• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

शान्ति ठटालको भावुक बनाउने धुनमा मुना-मदन

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  २२:५१
1140x725

काठमाडौं- नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए। गायक, गायिका र वाद्यवादकका बीच हार्मोनियमका साथ उपस्थित शान्ति ठटालको मुहारमा पनि भावुकताको झलक पाइन्थ्यो।  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७७ ताका संगीत भरेकी थिइन्। उनकै अगुवाइमा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो। गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुनको अभिलेख भने थिएन। नेपालयको अनुरोधमा शान्ति ठटालले मुना-मदनका पुराना धुनलाई परिमार्जन गर्दै पलेँटी टीमका साथ प्रस्तुत गरेकी हुन्।

यसपालीको पलेँटीलाई शान्ति ठटालको लामो सांगीतिक जीवनको उत्सवको रुपमा प्रस्तुत गर्ने उद्घोष गरिएको कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा ठटालको गायन-यात्राको चर्चा गर्दै उनका चारवटा गीत प्रस्तुत भएका थिए। पलेँटीबाटै आफ्नो सांगीतिक जीवनलाई सक्रिय बनाएकी मीना निरौलाले ठटालका पुराना गीत सुनाएकी थिइन्।

‘म सानैदेखि गीत गाउनमा रुचि राख्थेँ; कुनै सभा-समारोहबाट गाउने निम्ता आयो भने स्कुल पोसाकमै दौडन्थेँ। संगीतको त्यही मोहले संगीतका हस्तिहरूसँग संगत गर्ने मौका जुर्‍यो। त्यही क्रममा संगीतकार अम्बर गुरुङले रचेर धुन भरेको ‘सम्हालेर राख’ गाउने मौका जुर्‍यो। उहिल्यै राजा महेन्द्रको जन्मोत्सवमा काठमान्डौ आएका बखत रेडियो नेपालमा रेकर्ड भएपछि यो गीतले मलाई यता पनि चिनायो।‘ शान्ति ठटालले जानकारी गराएसँगै मीनाले सुनाइन्- ‘सम्हालेर राख; संगालेर राख, फेरि फुल्ने हो कि होइन जीवनको फूल’।

कार्यक्रमको दोस्रो गीत कवि बैरागी काइँलाले रचेको मधुर गीत थियो। कवि काइँला दार्जिलिङमै विद्यार्थी छँदा अम्बर गुरुङले नै संगीत भरेको ‘मेरो दुखी मन’ रेडियो नेपालमा एक्कै दिन रेकर्ड भएका थिए। ‘त्यो दिन काठमाण्डौ घुमेर थाकेकै अवस्थामा रेडियो नेपाल घुम्न पुगेका थियौं। त्यही दिन अरुणाको स्वरमा पनि सात वटा गीत रेकर्ड भएका थिए।‘ यो जानकारीसँगै शान्तिले आफूहरूलाई शहर घुमाएर रेडियो नेपाल पुर्‍याउने गायक पुष्प नेपालीको सम्झना गरिन्। उनको यो सम्झनासँगै मीनाकै स्वरमा ‘मेरो दुखी मन, सपना नखोज’ गुञ्जिएको थियो। शान्ति ठटालको गायन यात्राको चर्चासँगै प्रस्तुत भएको तेस्रो गीत ‘आकाश झुक्यो, धरती उठ्यो, खेल हो कि मेल हो, तृष्णा मेट्ने पानी पाए, पिउने हो कि भेल हो’ ले ‘आर’शाला गुञ्जायमान भयो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि शान्ति ठटालको संगीत सृजनाको पाटोको चर्चा भएको थियो। कार्यक्रम संचालन गरिरहेका पलेँटी संयोजक आभासले गायिकाबाट संगीतकारमा प्रवेश गर्दाको क्षण सम्झन अनुरोध गरे। ‘मैले सबैभन्दा पहिला धुन भरेका गीतमा मेरी भाउजू शशी ठटाल र अम्बर गुरुङका गीत पर्छन्। भाउजूले भानु जयन्तिका निम्ति भानुभक्त सम्बन्धि गीत लेख्नु भएको थियो। अम्बर गुरुङले रचेको गीत भने ‘म अचानक नै अडेँ’ थियो। संचालकको अनुरोधमा उनले सोही गीतको स्थाई गाएर सुनाउँदा उपस्थित दर्शक, श्रोताको तालीले ‘आर’शाला गुञ्जायमान भएको थियो। कार्यक्रम संचालकले ‘अम्बर गुरुङ आफैँ सफल संगीतकार हुनुहुन्थ्यो; उहाँले लेखेको गीत तपाईंको धुनमा सजिन कसरी आइपुग्यो ? भन्ने जिज्ञासा राख्दा शान्तिले भनिन्- ‘खै के लागेर हो ? अम्बर गुरुङले मलाई धुन भर भनेर यो गीत दिनुभयो। मैले धुन भरेँ। अम्बर गुरुङकै सामुन्नेमा सुनाउने आँट भने आएन। एउटा सांगीतिक जमघटमा मैले अम्बर गुरुङका सामुन्ने सुनाउन अनकनाएपछि, उहाँ अर्को कोठामा जानुभयो र मैले सुनाएँ। ‘हँसमुख शान्तिले अगाडि थपिन्- ‘नेपथ्यमा बसेर गीत सुनिरहेका अम्बर गुरूङको प्रतिक्रिया भने आज नभनूँ ! मेरै मुखबाट यो कुराभन्दा अलि बडप्पन हुन्छ।‘ ठटालको यो धारणाको लगत्तै दर्शकदीर्घाबाट कवि मञ्जुलको आवाज सुनियो- ‘भन्नुस् न ! अम्बर दाइले त्यतिबेला के भन्नुभयो ?’ हिचकिचाइरहेकी शान्तिले भनिन्- ‘अनि ! भन्नु नै ?’ ‘भन्नुस् न !’ अम्बर गुरुङले भन्नुभयो- ‘यो गीतमा मैले नै धुन भरेको भए पनि यत्तिको राम्रो हुनेथिएन !’ अम्बर गुरुङ जस्तो मूर्धन्यको त्यो प्रतिक्रियाले मलाई संगीतकार बन्ने आत्मबल दियो।‘ शान्तिको अभिव्यक्तिसँगै हल फेरि तालीले गुञ्जियो। 

