• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जम्मु-काश्मिर विवाद : विश्व समुदायबाट पाकिस्तानलाई अलग्याउने प्रयास!

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  १९:३१
1140x725

भारत र पाकिस्तानबीचको तनाव अझ बढ्ने पछिल्ला घटनाले देखाएका छन्। गत फागुन २ गते कास्मिरको पालुवा जिल्लामा भएको आतंककारी आत्मघाती हमलामा परी करिब ४० भारतीय अर्धसैन्यबल (सिआरपीएफ)को निधन भएपछि भारत र पाकिस्तानबीचको तिक्तता चुलिन थालेको हो। 

बिदा मनाएर काममा फर्कँदै गरेका २५ सय सिआरपिएफ जवान सवार ७८ वटा बस लक्षित गरी आत्मघाती हमला भएको थियो। हमलाको आतंकवादी संगठन जैश-ए-मोहम्मदले स्वामित्व लिएको छ। १ सय केजी विस्फोटक प्रदार्थ स्कोरपियो भ्यानमा राखी गरिएको उक्त हमला कास्मिर क्षेत्रकै युवाको संलग्नता रहेको बताइएको थियो।

आतंककारी हमलाको दुई दिनपछि सोही क्षेत्रका आसपासमा रहेको विस्फोटक पदार्थ विस्फोटनमा परी थप एक भारतीय सैनिकको मृत्यु भयो। भारतीय सैनिक र विद्रोही सैनिकबीच भएको दोहोरो भिडान्तमा परी थप ४ भारतीय सैनिकको मृत्यु भएको जनाइएको थियो। 

आतंककारी हमलापछि भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्ध झन् बढेको दुई देशबीच हालै देखिएको सम्बन्धले पुष्टि गरेको छ। आतंककारी हमलापछि भारतमा मन्त्रिपरिषदको सुरक्षा समितिको बैठक बसेको थियो। फागुन ४ गते बसेको बैठकले पाकिस्तानलाई दिँदै आएको व्यापारमा अनुकुल राष्ट्र (एमफएन) को हैसियत नदिने घोषणा गरेको थियो। 

यस्तै बैठकले पकिस्तानलाई विश्व समुदायबाट अलग्याउन हरसम्भव प्रयास गर्ने पनि बताएको थियो। बैठकपछि भारतीय वित्तमन्त्री अरुण जेट्लीले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भारतले पाकिस्तानलाई विश्वसमुदायबाट अलग्याउन हरसम्भव प्रयास गर्ने जनाएका थिए।

उता पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै क्षेत्रको स्थिरताका लागि शान्तिको प्रयास गर्न भारत सरकारसँग आह्वान गरेका छन्। भारतमा जैश–ए मोहम्मदले गरेको आत्मघाती आतंककारी हमलाका लागि पाकिस्तान दोषी रहेको बताउँदै पाकिस्तानमा आक्रमण गर्नुपर्ने मत बढ्दै गर्दा पाकिस्तानी प्रधानमन्त्री खानले यस्तो आह्वान गरेका हुन्।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत–पाकिस्तान अलग भएका थिए। विभाजन भएको ७ दशकभन्दा बढी समयको अन्तरालपछि पनि दुई देशबीचको तिक्तता कायमै छ। भारतमा ब्रिटिस साम्राज्य रहेका बखतका अवधिमा तत्कालीन कास्मिर स्वतन्त्र राज्य थियो। तर, सन् १९४७ अक्टोबर २६ मा भारत स्वतन्त्र भएको भोलिपल्ट नै तत्कालीन कास्मिर राज्यलाई भारतमा समावेश गरिएको थियो। 

तत्कालीन कास्मिरी राजा हरि सिंहले सन् १९४७ अक्टोबर २६ मा कास्मिरलाई भारतीय राज्यको हैसियत प्रदान गर्न आग्रह गरेको भूराजनीतिक मामिलाका जानकार अरुण सुवेदी बताउँछन्। ‘भारत स्वतन्त्र हुनुअघि कास्मिर स्वतन्त्र राज्य थियो। तर भारतबाट ब्रिटिस साम्राज्यको समाप्तिसँगै कास्मिरी राज्य भारतीय राज्यमा ल्याउन सिंहले आग्रह गरेका थिए,’ सुवेदी भन्छन्।

Ncell 2
Ncell 2

केही विश्लेषक भारतले ब्रिटिस सम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेसँगै जुम्बु–कास्मिरको मुद्दालाई तत्कालीन ब्रिटिस राज्यले नै अधकल्चो पारेर छाडेको आरोप लगाउँछन्। भारतमा स्वार्थ कायम राख्न र भारत तथा पाकिस्तानबीच सुमधुर सम्बन्ध स्थापना हुन नदिन पनि जम्मु-कास्मिरको विषय ७ दशकसम्म पनि समाधान हुन नदिइएको विश्लेषण हुने गरेको छ। 

