनताको प्रतिनिधिलाई फलानोलाई भोट हाल्नुस् भनेर दिने निर्देशन घातक छ।

कुनै मतदाताको मतलाई ठेक्का लिने पुरानै प्रवृत्ति नयाँ दलले समेत पछ्याएको पुष्टि हुन्छ। यो कदम नयाँ राजनीतिक संस्कारको सुरुवात होइन, पुरानै दलको बाढीमा हेलिने प्रयत्न हो।

नयाँ राजनीतिको परिकल्पनाकारहरुले आफ्नो मत 'बेच्दै' हिँड्दैन। त्यसका लागि प्रशस्त दलहरु मौजुदा छन्। यो विगतमा बदनाम सांसद किनबेच गर्ने प्रवृत्तिलाई नयाँ किस्तीमा सजाएर भ्रम छर्ने काम हो। आज आदर्शको आवरणमा गरिएका यस्ता काम भोलि आवश्यकताका आवरणमा नहोला भन्ने के ग्यारेन्टी?

अधिकारी व्यक्तिगत रुपमा कस्ता मान्छे हुन् भन्ने कमै मानिसलाई चासो होला। व्यक्तिगत रुपमा उनी राम्रा मानिस हुन सक्लान्। तर, संसदमा उभिएर उनले कस्ता नीतिको वकालत गर्छन् भन्ने चाहिँ आम मानिसको चासो हुन्छ। हुनु पनि पर्छ। त्यो चासोको कम्पास उनका कस्ता अभिव्यक्तितिर तेर्सिन्छ, माथि नै उल्लेख भइसक्यो।

के नयाँ शक्ति वा विवेकशील साझाले आफ्नो मतको यसरी उपयोग गर्नु मनासिब थियो? 'पटकपटक छलफल' गरेर खास पार्टी र उम्मेदवारको निम्ति विज्ञप्तिवाजी गरिरहनुपर्ने जरुरी थियो? चुनाव अगाडि नै 'मिनी कांग्रेस' को ताज पहिरिन आवश्यक थियो? कि, उनीहरुले आफ्नै उम्मेदवार उठाउने प्रयत्न गर्नुपर्थ्यो?

तर्क के पनि गरिन्छ भने, चुनाव जित्ने परिस्थिति नै थिएन। राजनीतिमा जित्ने सुनिश्चित भएपछि मात्रै चुनाव लडिने हो? हिजोको चुनावमा यी पार्टीले कति ठाउँमा चुनाव लडे र कति ठाउँमा जिते? नजित्ने ठाउँमा चुनाव किन लडेका?

यहाँनेर कांग्रेस, एमाले वा माओवादीका उम्मेदवारलाई सघाउने निर्णयको मात्रै कुरा होइन यो। कस्ता तर्कका साथमा कस्ता काम गरिन्छ भन्ने कुरा हो। यो परीक्षामा नयाँ शक्ति र विवेकशील साझा दुवै अनुत्तीर्ण भएका छन्।

लडाइँमा खुट्टाभन्दा पहिले विवेक घाइते हुनु खासै राम्रो लक्षण होइन।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४  ०६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्