काठमाडौं- विभिन्न देशबाट नेपाल आउन लगाइएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै नेपाल भित्रिएका ६८ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।
शनिबार विभिन्न देशबाट नेपाल भित्रिएका उनीहरूलाई आइतबार क्वारेन्टाइनमा राखिएको भक्तपुरका एसपी सविन प्रधानले नेपाल लाइभलाई जानकारी दिए।
सरकारले मलेसियालगायत विभिन्न खाडी मुलुक र युरोपबाट नेपाल प्रवेश गर्न नेपालीसमेतलाई प्रतिबन्ध लगाएको थियो। तर मलेसिया र खाडीबाट शनिबार एयर इन्डिया र थाइ एयरवेजले ६८ नेपालीलाई काठमाडौं ल्याएको थियो।
कोरोना भाइरसको संक्रमण देशबाट आएका उनीहरूलाई अब १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।