दुई देशबीच तनाब बढ्दै जाँदा भारतले पाकिस्तानको खेबर-पख्तुनख्वा प्रान्तको मनसेहरा जिल्लामा पर्ने बालाकोट भारतीय हवाई सेनाले आक्रमण गरेको छ। 

जैश-ए-महोमदको आधार इलाका रहेको बालाकोटमा भारतीय वायुसेनाले बम आक्रमण गरेको बताइएको छ। मंलगबार बिहान भारतले गरेको आक्रमणमा करिब ३ सय जना मारिएको भारतीय सरकारलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

तर यो विषयको स्वतन्त्र पुष्टि भने भएको छैन। भारतीय वायु सेनाको आक्रमणको पाकिस्तानले भर्त्सना गरेको छ। भारतीय सेनाले सीमारेखा (एलओसी) उल्लंघन गरेको पाकिस्तानले आरोप लगाएको छ।

भारतीय राजनीति दुई कित्तामा 
पुलवामा हमलापछि भारतीय राजनीति दुई कित्तामा देखिएको छ। पाकिस्तानमाथिको हमलामा भारतीय सत्तापक्ष र प्रमुख प्रतिपक्ष कांग्रेस आई एक भएपनि पुलवामा भएको आतंककारी हमलापछि भारतीय सरकारले राष्ट्रिय शोक घोषणा नगरेको भन्दै कांग्रेसले सरकारको विरोध गरेको थियो। 

‘राष्ट्रिय विपत्तिको यस्तो घडीमा पनि सरकारले राष्ट्रिय शोकको घोषणा नगरेर हमलामा परी निधन भएका सैनिकको योगदानको कदर गरेन,’ भारतीय सञ्चारमाध्यमा बोल्दै भारतीय काग्रेसका प्रवक्ता अभिवेक मानुले बताएका छन्।

यता कास्मिरमा भएको आतंककारी हमलाको भारतीय प्रधानमन्त्रीलाई जानकारी नै नभएको कांग्रेस आईले आरोप लगाएको छ।

आतंककारी हमला भएको दिन फागुन २ गते भारतीय प्रधानमन्त्री नेसनल जियोग्राफीका लागि सुटिङ गर्दै गरेको र खराब मौसमका कारण प्रधानमन्त्रीसमक्ष सूचना नपुगेको बताइएको छ। 

भारतको १७औं लोकसभाको निर्वाचन आगामी अप्रिलमा महिनामा हुँदै गर्दा कास्मिरमा भएको आक्रमणले भारतीय राजनीतिमा ठुलो अर्थ राख्ने निश्चित छ। निर्वाचन केन्द्रित रहेर पनि पाकिस्तान केन्द्रित भारतीय राजनीति अघि बढ्ने अनुमान गर्न थालिएको छ।

सन् २०१६ मा पनि जैश–ए–महोमदले भारतको पञ्जाबको पठानकोट र कास्मिरको उरीमा आक्रमण गरेको थियो। उक्त आक्रमणपछि भारतको वायुसेनाले पाकिस्तानमा आक्रमण गरेको थियो। भारतीय प्रधानमन्त्रीमा मोदीको सत्तारोहणपछि भारत-पाकिस्तानबीचको सम्बन्ध केही सहज हुने अनुमानबीच सम्बन्ध बिग्रिएको थियो।

भारतको पठानकोट, उरी, र पुलवामामा भएको आक्रमण जैश-ए-महोमद समूहले जिम्मा लिईसकेको छ। भारतले आफ्नो भूभागमा आक्रमण गर्ने उक्त समूहलाई पाकिस्तान राज्य समर्थित रहेको आरोप लगाएको छ। भारतले सन् २०१७ मा जैश–ए–महोमदका नेता मसुद अजरलाई अन्तर्राष्ट्रिय आतंककारीका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई आग्रह गरेको थियो। 

सुरक्षा परिषदमा परेको उक्त आग्रहलाई चीनले अस्वीकार गरेको थियो। चीनले मसुद अजरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्नुपर्ने कुनै कारण नभएका भन्दै भारतको प्रस्ताव अस्वीकार गरेको थियो। सुरक्षा परिषद्‍मा रहेका ५ राष्ट्रमध्ये कुनै एक राष्ट्रले पनि कुनै विषयमा असहमति जनाए कुनै पनि प्रस्ताव पास हुन नसक्ने व्यवस्था छ।

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्