काठमाडौं- एकपछि अर्को फिल्म निर्देशन गरिरहेका निर्देशक मिलन चाम्सले नयाँ फिल्म 'लिलीबिली'को घोषणा गरेका छन्। मंगलबार फिल्मका कलाकार सार्वजनिक गर्दे फिल्मको घोषणा गरिएको हो।
फिल्ममा 'प्रेम गीत' फेमका प्रदिप खड्का प्रमुख भूमिकामा हुनेछन्। फिल्मबाट दुई नव अभिनेत्रीले डेब्यू गर्ने भएका छन्। 'लिलीबिली'बाट जसिता गुरू, र रेविका गुरूङले डेब्यू गर्न लागेका हुन्। फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई तिहार पछी स्कटल्याण्ड र इंग्ल्यान्डमा खिचिनेछ। २ करोड पचास लाख बजेटमा निर्माण गरिने सिनेमामा गोविन्द शाही र सुदीप खड्काको लगानी रहनेछ। ‘लिलिबिली’लाई यहिँ वर्षको चैत ३० गते रिलिज गरिने निर्देशक चाम्सले जानकारी दिए।
(फाेटाे : बिनाेद पाेखरेल)







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।