काठमाडौं- राजस्व अनुसन्धान विभागले त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक र भन्सार प्रतिनिधिसमेत चार जनाविरुद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दर्ता गरेको छ। विभागले एक करोड छ लाख ७२ हजार ९०९ रुपैयाँ विगो कायम गरी बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
विभागका अनुसार ओम सर्जिकल कन्सर्नका सञ्चालक दलबहादुर भण्डारी, भन्सार प्रतिनिधि रामबाबु जमकटेललगायतले आपसी मिलेमतोमा वास्तविकभन्दा फरक मालवस्तु भन्सार घोषणा गरी राजस्व छली गरेको पाइएको छ। उनीहरुले न्यूनतम मूल्यको गलत कागजात तयार गरी सरकारलाई हानी नोक्सानी पुर्याउने योजनाका साथ काम गरेको विभागको ठहर छ।
विभागले उनीहरुबाट विगो बराबरको रकम जफत एवं असुल उपर गरी जरिवाना र कैद सजाय मागदावी मुद्दामा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।