काठमाडौं- वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने भएका छन्।
रिटर्नी समूहले गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रियाअघि बढाएको हो।
उक्त चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको लगानी रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ।
परियोजनामा लगानी गर्ने सेयर सदस्यहररू छनाेट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ। उक्त परियोजना निर्माणका लागि कन्सेप्ट पेपर स्वीकृत भएकाे छ।
चालू आर्थिक वर्षमा सरकारको १ करोड ७५ लाख रुपैयाँ पनि स्वीकृत भएको भएकाे छ। परियोजना निमार्णका लागि आवश्यक छलफल भइरहेको रिटर्नी माइग्रेन्ट नेपालले जनाएको छ। परियोजनाका लागि मंसिर ७ गते सेयर सदस्यता खुला हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।