काठमाडौं– त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। निर्देशक छनोट समितिले आइतबार वरिष्ठताका आधारमा तीन जनाको नाम त्रिभुवन विश्वविद्यालयमा पठाएको हो। सिफारिस हुनेमा डा प्रेम खड्का, डा वाइपी सिंह र डा सुशील शिल्पकार छन्।
_x000D__x000D_
निर्देशक छनोटका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन (आइओएमका) डिन डा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा निर्देशक सर्च समिति बनाइएको थियो। समितिमा डा प्रदीप ज्ञवाली र डा अभिमन्यु झा सदस्य थिए।
_x000D__x000D_
उनीहरुले वरिष्ठताका आधारमा अस्पतालमा कार्यरत १० डाक्टरहरुको सूचि तयार पारेको थिए। ती १० जनालाई निर्देशकको जिम्मेवारी लिन आग्रह गरिएको थियो। जसमध्ये ५ जनाले मात्र रुची देखाएका थिए। रुची देखाउने मध्ये तीन जनालाई वरिष्ठताका आधारमा निर्देशकका लागि सिफारिस गरिएको एक सदस्यले बताए।
_x000D__x000D_
उनका अनुसार यी तीनै जना एकै मितिमा प्रोफेसर भएको देखिन्छ। त्यसकारण चिकित्सा अभ्यासका हिसाबले वरिष्ठता कायम गरी सिफारिस गरिएको छ। सिफारिसमा परेका डाक्टरहरुले अस्पतालको निर्देशकमा नियुक्त भएपछि निजी अस्पतालमा काम नगर्ने प्रतिबद्धता जनाएका छन्।
_x000D__x000D_
यसका लागि समितिले निजी अभ्यास गर्न नपाउने सर्त राखेको थियो। यो सर्तमा सिफारिस भएका तीन जना डाक्टर मञ्जुर भएका थिए।
_x000D__x000D_
निर्देशकका नाम सिफारिस गर्न यसअघि पनि कमिटी बनाइएको थियो। तर, उक्त कमिटीमा नाम सिफारिस गर्ने क्रममा विवाद आएपछि निर्देशकको नाम सिफारिस गर्न सकेको थिएन। कमिटीले नाम सिफारिस गर्न नसकेको भन्दै त्रिविलाई जानकारी गराएपछि उक्त कमिटी खारेज भएको थियो।
_x000D__x000D_
अस्पतालका निर्देशक डा दीपक महराको कार्यकाल सकिएपछि सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि पुन निर्देशकको जिम्मेवारी दिएको थियो। तर, उनले गत साउन ४ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि अस्पतालमा निर्देशक पद खाली भएको हो। आइओएमले निमित्त निर्देशकको जिम्मेवारी आइओएमकी सहायक डिन मन्दिरा वन्तलाई दिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।