काठमाडौं- भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरु तत्काल सञ्चालन गर्न सम्भव नरहेकाे बताएकाे छ।
बीसीसीआई प्रमुख सौरभ गागुंली काेराेना महामारीका कारण एक साताअघि स्थगित लिग तत्कालै सञ्चालन गर्न नसकिने बताएका हुन्।
केही भारतीय सञ्चारमाध्यमले आईपीएलका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई)मा हुने बताएका थिए। तर, उनले ति खबरहरु अपुष्ट रहेकाे जानकारी दिए।
'आईपीएलका बाँकी खेलहरु भारतमा सञ्चालन गर्न सम्भव छैन,' उनले भने,'विदेशमा आयोजना स्थल खोज्न पनि सजिलो छैन।
उनले खेल विदेशमा आयाेजना गर्दा खर्च बढ्नेसमेत बताए। 'विदेशमा आयोजना स्थल पाइन्छ,' उनले भने,' तर, पुन: क्वारन्टिनमा बस्नुपर्ने हुन्छ।'
भारतले न्युजिल्यान्डसँग जुन १८ मा आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्ने छ। यसका लागि बीसीसीआईले शुक्रबार विराट कोहलीको कप्तानीमा भारतले आफ्नो २० सदस्यीय टोली घोषणा गरिसकेकाे छ।
भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थानमा बनाएका थिए। भारतले दुई महिना अघि घरेलु मैदानमा इंग्ल्यान्डलाई चार टेष्ट सिरिज ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनलपछि भारतले आयाेजक राष्ट्रसँग पाँच टेष्ट सिरिज पनि खेल्नेछ।
त्यसले स्थगित आईपीएल सुचारु हुन नसक्ने गागुंली बताउँछन्। यस्तै, सिमित ओभरको क्रिकेट सिरिजका लागि जुलाईमा भारतले श्रीलंकाको भ्रमण गर्ने छ।
बीसीसीआईका गांगुलीले भारतले श्रीलंकाको भ्रमण गर्ने पुष्टि गरेका छन्। भ्रमण दौरान भारतले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।
यस्तै, पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ। त्यसपछि कोहलीको नेतृत्वमा रहेको टोली फेरि इंग्ल्यान्ड जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।