नयाँ दिल्ली– हिन्दी फिल्मका अभिनेता तथा थिएटर कलाकार टम अल्टरलाई छालाको क्यान्सर भएको छ। उनी चौथो चरणको क्यान्सरबाट संघर्षरत छन्। यसअघि उनलाई बोनम्यारो क्यान्सर भएको हल्ला चलेको थियो।
तर, टमका छोरा जेमीले यसको पुष्टी गर्दै भने, ‘बुवालाई हड्डीको क्यान्सर होइन, छालाको क्यान्सरबाट पीडित हुनुहुन्छ।’
पछिल्लो समय क्यान्सरकै कारण टमको एउटा औला काट्नु परेको थियो। टमलाई गत साता मुम्वईको सेफी अस्पतालमा भर्ना गरिएको थियो। जेमीले भने, ‘बुवाले क्यान्सरबाट लड्न आत्मबल देखाउनु भएको छ। उहाँको शरीरले राम्रोसँग काम गरिरहेको छ। चिकित्सक पनि खुसी छन्।’
जेमीले बुवाको उपचारको कुरालाई नितान्त व्यक्तिगत राख्न चाहेको बताए। टम अल्टरको लघु कथा ‘द ब्ल्याक क्याट’ का निर्माता, निर्देशक भार्गव सेकियाले भने, ‘टमलाई विशेष स्क्रिनिङका लागि मसुरी बोलाएका थियौं तर स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँ आउनु भएन।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।