काठमाडौं– चलचित्र निर्माता छवि ओझाबाट सुरक्षा थ्रेट भएको भन्दै उनकी पत्नी तथा नायिका शिल्पा पोखरेलले उजुरी दिएकी छिन्। 
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षा दिलाई पाऊँ भनेर शिल्पा उजुरी हालेकी हुन्। जिल्ला प्रशासनले उक्त पत्र महानगरीय प्रहरी परिसर काठमाडौंलाई पठाउँदै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। 
यसबारे जानकारी दिँदै काठमाडौं परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने, ‘प्रशासनबाट पत्र आएको छ। दुवै जनालाई बोलाएर छलफल गर्छौं। त्यसपछि थाहा होला के भएको रहेछ।’
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।