धरान– मिस पूर्वाञ्चल २०१७ को फाइनल प्रतिस्पर्धा छनोट भएका १९ प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘मिरिन्डा मिस ट्यालेन्ट’का ेआइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अडिटरियम हलमा भएको हो ।
प्रतिस्प्रधिहरु सिमरन श्रेष्ठ, जोयना लिम्बु, सिमरन राई, सिर्जना अधिकारी, पेमा गुरुङ, रुबी लिम्बु, एजिना सिटौला, सन्ध्या भेटवाल, अनु ढुंगाना, दिपा कटवाल र समिना खतिवडाले नृत्य देखाएका थिए । अर्की प्रतिस्प्रधी एस्तर तामाङले गीत गएकी थिइन् भने संचिता तामाङ, प्रमिला तिवारी र सबिना आचार्यले आफ्नो कविता प्रस्तुत गरेका थिए। शताब्दिका गिरि र सबिना श्रेष्ठले आफ्नो वाककला र सबिना बिपना श्रेष्ठले गार्निश कला स्टेजमा प्रस्तुत गरेका थिए।
गायक नवराम राई, युरेका स्कुलका निर्देशक सुदिप याल्मो, गरिमा डान्सका निर्देशक मणि लिम्बु, संगीत प्रशिक्षक विनायक राई र कृति टिभीका सञ्चारकर्मी तथा प्राध्यापक मोहन श्रेष्ठ निर्णायक रहेका थिए ।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।