ठटालको सांगीतिक जीवनको चर्चाकै क्रममा उनले संगीत भरेको चलचित्र ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’को पनि सन्दर्भ उठेको थियो। कार्यक्रममा ‘बाँच्न चाहनेहरू’ चलचित्रकी मूल गायिका शान्ति ठटालको दाहिलेतिर बसिरहेकी थिइन्। शान्ति ठटाललाई नेपाली चलचित्रमा संगीत भर्ने प्रथम महिला संगीतकारको रुपमा पनि लिइन्छ। चलचित्र संगीतमा उनको संलग्नताको सन्दर्भकै क्रममा अरुणा लामाको स्वरमा रेकर्ड भएको गीतलाई मीनाले नै सुनाइन्- ‘उडी जाऊँ भने म पन्छी होइन; बस्नलाई हे लै मन छैन’।

कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत भएको थियो मुना-मदन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक मुना-मदनलाई ठटालले आफूले पहिले रचेको धुनलाई सम्झँदै परिमार्जन गरेकी हुन्। सिक्किममा बसेर परिमार्जन गरेको यो धुनमा मुना-मदनको झ्याउरे भाकाको लोकप्रिय शैलीकै झलक रहेको छ। नारायण गोपालले आफैँले धुन भरेर गाएको मुना-मदनमा पनि झ्याउरे भाकाको उही लोक शैलीको रङ्ग समेटिएको पाइन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पलेँटीमा ठटालको धुनमार्फत् प्रस्तुत भएको मुना-मदन कथा वाचन शैलीमा प्रस्तुत भएको थियो। त्यसैले मुना-मदनलाई चरित्र केन्द्रीत नगरी कथा वाचनको रुप प्रदान गरिएको थियो। प्रस्तुति र कथालाई एकसाथ समेट्नका निम्ति भूषिता वशिस्ठले सूत्रधारको भूमिका निभाएकी थिइन्। मुना-मदनको शुरुवातमा भूषिताले मुना-मदनलाई वर्तमान नेपाली समाजको अवस्थासँग तुनला गर्दै भनिन्- ‘महाकवि देवकोटाले नेवारी लोक रचनाबाट प्रभावित भएर रचेको मुना-मदनको सन्दर्भलाई भोटतिर नजोडी खाडी मुलुकतिर जोड्यो भने यो कथा अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ’। मुना-मदनका धुन भरिएका हरफहरूलाई बिमला सेञ्चुरि प्रधान, मीना निरौला, बलराम समाल र आभासले स्वर दिएका थिए। झण्डै ४५ मिनेटमा समेटिएको कथालाई प्रस्तुत गर्ने क्रममा मुना-मदनको वियोगान्त कथाले सबैलाई भावुक बनाएको देखिन्थ्यो। सूत्रधारकै आँखाका गहसमेत टिलपिल देखिन्थे।

अन्तिममा प्रस्तुत भएका हरफ- ‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती, ज्योतिको स्वरुप लिएर गइन् बगैँचा बसन्ती !’ को प्रस्तुतिपछि ‘आर’शालामा भावुक मौनता फैलिएको थियो। मौनतालाई तोड्दै दर्शकदीर्घामा रहेकी कवि शिरोमणि लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेले भनिन्- ‘झण्डै रोइएन !’ पुराना कुटनितिज्ञ डा. भेष बहादुर थापा र डा. रिता थापा पनि थप्दै थिए- ‘साँच्चै पावरफूल, एक्सिलेन्ट !’

पलेँटीको वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर कुमार महर्जन रहेका छन्।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ। त्यसैले यसपालीको पलेँटी पनि शनिबार र आइतबार समेत निरन्तर छ।

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्