सेल्टिक– यसै सिजन बार्सिलोनाबाट फ्रेन्च क्लबमा आवद्ध ब्राजिलियन स्ट्राइकर नेइमारको उत्कृष्ट खेलका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई उसैको घरमा ५–० गोलले पराजित गरेको छ।
मंगलबार रातीदेखि सुरु भएको युरोपेली क्लब फुटबलको चर्चित प्रतियोगितामा सेल्टिकले घरेलु मैदानमा अहिलेसम्मकै खराब नतिजा बेहोरेको हो।
विश्व फुटबलका सबैभन्दा महंगा खेलाडी नेइमारले १९ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल पिएसजीका अर्का प्रभावशाली खेलाडी केलियान एमबापेले ३४ मिनेटमा गरेका थिए। क्लबका पुराना र अनुभवी स्ट्राइकर इडिसन काभानीले २ गोल गरे। उनले ४० मिनेटमा पेनाल्टीमार्फत र ८५ मिनेटमा उत्कृष्ट हेडिङ गोल गरेका थिए। अर्को गोल पिएसजीले उपहारको रुपमा पाएको थियो, जब सेल्टिकका मिकाएल लुस्टिगले आत्मघाती गोल गरे।
पिएसजीसँगै समूह ‘बी’ मा रहेको जर्मनी क्लब वायर्न म्युनिखले ३–० गोलले एन्डरलेच्टलाई पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।