काठमाडौं- दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रीम टिकट आजबाट खुलेको छ । टिकट खुलेसँगै गोंगबुस्थित नयाँ बसपार्कमा टिकटका लागि सर्वसाधारणको भीड बढेको छ।
चाडबाडको समयमा यातायात व्यवसायीले यात्रुसँग मनपरी भाडा असुल्न सक्छन् । यातायात व्यवस्था विभागले सवारी साधनको भाडा नबढेको जनाएको छ । विभागका अनुसार, २०७२ माघ २४ गते निर्धारण भएको बस भाडा नै अहिलेसम्म कायम छ।
दशैंमा घर जाने यात्रुले सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी तिर्न नपरोस् भनेर हामीले यहाँ काठमाडौंबाट बाहिरका ११६ स्थानको दूरी र भाडादर राखेका छौं।
यो भाडादर सामान्य सवारी साधनका लागि हो । यदि डिलक्स सवारीमा जाने हो भने यो भाडादरमा यातायात व्यवसायीले थप २० प्रतिशत रकम लिन सक्नेछन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।