काठमाडौं- फिल्म निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
उनीहरु दुबैविरुद्ध पक्राउ पुर्जी आइसकेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसरले दुबैलाई पक्राउ गरी अनुसन्धान गरिने बताए।
छबिकी पहिली पत्नीले हेमा ओझाले उनीहरु विरुद्ध बहुविवाहको निवेदन दायर गरेकी थिइन्।
सोही निवेदन उपर मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरिएको हो।
सम्बन्धित समाचार
छविबाट सुरक्षा थ्रेट भन्दै अभिनेत्री शिल्पाले गुहारिन् प्रहरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।