काठमाडौं- तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु-१२ गर्ल्सतर्फको उपाधि समृद्धि महर्जनले हात पारेकी छिन्। मन्डिखाटारस्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन्।
यता यु-१० ब्वाइजतर्फको उपाधि असभ सम्राट हाडाले जितेका छन्। अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६-४ र ६-३ को सेटमा हराउँदै उपाधि जिते।
यु-१४ गर्ल्सको उपाधिका लागि समिरा थापा र प्रशंसा मोक्तानले अन्तिम दुई स्थान बनाउँदा सोही विधाको ब्वाइजतर्फ प्रनभ मानन्धर र राजवीर प्रधान भिड्ने भएका छन्।
समिराले जेनि खड्कालाई ६-४ र ६-४ को सेटमा स्तब्ध बनाउँदा प्रशंसाले आध्या पौडेललाई ६-१ र ६-४ ले हराइन्। ब्वाइजतर्फको खेलमा प्रनभले निश्चल कायस्तलाई ६-१ र ६-१ को सेटमा हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन्।
यु-१२ ब्वाइजतर्फको खेलमा दर्शिल श्रेष्ठमाथि रोमाञ्चक जित निकालदै फाइनलमा स्थान बनाए।
दर्शिलले सिर्जन भट्टराईलाई ६-१, ४-६ र ६-० को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन्। कुल १०५ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ब्वाइजतर्फ ६ र गर्ल्सतर्फ ५ विधामा प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।