काठमाडौं- नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मुस्ताङको लार्जुङमा फर्मुला–इ कार रेसिङ हुने भएको छ।
एक अर्बभन्दा बढी खर्च हुने अनुमान गरिएको सो कार्यक्रमको संयोजनसँगै सहकार्यमा ‘एक्स्ट्रिम रेस’हुन लागेको हो।
सन् २०११ मा पहिलोपटक यसको घोषणा भएको थियो भने सन् २०१४ मा बेजिइङमा यस्तो रेसको उद्घाटन भएको थियो। यसमा विद्युतीय कारको प्रयोग हुनेछ। रेसका लागि आवश्य सबै सामान आयोजकले नै नेपाल ल्याउने छ। साथै खर्च पनि आयोजकको नै हुने छ।
जोमसोममा पुगेर फर्मुला–इ च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगाग र मन्त्री योगेश भट्टराईले उक्त कार्यक्रम आयोजना गर्ने भन्दै घोषणा गरेका थिए। केही दिन अघि घोषणा भएको कार्यक्रमको विषयमा आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
यो कार्यक्रममा सन् २०२१ को मेमा हुनेछ। फर्मुलाको इ–सिरिजका अध्यक्ष तथा सिइओ अगाग व्यापारी तथा उद्ममी हुन्। उनी इस्पेनका प्रधानमन्त्रीका सहयोगी भइसकेको एक्स्ट्रिम इको वेबसाइटमा उल्लेख छ।
कसरी आइपुग्यो यो कार्यक्रम नेपाल
फर्मुला–इ कार रेस गर्ने स्थल खोजीमा आयोजक भारतको लद्दाखमा आएको थियो। तर, भारत पाकिस्तान बीचको विवादका कारण टोली भुटान पुगको थियो।
आयोजकले भुटानमा कार्यक्रममा लागि दुई छनौट गरेको स्थलमा केही समस्या फेला पारेपछि नेपालको मुस्ताङ मोडिएको थियो। आयोजकले भूटानमा कार्यक्रम गर्न मिल्ने एक ठाउँमा रोड नपुगेको र एक ठाउँ केही बिरुवाको क्षति हुने अवस्था देखेपछि नेपाल आएको थियो। नेपालको मुस्ताङमा भने रोड पनि पुगेको कुनै क्षति नहुने अवस्थासँगै रमणीय दृष्य फेला पारेकाले नेपालमा कार्याक्रम आयोजना गर्ने निर्णय गरेको थियो।
यस कार्यक्रमले नेपालको हिमाल पर्यटनलाई समेत सहयोग पुग्ने अनुमान गरिएको छ। कार्यक्रम नेपालमा हुने निश्चित भएपनि दुईपक्षीय सहमति भने हुन बाँकी छ।
विश्वव्यापी रुपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएको छ। नेपालमा हुने रेसिङ भने फरक छ। यसमा विद्युतीय एसयुभी गाडी प्रयोग हुने छ।
युरोपियन युनियनको सांसदसमेत भइसकेका उनले सुरूमा फर्मुला वानको टिभी राइट किनेर यसमा जोडेका थिए। अहिले उनी एक्स्ट्रिम इको सिइओ छन्। जसले फर्मुला ई सिरिजको प्रतिस्पर्धा सञ्चालन गर्छ।
पर्यटन बोर्डका कार्यकारी जोशीका अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन्। यसका नेपाल सरकारको तर्फबाट सहयोग मात्रै हुने तर, खर्च उनीहरुकै हुने जोशीले बताए। यो कार्यक्रम विश्वको चर्चित टिभीबाट प्रत्यक्ष प्रसारण पनि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।