काठमाडौं– नेपाली सेनाले भिजिट नेपाल २०२० काे प्रवर्द्धनमा सहयोग गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० मा सेनाले ९ वटा कार्यक्रम गर्ने भएको हो।
सेनाले आज पत्रकार सम्मेलन गर्दै ९ वटा कार्यक्रम सार्वजनिक गरेको छ। सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा कार्यक्रम गर्ने भएको हो। साथै सेनाले प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।