काठमाडौं– अखिल नेपाल फुटसल संघले राष्ट्रिय फुटसल टिम छनोटका लागि पहिलो चरणमा २७ खेलाडी छानेको छ।
राष्ट्रिय फुटसल लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको संघले जनाएको छ। प्रशिक्षकत्रय राकेश श्रेष्ठ, राजेश शाही र विष्णु गुरुङले खेलाडी छनोट गरेका हुन्।
छनोट भएका खेलाडीलाई आइतबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटो र स्वयम्भूमा बन्द प्रशिक्षणमा राखिनेछ।
बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा अन्तिम टोली घोषणा गरिनेछ। नेपालले आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटमा भाग लिनेछ।
प्रारम्भिक टोली
सुरज राउत, सञ्जोग चाम्लिङ राई, निर्मल गुरुङ, अभय राना, मणी लामा, राज शाही, राजेश कुँवर, विनोद गुरुङ, हरी गुरुङ, सन्तोष तामाङ, नवीन लामा, सौरभ थापामगर, एलिन गुरुङ, सुसन श्रेष्ठ, अरुज सिंह, अमिद हमिद, विजय श्रेष्ठ, सविन खडका, सुजर भुजेल, सञ्जोग महर्जन, लक्ष्मण थापामगर, अमित तामाङ, आसिस लामा, अनिल श्रेष्ठ, नेत्रबहादुर श्रेष्ठ, नितेश महर्जन, सुमित आले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।